Home » पूर्वाधार/विकास » Page 9
Category:

पूर्वाधार/विकास

मोरङ मिक्लाजुङको मिक्लु खोलामा १ सय मिटरको फरकमा दुईवटा पुल निर्माण गरिएको छ। २८ करोड रुपैयाँ लागत रहेका यी पुल उपयोगिताको हिसाबले एउटै निर्माण गर्दा हुने देखिन्छ। तर यसमा संघ र प्रदेश सरकारका निकायबीच समन्वय भएको देखिँदैन।

मोरडको मिक्लाजुड गाँउपालिका वडा नं ६ मा रहेको मिक्लु खोलामा प्रदेश सरकारले प्रादेशिक सडका लागि ७ करोडको लागतमा पुल निर्माण गरेको छ भने संघले पनि सँगै एक सय मिटर दक्षिणमा मदन भण्डारी सडकका लागि २१ करोड ४८ लाखको लागतमा अर्को पुल निर्माण गरिरहेको छ।

स्थानीय रोहित राई मिक्लु खोलामा दुईवटा पुलको आवश्यकता नरहेको बताउनुहुन्छ। केन्द्र र प्रदेश सरकारको सामान्य समन्वय नहुँदाको परिणति एकै …

बजेट दुरुपयोग : संघ र प्रदेशका निकायबीच समन्वय नहुँदा सय मिटरको फरकमा उस्तै प्रकृतिका दुई पुल
0 comment
0 FacebookTwitterEmail

मोरङको विकट पहाडी स्थानीय तह मिक्लाजुङ गाउँपालिकालाई प्रादेशिक सडकले सदरमुकाम विराटनगरसँग जोडेको छ।

प्रदेश सरकारको लगानीमा मोरङको किसानचौक–टाँडी–आइतबारे रवि सडक निर्माण भएसँगै त्यस भेगका स्थानीयलाई सडक मार्गले सदरमुकाम विराटनगरसँग जोडेको हो।

प्रदेश सरकारको कुल ६७ करोड रुपैयाँको लागतमा सो प्रादेशकि सडक निर्माण भएको पूर्वाधार विकास कार्यालय मोरङले जनाएको छ। प्रादेशिक सडक निर्माणसँगै मिक्लाजुङका विकट वडाहरुमा सहज यातायातको सुविधा पुगेको छ।
‘सडक मार्गले गाउँ छोएपछि आउजाउमा सहज भएको छ,’ स्थानीय रन्जु लिम्बूले भन्नुभयो, ‘घर–आगँनमा सडक आइपुगेको छ। खुसी लागेको छ।’

मिक्लाजुङलाई शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासले छोएसँगै त्यस क्षेत्रको जनजीवन समेत फेरिने लिम्बूको भनाइ छ।

किसानचौक–टाँडी–आइतबारे–रवि सडकले मिक्लाजुङ गाँउपालिका विकट …

प्रादेशिक सडक मार्गले जोड्यो मिक्लाजुङ, सदरमुकाम विराटनगर आउजाउ सहज
0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको ठूलो र पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो। यहाँ अन्तरंग, बहिरंगलगायत सबै विभागमा विरामीले उपचार गराउँदा सहज रुपमा सेवा पाउन सक्छन्। तर अहिले अस्पतालमा दैनिक क्षमताभन्दा बढी अर्थात् २५ सय जनाभन्दा बढी बिरामीले उपचार गराइरहेका छन्।

लुम्बिनी प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क बनाएपछि बिरामीको संख्या ह्वात्तै बढेको हो। अस्पतालका नायब सुब्बा चिरञ्जीवी घिमिरेका अनुसार अस्पताल ५ सयभन्दा बढी बेड सञ्चालनमा छन्।

५ सय बेड क्षमता भएको अस्पतालमा दैनिक ओपीडी टिकट मात्रै १५ सय ९४ जनाले टिकट लिन्छन्। यो सामान्यतर्फको हो भने स्वाथ्य बिमाबापतको संख्या योभन्दा अझ बढी …

लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र
0 comment
0 FacebookTwitterEmail

 विराटनगर– १६ रानीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा राज्यको करोडौँको लगानी खेर जाने अवस्थामा पुगेको छ।

कोरोनाको दोस्रो लहरमा निर्माण गरिएको होल्डिङ सेन्टर कोरोना संक्रमण कम भएसँगै  प्रयोगविहीनको अवस्थामा पुगेको हो। अब राज्यले यसलाई केका लागि प्रयोग गर्ने भन्ने ठोस निर्णय गर्न सकेको छैन।

एक हजार जनालाई एक पटकमा आवासीय सेवा दिने क्षमताको सो होल्डिङ सेन्टर ११ महिनाअघि निर्माण सम्पन्न भएको थियो।

कोरोना कहरको समयमा विद्यालय तथा कलेजमा क्वारेनटिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो। जसअन्तर्गत रानीमा भने संघीय सरकारको २८ करोड ९१ लाख रुपैयाँ लागतमा …

२९ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन
0 comment
0 FacebookTwitterEmail

नेपालका ठूला राजनीतिक आन्दोलनमा मजदुरको योगदान रहनेमा सबैभन्दा अगाडि नाम विराटनगर जुट मिलको आउँछ।

नेपालको पहिलो र सरकारी स्वामित्वमा रहेको उद्योग विराटनगर जुट मिल्स बेलाबखत पुनः सञ्चालन हुने चर्चासमेत चल्दै आएको छ। तर अहिलेसम्म चर्चाले सार्थकता भएको पाएको छैन।

केन्द्र सरकार परिवर्तन भएसँगै विभिन्न निकायका मन्त्रीले मिलको अनुगमन र निरीक्षण गर्छन्। निरीक्षणपछि मिल सञ्चालनको आश्वासनसमेत बाँड्छन्। तर पछिल्ला दुई आर्थिक वर्षमा सरकारले मिल सञ्चालनका लागि बजेटमा कुनै पनि योजना नराख्दा जुट मिल्स चलाउने कुरा स्थानीयलाई भने पत्यार लाग्न छोडेको छ।

‘मन्त्रीको मिल चलाउने कुरा सार्वजनिक खपतका लागि बोलेकोजस्तो लाग्छ,’ पूर्वकर्मचारीसमेत रहनुभएका बलबहादुर तामाङ भन्नुहुन्छ, ‘मिल चलाउन बजेटमा योजनै समावेश छैन। …

विराटनगर जुट मिल्सको सम्पत्तिमाथि पहुँचवालाको राइँदाइँ, उद्योगको सम्पत्ति घट्दो र दायित्व बढ्दो
0 comment
0 FacebookTwitterEmail

सरकारले महत्वाकांक्षी योजनाका रूपमा अघि सारेको मदन भण्डारी राजमार्ग (चुरे राजमार्ग) को पूर्वी रुटको काम सुस्त हुँदा समय सीमाभित्रै सडक निर्माणको कामले पूर्णता नपाउने भएको छ। सडक निर्माणका क्रममा देखिएको जग्गा विवाद, सडक निर्माणको ठेक्का प्रक्रियासमेत पूरा नहुँदा सडक निर्माणको काम लम्बिने निश्चितप्रायः छ।

सडक निर्माणका लागि धेरै ठाउँमा जंगल परेकाले अहिलेसम्म रुख कटानको काम पनि अघि बढ्न सकेको छैन। तर सडक अबको दुई वर्षभित्र सम्पन्न गर्नुपर्नेछ। ०८१/०८२ भित्र निर्माण सम्पन्न हुनुपर्ने सडकमा ६४ प्रतिशत वित्तीय खर्च भइसक्दा भौतिक प्रगति भने ४७ प्रतिशत मात्र छ।

चुरे क्षेत्रका नागरिकलाई सहज यातायातको पहुँचमा जोड्ने योजनासहित पाँच वर्षअघि पूर्व रुटअन्तर्गत सुनसरीको धरानदेखि पूर्व …

मदन भण्डारी राजमार्ग : समयमै काम सकिनेमा शंका, भौतिक प्रगति ४७ प्रतिशत मात्रै
0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुटवल र पाल्पालाई जोड्ने गरी पाँच अर्ब लागतको लुम्बिनी केबलकार प्रदेशकै ठूलो ‘गेमचेन्जर’ परियोजना भएको बताउनुभएको छ।

बुटवलमा केबलकारको अवलोकन भ्रमणपछि पत्रकारहरूसँग बोल्दै मुख्यमन्त्री चौधरीले प्रदेशको आर्थिक विकासको मुख्य आधार पर्यटन नै भएको र यसमा लुम्बिनी केबलकार ‘गेम चेन्जर प्रोजेक्ट’ भएको बताउनु भएको हो।

केबलकारले लुम्बिनी घुम्न आउने पर्यटकलाई मात्र नभई २४ करोड जनसंख्या भएको भारत उत्तर प्रदेशका पर्यटकलाई पनि आकर्षित गर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ। उत्तर प्रदेशका पर्यटकलाई लुम्बिनी र केबलकारसम्म भ्रमणका लागि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसंग प्रदेश सरकारले नै वार्ता गरिरहेको मुख्यमन्त्री चौधरीले जानकारी दिनुभयो।

‘यो एउटा ठूलो गेमचेन्जर प्रोजेक्ट हो, यसले …

लुम्बिनी केबलकार प्रदेशको ‘गेम चेन्जर प्रोजेक्ट’ : मुख्यमन्त्री चौधरी
0 comment
0 FacebookTwitterEmail

दातृ निकायको आठ करोडभन्दा बढी लगानीमा निर्माण भएको लुम्बिनी प्रदेश जनस्वाथ्य प्रयोगशाला भवन प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उदघाटन गर्नुभएको छ। एड्स, क्षयरोग र मलेरियाविरुद्धको ग्लोबल फन्डको अनुदान र सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा अत्याधुनिक प्रविधि जडित प्रदेश जनस्वास्थ्य प्रयोगशाला निमार्ण भई प्रदेश सरकारलाई हस्तान्तण गरिएको हो।

भवन उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री चौधरीले स्वास्थ्य सेवामा आम नागरिकको पहुँच पुर्याउने लक्ष्य रहेको बताउनुभयो। प्रयोगशालाको गुणस्तरलाई ध्यान दिन सुझाव दिँदै यसमा आवश्यक पर्न सबै किसिमको गुणस्तरीयताप्रति सहज रहन र यसलाई रिसर्च सेन्टरका रूपमा विकास गर्न पनि आग्रह गर्नुभयो। ‘दक्ष जनशक्ति तयार गर्ने गरी यहाँबाट तालिम चलाउने र नयाँ दक्ष जनशक्ति तयार गर्ने गरी …

दातृ निकायको आठ करोड लगानीमा बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला
0 comment
0 FacebookTwitterEmail

बैतडीमा पहिरोले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ। सोमबार बिहान करिब दुई बजेको समयमा घरमाथिबाट खसेको पहिरोले पुर्चाैडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा २५ वर्षीय अञ्जु जागरी र उहाँका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो। मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ।

मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते हुनुभएको छ। सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो। घाइतेहरूको हाट स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उहाँहरूको अवस्था सामान्य रहेको छ।

साथै पहिरोमा परी आठ वटा …

पालिकाले बलजफ्ती सडक खन्यो, महिनापछि पहिरोले आमाछोराको ज्यान गयो
0 comment
0 FacebookTwitterEmail

वीरगन्ज–२६ सुगौली गाउँमा बुधबार राति माइकिङ गरी बिहीबार बिहान चोकमा भेला हुन अनुरोध गरियो। वडाध्यक्ष शम्भु मिश्राले गर्नुभएको अनुरोधअनुसार बिहीबार बिहान सबै गाउँले भेला भए। सबैको रायसुझावमा गाउँका कुवा (इनार) सफा गर्ने अभियान सुर गरिएको बताउँदै वडाध्यक्ष मिश्राले भन्नुभयो, ‘नगर प्रमुखज्यूलाई गाउँका वडामा कुनै ध्यान छैन, वहाँ सहरमै के–के अभियान चलाइराख्नुभएको छ। वडाको बजेट र क्षमताअनुसार आफू गाउँलेको पानीको जोहोमा लागेको छु।’

गाउँमा रहेका आधा दर्जन इनार सफा गराएर पानीको व्यवस्थापन गरिरहेको उहाँको भनाइ थियो।

यस्तै वीरन्ज–१० का वडाध्यक्ष सुशील साह कानुलाई एक हप्तादेखि भ्याइ–नभ्याइ छ। सबै काम छोडेर खानेपानी व्यवस्थापनमा लाग्नुभएको छ। आफ्नो वडामा पर्ने घडिहर्वा, आदर्शनगर, अशोक वाटिकालगायतका …

काकाकुल वीरगन्ज महानगर, समस्या समाधानमा सरकारको छैन ठोस योजना
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved