Home » नीति/राजनीति » Page 56
Category:

नीति/राजनीति

सचिवको संख्या बढि भएर निजामती प्रशासनको आलोचना हुन थालेपछि  सचिवको दरबन्दी घटाउन सुझाव दिइएको छ। विशिष्ट श्रेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले मुख्यसचिव शंकरदास बैरागी समक्ष सचिवको दरबन्दी घटाउन सुझाव दिएको हो।

कार्यदलले एउटा मन्त्रालयमा दुई जना सचिव पदको दरबन्दी नराख्न सरकारलाई सुझाव दिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालको नेतृत्वमा गठित सचिव दरबन्दी पुनरावलोकन कार्यदलले सचिवको दरबन्दी कायम गर्दा संगठन तथा व्यवस्थापन सर्वेक्षणका आधारभूत सिद्धान्त तथा कार्य विश्लेषण, कार्यबोझ, कार्यप्रकृति, कार्यक्रम र औचित्यको विश्लेषण गरी संघ, प्रदेश र स्थानीय तहले मौजुदा दरबन्दीको पुनरावलोकन गर्न सुझाव दिएको हो।

कार्यदलका सदस्य समेत रहनुभएका तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव …

 ७४ सचिवको दरबन्दी घटाइ ६० अतिरिक्त सचिव दरबन्दी सिर्जना गर्न सुझाव
0 comment
0 FacebookTwitterEmail

भारतको लोकतन्त्र दिनदिनै मर्दैछ। प्रेस कुण्ठित भइरहेको छ, तर यी दुवैको रक्षार्थ दृढ उभिने उपायहरू खोज्नुपर्छ।मे ३ विश्व प्रेस स्वतन्त्रता दिवस थियो, तर भारतमा मे ३, २०२२ का दिनचाहिँ पत्रकार सिद्दिक कपानलाई उत्तर प्रदेशको हाथरसमा एक दलित महिलाको सामूहिक बलात्कार र हत्याको बारेमा रिपोर्ट गरेको (जुन समाचार उहाँले लेख्न समेत पाउनु भएन) मा थुनिएको ५७५ औँ दिन पनि हो। श्रीनगरको “कश्मीरवाल”का सम्पादक फहाद शाहलाई जेल सजाय गरेको तेस्रो महिना र जम्मू कश्मीर अधिकारीहरूले स्वतन्त्र पत्रकार सज्जाद गुललाई जेल हालेको चौथो महिना हो।

कपन र फहाद शाहलाई कडा “आतंकवाद विरोधी” गैरकानूनी गतिविधि (रोकथाम) ऐन (यूएपीए) अन्तर्गत मुद्दा लगाइएको छ। गिरफ्तार भएको …

मोदी राजमा प्रेस स्वतन्त्रतामाथि चौतर्फी हमला
0 comment
0 FacebookTwitterEmail

कर्मचारी प्रशासनमा नियम मिचेर तथा स्वार्थ अनुकूल हुने सरुवा तत्काल रोक्न प्रशासकहरूले सुझाव दिएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मापदण्ड विपरित र हचुवाको भरमा कर्मचारी सरुवा गर्ने गरेको आरोप लागिरहेको बेला प्रशासकहरूले यस्तो सुझाव दिएका हुन्।

निजामती सेवा अन्तर्गतको विशिष्ट श्रेणी र प्रदेश सचिवको मौजुदा दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलले निजामती प्रशासनमा स्वार्थअनुकूल हुने सरुवा तत्काल रोक्नुपर्ने सुझाव दिएको हो। कार्यदलले कर्मचारी प्रशासनमा सरुवाको बेथिति बढ्दै गएकोले सरुवा प्रक्रियामा सुधार गर्नुपर्ने  निष्कर्ष निकाल्दै कामकाज गर्ने गरी कर्मचारी खटाउने व्यवस्था तत्काल बन्द गर्नुपर्ने सुझाव दिएको छ ।

अहिले नेपालको कर्मचारी प्रशासनमा राजनीतिक तथा व्यक्तिगत स्वार्थअनुसार तीन/चार महिनामै कर्मचारीको हेरफेर गर्ने …

सरुवामा बेथिति कायमै, स्वार्थअनुकूल हुने सरुवा तत्काल रोक्न सुझाव
0 comment
0 FacebookTwitterEmail

हिमाली जिल्ला मनाङमा अहिले यार्सागुम्बा संकलन गर्ने चटारो छ । ये मौसमलाई औषधीजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समय मानिन्छ । औषधीजन्य जडिबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको छ।

बैठकको निर्णय बमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ । त्यस्तै यार्सा संकलनसँगै स्थानीय तह निर्वाचनको तयारीमा समेत उनीहरूले जुट्नुपर्ने भएको छ । औषधीजन्य जडीबुटी संकलन गर्न आवश्यक छ तर लामो समयपछि हुने निर्वाचनको तयारी गर्नु पनि उत्तिकै महत्त्वपूर्ण छ । औषधीजन्य जडीबुटी संकलन …

मनाङः किरा टिप्ने की चुनावको चहलपहलमा रम्ने?
0 comment
0 FacebookTwitterEmail

‘समाचार लेखेकै कारण ज्यानमार्ने धम्की‘, ‘आक्रमण‘ ‘समाचार सङ्कलनमा अवरोध‘, ‘काठमाडौंमा सुरक्षाकर्मीद्वारा फोटो पत्रकारमाथि कुटपिट‘ ‘यौन दुर्व्यवहार सम्बन्धी समाचार लेखेको कारण पत्रकारमाथि ज्यानलिने धम्की, ‘‘महिला पत्रकारमाथि डिजिटल दुर्व्यवहार‘, ‘आन्दोलनको समाचार बनाउँदै गरेका पत्रकार प्रहरीद्वारा नियन्त्रण‘, ‘समाचार हटाउन सम्पादकलाई दवाव‘, ‘वडा अध्यक्षद्वारा पत्रकारमाथि दुर्व्यवहार‘।

यी हुन फ्रिडम फोरमले गत एक वर्ष गरेको मिडिया अनुगमनका क्रममा भएका प्रेस स्वतन्त्रता उल्लङ्घनका केही शीर्षक। नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका क्षेत्रमा कार्यरत संस्था फ्रिडम फोरमले प्रेस स्वतन्त्रता अध्ययन गरेर हरेक वर्ष प्रतिवेदन प्रकाशन गर्छ। यस वर्षको प्रतिवेदनमा ५५ वटा प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना रेकर्ड गरेको उल्लेख गरिएको छ। विगत वर्ष झै गत वर्ष (मे १, २०२१ …

प्रेस स्वतन्त्रता उल्लङ्घनका ५५ घटनामा ९६ पत्रकारहरू प्रभावित
0 comment
0 FacebookTwitterEmail

हालै पोखरा महानगरले फेवातालको किनारामा पानी मुनिको जग्गा अतिक्रमण गरी अवैध संरचनाहरू बनाउनेहरूलाई जोगाउने गरी नयाँ मापदण्ड तोकेको थियो। अर्थात् यसअघि तोकिएको ६५ मिटरबाट घटाएर नयाँ मापदण्ड ३० मिटर बनाइयो। जसले गर्दा फेवातालको जग्गा अतिक्रमण गरेर बनाइएको संरचनाले वैधता प्राप्त गर्‍यो भने फेवातालको अतिक्रमणलाई रोक्न नसकिने देखियो। रामसारमा सूचीकृत फेवाताल संरक्षण गर्नेतर्फ राज्य जिम्मेवार हुनुपर्नेमा अतिक्रमण गर्नेलाई नै जोगाउनतिर लागेको पाइयो।

दलहरूले स्थानीय निर्वाचनका लागि तयार गरेको चुनावी घोषणापत्रमा फेवाताल संरक्षणको विषयलाई औपचारिकतामा मात्र सीमित गरेका छन्। पोखरामा नेकपा एमालेले जारी गरेको महानगरस्तरीय घोषणापत्रमा ‘रामसार क्षेत्र घोषणा भएका महानगरभित्रका फेवा, बेगनास, रूपा लगायतका नौवटै तालहरूको जलाधारमा भूक्षय तथा प्रदूषण नियन्त्रण …

चुनावी मुद्दा बन्न नसकेको फेवाताल
0 comment
0 FacebookTwitterEmail

वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएर जनता समाजवादी पार्टी धरानमा अलग्गै चुनावमा जाने भएको छ। धरानमा जनमोर्चाको संगठन नभएकोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बिच चार दलीय गठबन्धन बनेको थियो। उम्मेदवार मनोनयनपत्र फिर्ता लिने अन्तिम दिन शुक्रवार जनता समाजवादीको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारी फिर्ता नगरी गठबन्धनबाट बाहिरिएको हो।

धरान निर्वाचन अधिकृतको कार्यालय अनुसार नगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई, सोही पार्टीका उपप्रमुख अमृता सुनारले उम्मेदवारी फिर्ता लिनुभयो। एकीकृत समाजवादी चार दलीय गठबन्धनको सहयात्री हो। तर जनता समाजवादीबाट नगर प्रमुखका ताजुब लिम्बू र …

धरानमा जनता समाजवादी गठबन्धन बाहिर
0 comment
0 FacebookTwitterEmail

सुदूर पश्चिमको राजधानी कैलालीको चुरेक्षेत्रमा रहेकाे गाेदावरीमा बनाउने प्रदेश सभाकाे पुरानाे निर्णय अहिले स्थानीय चुनावकाे सन्दर्भमा फेरि विवादमा तानिएकाे छ । यही मुद्दा चुनावकाे मुख्य एजेण्डा बनिरहेकाे छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका धनगढी उप महानगरपालिकाको नेतृत्व लिन अहिले विभिन्न दल तथा स्वतन्त्र उमेदवार चुनावी गतिविधिमा केन्द्रित भएका छन्। प्रदेशको मुख्य शहरका रूपमा रहेको धनगढीमा चुनावी सरगर्मी बढेसँगै जनतामाँझ उमेदवारहरूले पनि विभिन्न प्रतिबद्धता गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेशसभाले बहुमत सदस्यहरूको समर्थनमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा प्रदेशको राजधानी बनाउने निणर्य गरेको थियो तर विविध कारणले संरचना निर्माण कार्य अगाडि बढ्न सकेको छैनन्। प्रदेशको अस्थायी राजधानीका …

गोदावरी कि धनगढी: प्रदेश राजधानी विवादमा
0 comment
0 FacebookTwitterEmail

हामी किन युक्रेनका राष्ट्रपति भोलोदिभिर जेलेन्स्कीको प्रशंसा गरिरहेका छौँ ? यसको उत्तर यो प्रश्नभित्रै नै निहित छ।

हामी जेलेन्स्कीको प्रशंसा गर्छौँ किनभने कठिनभन्दा पनि कठिन, एकदमै असमान्य बाधाहरूको सामना गर्दा पनि जेलेन्स्की आफ्नो अडानबाट डगमगाएका छैनन्। यदि मान्छेमा साहस र आत्मविश्वास छ भने उसले आफ्नो पक्षमा बहुमत बनाउन सक्छ उनले प्रमाणित गरिदिएका छन्। आफ्नो देशप्रतिको प्रेम र सम्मान त्यस्तो गुण हो जसलाई हामीले आफ्नै जोखिममा छाडेका हुन्छौं भन्ने कुरा उनले सावित गरिदिएका छन्। उनलाई हामी माया गर्छौँ किनभने भौतिक रूपमा नै उपस्थिति भएर व्यक्तिगत रूपमा उदाहरण हुन सक्नुको शक्ति कस्तो हुन्छ भन्ने कुरा उनले दुनियाँलाई देखाइदिएका छन्। किनकि उनलाई राम्रोसँग …

हामी जेलेन्स्कीको प्रशंसा किन गर्छौँ ?
0 comment
0 FacebookTwitterEmail

सरकारले खर्चमा कटौती गर्न भन्दै  आगामी १ जेठदेखि सातामा दुई  दिन सार्वजानिक बिदा दिने निर्णय गर्यो।   सार्वजनिक खर्च कटौतीको उद्देश्यले  गरिएको यस्तो निर्णय  परीक्षणका रुपमा कार्यान्वयन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको तर्क छ।

नेपाल आयल निगमले केही समयअघि सरकारलाई इन्धन खपत कम गर्ने विकल्प स्वरुप सार्वजानिक बिदा बढाउन  सुझाव दिएपछि सरकारले सो सुझावलाई आधार मानेर हप्तामा दुई दिन बिदाको निर्णय गरेको हो। साता दुई दिन बिदा दिएपनि कर्मचारीले साताभर काम गर्ने समय भने उही रहने छ।   सञ्चारमन्त्री कार्कीका अनुसार अब कार्यालय समय बिहान साढे ९ बजे देखि  साँझ साढे ५ बजेसम्म हुनेछ। कर्मचारीले अव  दैनिक

सातामा २ दिन बिदाः कर्मचारीलाई मात्र कि राज्यलाई नि हुन्छ फाइदा ?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved