चुनावी प्रचार प्रसार उत्कर्षमा भएको बेलामा मधेसको जनमत परिवर्तनको पक्षमा देखिएको छ। कुनै बेला मधेसका मसिहा भनाउन रुचाउने उपेन्द्र यादव एमालेसँगको गठबन्धन गरेपछि उहाँमाथि ओलीपथमा हिँडेको आरोप लागेको छ। मधेस आन्दोलनको रापतापमा चुनाव जितेसँगै आफूले दिएको वचन अनुसार संविधान पुनर्लेखन वा संशोधन भन्दा पनि केन्द्रिय सरकार बनाउने भत्काउन खेलमा पाँच वर्षसम्म लागेकाले पनि मंसिर ४ गते त्यसको प्रतिउत्तर दिन आतुर रहेको देखिन्छन् मधेसी जनता।
समग्र मधेस सहितको स्वायत्त प्रदेश स्थापना गराएर मधेसलाई मुक्ति दिलाउन गठन भएको मधेसी जनअधिकार फोरमको अध्यक्ष बने देखि उपेन्द्र यादवले स्थापित गरेको १५ वर्षको विरासत जोगाउन अहिले धौ धौ परेको छ। मधेसी दल प्रति देखिएको मधेस …
