

नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले संरक्षण पत्रकारिता पुरस्कार प्राप्त गरेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले आफ्नो स्थापनाको ४१ औँ वार्षिकोत्सवका अवसरमा समूहलाई ६५ हजार १ रुपैयाँ राशि र सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो।
वन तथा वातावरण मन्त्री डा. वीरेन्द्रप्रसाद महतोले कोषका तर्फबाट समूहलाई पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो। शुक्रवार (३ कार्तिकमा) ललितपुरको खुमलटारस्थित कोष परिसरमा आयोजित विशेष समारोहमा समूहको प्रतिनिधित्व गर्दै सचिव सृष्टि काफ्लेले पुरस्कार तथा सम्मानपत्र ग्रहण गर्नुभयो।
कोषले यही वर्षदेखि संरक्षक संरक्षण पत्रकारिता पुरस्कार प्रदान गर्न थालेको हो। नेपालको वन, वातावरण, प्रकृति, वन्यजन्तुलगायत जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएकोमा कोषले समूहलाई यो पुरस्कार प्रदान गरेको …
लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन गरेका अस्पताल विकास समिति खारेज गरेको छ।
बुधवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेले जानकारी दिनुभयो।
पाण्डेका अनुसार अस्पताल विकास समिति गठन आदेशहरू खारेज गर्ने सूचना राजपत्रमा प्रकाशन गरिनेछ। प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। जसका लागि कार्यविधि, २०८० स्वीकृत गरेको छ।
आँखाको नानी निःशुल्क प्रत्यारोपण कर्निया ट्रान्सप्लान्टेसन शोध भर्नासम्बन्धी कार्यविधि,२०८० स्वीकृत गरेको छ। चालिस वर्षभन्दा माथिका लागि नसर्ने …
इजरायल र हमास युद्धमा मंगलबार राति सबैभन्दा ठूले हमला भएको छ।
गाजा सहरको अहली अरब सिटी हस्पिटलमा रकेट हमला हुँदा ५०० जनाको मृत्यु भएको छ। हमासले यो हमला इजरायलले गरेको दाबी गरेको छ। यता इजरायलले हस्पिटलमाथिको हमलामा आफ्नो हात नरहेको बताएको छ।
गाजा अस्पतालमा भएको हमलापछि आज इजरायल पुग्नेहुने अमेरिकी राष्ट्रपति जो बाइडेनको अरबका नेतासँग हुने भनिएको भेटवार्ता रद्द भएको छ।
इजरायलले एक भिडियो जारी गर्दै प्यालेस्टाइनी लडाकुले नै अस्पतालवरिपरि हमला गरेको बताएको छ।
गाजामा यतिबेला ५ हजार महिला गर्भवती रहेका र उनीहरुलाई उपचारको आवश्यकता रहेको न्युयोर्क टाइम्सले लेखेको छ। तर त्यहाँका हस्पिटल तथा क्लिनिकमा न औषधि छ न त …
चिनियाँ नागरिकले नेपाली नागरिकता लिएको खुलासा भएको छ।
भारतीय सीमा सुरक्षा बलले एक चिनियाँ नागरिकलाई पक्राउ भएपछि यस्तो खुलासा भएको हो। नेपाली नागरिकतासहित भारत प्रवेश गरेका चिनियाँ नागरिकलाई शनिबार भारतीय एसएसबीले पानीटंकी नाकामा पक्राउ परेको गरेको हो।
उनीलाई भारतमा प्रवेश गराउने उनका दुई नेपाली सहयोगीलाई पनि एसएसबीले पक्राउ गरी आवश्यक कार्यवाही अगाडि बढाएको बताएको छ।
चिनियाँ नागरिक ली सियाकाङ नेपाल–भारतको सीमा नाका काँकडभिट्टा हुँदै नेपाली हुँ भनी भारतको पानीटंकी बजार पुगेका थिए। उनलाई सञ्जीव सुयाल र चित्रगुप्ता अधिकारीले सहयोग गरेका थिए।
सीमामा तैनाथ एसएसबी ४१औँ बटालियनको टोलीले आवश्यक कागजपत्र माग्दा चिनियाँ नागरिक सियाकाङले नेपाली नागरिकताको फोटोकपी देखाएका थिए। तर उनले …
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सदस्य संख्याको अंक गणितका आधारमा तालाबन्दीमा नउत्रन पत्रकार सम्बद्ध संगठनलाई आग्रह गर्नुभएको छ।
नेपाल पत्रकार महासंघ रुपन्देहीले दसैं, दीपावली, छठ र नेपाल संवत् पर्वको अवसरमा आइतबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै शुद्धीकरणको विषयलाई लिएर तालाबन्दी गरी महासंघको गरिमा नघटाउन आग्रह गर्नुभएको हो।
‘सबैको साझा संस्था बनाउने जगका रुपमा शुद्धीकरण गरिएको हो। विजयादशमीको शुभकामना दिँदै म बुटवलबाट भन्छु, तालाबन्दी निषेधले पत्रकार महासंघको ओज घट्ने हो,’ अध्यक्ष पोख्रेलले भन्नुभयो, ‘संवाद गरौं, सहकार्य गरौं, विधान र शुद्धीकरणअनुसार नयाँ कोर्समा अगाडि बढौं।’
उहाँले पत्रकार महासंघ संवादबाटै निकास निकाल्न तयार रहेको बताउँदै सबैको साझा छाता …
बुटवल उद्योग वाणिज्य संघमा ७० वर्षको विरासतको अन्त्य गर्दै संस्थापनको विपक्षका उम्मेदवार प्यानलसहित विजयी भएका छन्।
मंगलबार बिहान सम्पन्न मतगणनामा संस्थापन पक्षका अध्यक्षका उम्मेदवार दिनेशप्रसाद श्रेष्ठलाई ८७ मतले पछि पार्दै हरिप्रसाद अर्याल निर्वाचित हुनुभएको हो।
संघको ७०औं वार्षिक साधारणसभा तथा २५औं अधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा ८७ मतले अर्याल निर्वाचित हुनुभएको हो।
अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी गराउनुभयो।
संघको निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकामा १ हजार ५०६ मत खसेको थियो। सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान …
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निराशालाई आशामा बदल्न उद्योगी व्यवसायीलाई आग्रह गर्नुभएको छ।
उहाँले मुलुकको खस्किँदो अर्थतन्त्रका कारण पछिल्लो समय उद्योगी व्यवसायीमा निराशा उत्पन्न भएको बताउँदै देशभित्रै देखिएका सम्भावनालाई अवसरमा बदल्न पनि आग्रह गर्नुभयो।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७०औं वार्षिक साधारणसभा तथा २५औं अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालमा प्रशस्त सम्भावना रहेको र ती सम्भावनालाई अवसरमा बदल्न आग्रह गर्नुभएको हो।
‘मैले त जताततै सम्भावना मात्रै देखेको छु। हरेक पहाडका डाँडामा सम्भावना देखेको छु, कुना कन्दरामा सम्भावना देखेको छु,’ उहाँले भन्नुभयो, ‘यी सम्भावनालाई अवसरमा बदलौं। विदेश जाने प्रवृत्ति बढेको छ, त्यसलाई निरुत्साहित गरौं।’
ढकालले आफूले शून्यबाट सुरु गरेर …
शुक्रवार बिहान वीरगन्जमा एक महिलाको हत्या भएको छ । पर्सामा दुई हप्ता अगाडि भएको हत्याको घटना सेलाउन नपाउँदै अर्को हत्याको घटना भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा महिलाको हत्या भएको हो । धारिलो हतियारले प्रहार गरी छपकैया की पुनम देवीको हत्या भएको प्रहरी स्रोतले जनाएको छ ।
टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी पुनमको उपचारको लागि नेशनल मेडिकल कलेज पुर्याइएको थियो । मृतकको अत्यधिक रक्तस्रावको कारण मृत्यु भएको जनाइएको छ ।
स्रोतका अनुसार घटना स्थलमा प्रहरी जाँदा उनी अचेत अवस्थामा थिइन् । मृतक पुनम घरमा एक्लै बस्दै आएकी थिइन्। पुनम देवीको श्रीमान् भारत राजस्थानको ग्वालियरमा छन् । उनको …
नवलपरासीमा वीपी कोइरालाको शालिक अनावरण भएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवले शालिक अनावरण गर्नुभएको हो।
प्रतापपुर गाउँपालिका ७ सूर्यपुरामा पालिकाले बनाएको वीपी कोइरालाकोे शालिक अनावरण कार्यक्रममा बोल्दै यादवले वीपीको मर्मअनुसार संविधानमार्फत नेपालको राजनीतिक व्यवस्था परिवर्तन भएको बताउनुभयो।
यादवले राजनीतिक परिवर्तन भएको र अब आर्थिक परिवर्तनका लागि दलहरू एकजुट भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो। ‘वीपी कोइरालाको मर्मअनुसार संविधान आएको छ। सबै दल मिलेर कार्यान्वयनमा लाग्नुपर्छ। भारत, अमेरिकालगायतका राष्ट्रमा पनि पटक–पटक संविधान संशोधन भएको छ। संविधान संशोधन गरी समय सापेक्ष गराउन सकिन्छ।’
पछिल्लो समयमा विकासका नाममा प्रकृतिको दोहन भएको बताउँदै नेपालले चुरे पहाडको संरक्षण गर्न सक्नुपर्ने बताउनुभयो। यादवका अनुसार चुरे पहाडलाई संरक्षण गर्न …
सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com