धुलिखेल, काभ्रे।विश्वविख्यात मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलको नेपाल शाखा (एम्नेस्टी नेपाल) को तीसौँ वार्षिक साधारण सभा यही चैत्र महिनाको १८ र १९ गते काभ्रेको धुलिखेलमा हुने भएको छ।एम्नेस्टी नेपालले आज एक विज्ञप्ती प्रकाशित गर्दै सो जानकारी दिएको हो।
साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदन, कार्ययोजना, बजेट र संस्थाका केही नीतिहरुमाथि छलफल गरी अनुमोदन गर्ने विज्ञप्तीमा उल्लेख छ।यसका साथै आगामी दुई वर्षको कार्यकालका लागि संस्थाको कार्यकारी बोर्ड र पुनरावेदन समितिको नयाँ नेतृत्व पनि साधारण सभाले चयन गर्नेछ।
एम्नेस्टी नेपालको तीसौँ साधारण सभामा संस्थामा आवद्ध समूह, युवा सञ्जाल एवम् समर्थक सदस्यहरुका तर्फबाट २ सय ५४ मताधिकार प्राप्त प्रतिनिधिहरु, बोर्ड …