स्वतन्त्र र दलीय उम्मेदवार
निर्वाचन आयोगको हालैको तथ्याङ्क अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आयोगमा जम्मा ११६ वटा दलहरू दर्ता भएका छन्। जसमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि जम्मा २४१२ जनाले उम्मेदवारी दर्ता गराएका मध्ये दलहरूका तर्फबाट १५४५ जनाको र स्वतन्त्र तर्फबाट ८६७ जनाको उम्मेदवारी परेको छ। प्रतिशतका आधारमा हेर्दा स्वतन्त्रहरूको उम्मेदवारी कुल सङ्ख्यामा झण्डै ३१ प्रतिशत रहेको छ। यसैगरी प्रदेशसभातर्फ हेर्दा जम्मा ३२२४ जनाको उम्मेदवारी परेकोमध्ये २२२५ राजनीतिक दल सम्बद्ध उम्मेदवार छन् भने ९९९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। प्रदेशसभामा उम्मेदवारी दिने यी स्वतन्त्र उमेदवारहरूको संख्या झण्डै ३६ प्रतिशत हुन आउँछ। अझ विवादका बीच ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को नाम …