Home » समाचार » फिचर » Page 2
Category:

फिचर

देशका हरेक कुनाबाट सुन्दर भविष्य र पैसा कमाउनका लागि हर कोही काठमाडौँ आएका हुन्छन् । यहाँ आएर जीविकोपार्जनका लागि विभिन्न काम गरिरहेका हुन्छन् । अर्थात आफ्नो क्षमता अनुसारको काम गर्दछन् । कोही मासिक तलबमा त कोही ठेला गाडामा केही सामाग्री बनाएर बेच्छन् । कोही आफूले सिकेको कामलाई नै व्यवसायको रूपमा परिवर्तन गर्न सफल हुन्छन् । कोही अर्काको काममा व्यस्त र खुसी हुन्छन् त कोही सक्षम भएर पनि काम नपाउँदा निराश हुन्छन् ।

सडक निर्माण अगाडि सामान ओसारपसार गर्ने एक मात्र पेसा र विकल्पका रूपमा भरिया थियो । त्यति बेला भरिया पेसा भरियाहरूका लागि उत्तम र एक मात्र जीविकोपार्जनको माध्यम थियो …

जीविकोपार्जनको मुख्य साहारानै भारी
0 comment
0 FacebookTwitterEmail

कृषि गणना २०७८ ले नेपालको कुल ७०.४ प्रतिशत परिवारको आम्दानीको मुख्य श्रोत कृषि रहेको जनाएको भएपनि कृषि बिमा गर्ने परिवार केवल ४.४ प्रतिशत मात्र रहेको जनाएको छ । 

अघिल्लो कृषि गणनामा कृषिलाई आफ्नो आम्दानीको मुख्य श्रोत मानेका परिवारको सङ्ख्या ८३.१ प्रतिशत रहेकोमा १० वर्षको अन्तरालमा १२.७ प्रतिशतले घटेर ७०.४ प्रतिशत पुगेको छ । यसरी कृषिलाई आफ्नो आम्दानीको मुख्य श्रोत मान्ने परिवारको सङ्ख्या घट्नु भनेको कृषि पेसालाई छोड्ने परिवारको सङ्ख्या बढिरहेको तथ्याङ्कले देखाउँछ । 

किन घटिरहेको छन् कृषि पेसा गर्ने परिवारहरू ?

कृषि गणना २०६८ मा खेतीपाती गर्ने परिवारको सङ्ख्या ३७ लाख १६ हजार रहेको मा २०७८ मा त्यो सङ्ख्या बढेर

0 comment
0 FacebookTwitterEmail

मान्छेका जीविकोपार्जन गर्ने अनेक तरिका हुन्छन्। कोही पढे–लेखेर सरकारी जागिर खान्छन्। कोही व्यवसाय गर्छन् त कोही आफ्नो परिवारले गर्दै आएको कुनै विधामा संलग्न हुन्छन् त कोही वैदेशिक रोजगारीका लागि विदेश पलायन हुन्छन्। अर्थात् जीविकोपार्जनका लागि केही न केही काम गरेकै हुन्छन्।

त्यस्तै एक साधारण जीविकोपार्जन गरिरहनुभएको छ गीता केसीले।

काठमाडौँ भद्रकाली मन्दिरनजिकै सडकको पेटीमा बसेर प्लाटिकको थैलोबाट हातले केही झिक्दै मुखमा हाल्दै, पानी पिउँदै गरेकी महिला देखिनुहुन्छ।

मैले अलिक पर बसेर त्यो दृश्य हेरिरहेँ। त्यो क्रियाकलाप पटक–पटक दोहोरियो। अलिक नियाल्दै गर्दा आखिर के रहेछ त वास्तविकता भन्ने खुल्दुली लाग्यो र नजिक गएँ। मलाई देखेपछि खाइरहेको सामानको पोका गुटमुटाएर बोराभित्र हाल्नुभयो।…

छोरालाई भूकम्पले लगेपछि खाली बोतल बेचेर छोरीलाई डाक्टर बनाउने सपना बोकेकी गीता
0 comment
0 FacebookTwitterEmail

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृहका दुई समूहबिच शुक्रवार भएको झडपमा एक जना मारिए भने १० जना गम्भीर घाइते भए।दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। यसअघि माघ अन्तिम साता पनि दुई पक्षबिच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो।

बाल सुधार गृहमा हुने झडप यो पहिलो होइन। भक्तपुरको बालसुधार गृहमा झडपले उग्र रूप नै लिएको थियो। अहिले आठको सङ्ख्यामा रहेको बालसुधार गृह तीन वटा मात्र हुँदा एउटा अध्ययन गरिएको थियो। नौ वर्ष अगाडिको अध्ययन प्रतिवेदनले …

0 comment
0 FacebookTwitterEmail

लक्ष्य थियो एउटा रैथाने खानाको अभिलेखिकरण। जानु पर्ने थियो लमजुङको भुजुङ। त्यसैका लागि माइक्रोबस चढ्न गंगबुतिर पुग्दा विस्मयमा परियो। सधै गाडी चढ्ने ठाउँमा त बस त थिएन। बस पार्कमा केही क्षण भौतारियो। अलि सोधखोज गरेपछि माइक्रोबस विष्णुमति किनारातिर पठाइएको रहेछ। बस चढेपछि अझ आश्चर्यचकित भइयो- १२ सिटको बसमा त्यसभन्दा बढी यात्रु हाल्न नपाइने नियम कडाइका साथ लागु भएको रहेछ। बाटोमा रोकेर मान्छे हाल्न नपाइने। चाहना भए त सुधार हुने नै रहेछ। विस्तारै सुध्रिदै छ भनेर दंग पर्दै तोकिएको कुनोमा गएर बसियो।

सार्वजनिक यातायातमा हाम्रो समाज प्रतिबिम्बित हुन्छ। आफ्नै सवारी साधनमा घरबाट काममा जाने र आफ्नै हैसियतका साथीभाई भेटघाट गर्ने “उच्च” …

0 comment
0 FacebookTwitterEmail

सडक छेउतिर कतै ठेलामा त कतै भुइँमै बसेर जाडो–गर्मी, हिउँद–बर्खा नभनी बाह्रैमास मकै पोलिरहेको दृश्य हाम्रा लागि नयाँ होइन। यो दृश्य सम्झँदा मात्रै पनि मुख रसाउँछ। अझ ट्वाक्क नुनखुर्सानी लगाएर मकै खानुको मज्जै अर्कै ! तर पोलेका मकै पोल्नेको कथा मकैजस्तो स्वादिलो भने छैन। त्यहीमध्येका एक पात्र हुनुहुन्छ, कृष्णप्रसाद ढकाल।

काभ्रेको चौरीदेउराली गाँउपालिका–५ मा जन्मिनुभएका ढकाल नाङ्लो (साना) व्यापारी हुनुहुन्छ। उमेरमा ६५ वर्षको हुनुभयो। सामान्य परिवारमा कान्छो सदस्यका रूपमा जन्मिएका ढकालले देउराली स्कुलमा कक्षा ६ सम्म अध्ययन गर्नुभयो। कान्छो छोराले अंश छान्न पाउने नियममा धेरै पढ्यो भने बाठो हुन्छ र आफ्नो भागमा आउने अंश पढेर सक्छ भनेर दाजुहरूले उहाँलाई पढ्न …

‘बुढेसकालको सहारा नाङ्लो पसल छोडेर अब कहाँ जानु, के खानु?’
0 comment
0 FacebookTwitterEmail

दक्षिण एसियाका लगभग अन्तिम घुमन्ते जातिमध्ये एक हो राउटे समुदाय। जंगलमा घुम्दै फिर्दै घुमन्ते जीवन बिताउने यो समुदायको छुट्टै संसार थियो। बाँदरको सिकार, कन्दमूललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्थे। जंगलमै भए पनि उनीहरू खुसी र बलिया थिए। लोभलालच गर्दैनथे। घुमन्ते आदिवासी जनजातिको अन्तिम र एक मात्र बचेको समुदाय राउटे समुदायको अलग्गै पहिचान थियो। आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्थे।

जंगलमा काठका भाँडाकुँडा उत्पादन गरेर नजिकका गाउँमा अन्नसँग साट्दै उनीहरू आत्मनिर्भर बन्थे। आफ्नै चालचलन रीतिथिति र बोलीमा तटस्थ थिए।

यो समुदाय कर्णाली र सुदुरपश्चिम र लुम्बिनी प्रदेश आसपासका जंगलमा फिरन्ते जीवन बिताउँदै आफ्नो दैनिकी गुजार्दै आएको समुदाय हो। …

पैसा र मदिराले मासिँदै राउटे समुदाय
0 comment
0 FacebookTwitterEmail

सरल स्वभाव र सबैसँग सजिलै घुलमिल हुन सक्ने स्वभावका कारण राउटे समुदायसँग पनि सहज रूपमा घुलमिल भएका व्यक्ति हुनुहुन्छ लालबहादुर खत्री। २०७५ असार १७ गते बाट सोसेक नेपालले सञ्चालन गरेको राउटे परियोजनामा लालबहादुर दम्पती जोडी शिक्षकका रूपमा कार्यरत हुनुहुन्छ।

बिहान उठेदेखि साँझसम्म राउटे समुदायवरिपरि रहने लालबहादुर र पत्नी दुर्गा खत्री राउटे समुदायको मनमै गढेका छन्। समुदायमा शिक्षिकाका रूपमा कार्यरत भइसकेपछि राउटे समुदायको रेखदेखदेखि सोही समुदायका बालबालिकालाई पढाउन लेखाउन व्यस्त हुनुहुन्छ। जंगलमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदाय न त पढ्न मान्छ, न स्वास्थ्य उपचारमा विश्वास गर्छ । तर, पनि स्वास्थ्य उपचार, शिक्षा, सरसफााइ सिकाउने कुरामा अग्रसर हुनुहुन्छ खत्री दम्पती। यो …

राउटे समुदायसँगै ७८ ठाउँमा डेरा सरेको लालबहादुर दम्पती
0 comment
0 FacebookTwitterEmail

जुम्लाको पातारासी गाउँपालिका ३ छुमचौरकी मनमाया (परिवर्तित नाम) ३३ वर्षकी हुनुभयो। दुई छोरा र एक छोरीकी आमा उहाँ चौथोपटक गर्भवती हुनुभयो। घरको पारिवारिक र आर्थिक अवस्था कमजोर भएकी उहाँको इच्छा चौथो सन्तान नजन्माउने थियो। त्यसैले गर्भपतन गर्न उहाँ नजिकैको हेल्थ पोस्टमा पुग्नुभयो तर सुरक्षित गर्भपतन गर्ने उहाँको आशा–निराशामा परिणत भयो। उक्त हेल्थ पोस्टमा न गर्भपतनसम्बन्धी औषधि थियो न त तालिमप्राप्त जनशक्ति नै। उहाँ निरास भई केही घण्टा हिँडेर एउटा मेडिकलमा पुगेर औषधि लिएर घर फर्किनुभयो।

उहाँ एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ। उहाँजस्तै कैयौँ गर्भवती महिला स्वास्थ्यको पहुँचमा नहुँदा र जथाभावी बाहिरको औषधि प्रयोग गर्दा पाठेघरलगायतका समस्या भोग्न बाध्य छन्।

नाम

छोराको रहरमा ७ छोरी, फेरि पनि आस छोराकै
0 comment
0 FacebookTwitterEmail

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि ५ वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्कनुभयो। विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उहाँको सोच थियो। सोचअनुरूप उहाँले स्वदेश फर्किएपछि केही गरौं भनेर साथीहरूसँग सल्लाह गर्नुभयो।

यस्तै, शुक्लागण्डकी नगरपालिका–८ का रूपबहादुर गोतामे पनि १ वर्ष कतार र ८ वर्ष दुबईमा काम गर्नुभयो। उहाँ पनि पाँच वर्ष अगाडि नेपाल फर्कनुभयो। नेपालमै केही गरौं भन्ने भावना थियो दुवैमा। पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग पनि सरसल्लाह भयो। शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका अन्य पाँच युवा र स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभस्टक एग्रो प्रालि सञ्चालन गरे। …

वैदेशिक रोजगारीमा भौँतारिएका युवा अहिले आफैँ रोजगारदाता
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved