Home » वातावरण/जलवायु » Page 38
Category:

वातावरण/जलवायु

भाषा भनेको के हो? वातावरणसँग भाषाको कस्तो सम्बन्ध हुन्छ ?  भाषा र वातावरणबीचको अन्तरसम्बन्ध भनेको  के हो?  भाषा र पर्यावरणबीचको सम्बन्धले मानिसमा कस्तो प्रभाव पार्छ ? भाषा र वातावरण बीचको प्रभाव एकदिशात्मक (युनिडिरेक्सनल) वा द्विदिशात्मक (बाइडिरेक्सनल)  हुन्छ ? २० औं शताब्दीको अन्त्य र २१ औं शताब्दीको सुरुमा यस्ता सम्बन्धको अध्ययनमा नयाँ ढोका खुलेको छ।

मानव समाज र पारिस्थितिकी सन्दर्भमा अनुसन्धान गर्न पारिस्थितिकीय भाषाविज्ञानले धेरै ठूलो सहयोग पुर्‌याएको छ। भाषिक पर्यावरणशास्त्रले मानिस अन्य प्रजाति , वनस्पति र भौतिक वातावरणको विश्लेषण गरी मानव जीवन र दिगो विकासमा भाषिक भूमिकाको महत्व दर्शाएको छ। मानव समाजको पारिस्थितिक सन्दर्भ र व्यावहारिक परिणामलाई विचार गर्दै  माइकल …

भाषामा लुकेको रैथाने ज्ञान
0 comment
0 FacebookTwitterEmail

बेनी जोमसोम सडक खण्डका विभिन्न स्थानमा झरेको पहिरोका कारण जोखिम बढेको छ। पछिल्लो समय यस खण्डका ठाउँ ठाउँमा ठूल्ठूला पहिरोहरू खसेका छन्। विशेष गरी वर्षाको समयमा माथिबाट खस्ने पहिरोका कारण यहाँको यातायात सेवा बेला बेलामा अवरुद्ध हुने गरेको। म्याग्दीको गलकोटदेखि घाँसासम्मको सडकका अधिकांश स्थानमा पहिरो झरेको छ। पहिरोका कारण नियमित रुपमा आवतजावत गर्ने सर्वसाधारण सास्ती भोग्न बाध्य छन्। पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ का भीम बरुवालले पहिरोसँगै ठूला ठूला ढुङ्गाहरू झर्दा बेला बेलामा बाटो बन्द हुने गरेको बताउनुभयो। भीमले पानी परेको समयमा बेनी जोमसोम सडकमा यात्रा गर्न निकै जोखिमपूर्ण हुने गरेको दुःखेसो गर्नुभयो।

पहिरोले वर्षेनी यस्तै समस्यामा पार्दै आएको …

0 comment
0 FacebookTwitterEmail

विश्व पर्यटन दिवसको अवसरमा नेपाल भारत सीमा नाका बेलहियामा विदेशी पर्यटकलाई स्वागत गर्दै गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन आग्रह गर्नुभयो।

लुम्बिनीको वातावरण प्रदूषण कम गर्न २०७७ सालमा लुम्बिनी १९ विद्युतीय बस र कार ल्याइएको थियो। लामो समय खुला आकाशमुनि थन्किएका ५ विद्युतीय बस र १४ कार अब सञ्चालन हुन नसक्दा बिग्रने चिन्ता बढेको थियो। एसियाली विकास बैंकको अनुदान सहयोगमा क्लिन इनर्जी प्रोजेक्ट अन्तर्गत १३ करोड रुपैयाँ लागतमा ती कार र बस भित्रिएका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनीमा रहेका विद्युतीय बस सञ्चालन गर्न गराउन आग्रह गरे लगत्तै लुम्बिनी विकास कोषले सक्रियता देखायो र दसैंको अवसरमा …

गृहमन्त्रीको आग्रहसँगै लुम्बिनीमा अलपत्र विद्युतीय बस सञ्चालनको तयारी
0 comment
0 FacebookTwitterEmail

वनबाट आम्दानी गरी प्रदेशलाई समृद्ध बनाउन सकिन्छ भनेर धेरै ठाउँमा भाषण गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले वैज्ञानिक वन व्यवस्थापन गर्नका लागि प्रदेश सरकारकाले कानून निर्माण गरी सकेकोले वनबाट आम्दानी गरी प्रदेशवासीको समृद्धिका लागि प्रयोग गर्न सकिने बताउँदै आउनुभएको छ।

तर यी भाषणमा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशमा भइरहेको वन अतिक्रमण कसरी गर्ने भनेर न बोल्नुहुन्छ न कुनै योजना बनाएर लागू गर्नु  भएको छ। संघीय सरकारको मातहतमा रहेको वन प्रदेश सरकारको मातहतमा आई सकेको छ। यतिबेला प्रदेशका १२ जिल्लामा नै व्यापक वन अतिक्रमण भएको छ।

प्रदेशका ६ जिल्ला तराई र ६ जिल्ला पहाड मिलेर बनेको लुम्बिनीमा प्रदेशको वन निर्देशनालयको तथ्याङ्कअनुसार …

0 comment
0 FacebookTwitterEmail

वायु प्रदुषणलाई हल्का रूपमा लिइरहनु भएको छ भने सावधान हुनुहोस् किनकी कहिल्यै चुरोट बिडी नखाने मानिसमा पनि वायु प्रदुषणका कारण फोक्सोको क्यान्सर हुनसक्ने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन्। नेपालको वायु प्रदूषण स्तर विश्वमै उच्च स्तरमा रहेको र सोही प्रदूषणकै कारण वर्षिक ३० हजार भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ भनेर विश्व बैंकले वताएको केही समयमा नै यो अनुसन्धान सार्वजनिक भएको हो।

वेलायत लन्डनको फ्रान्सिस क्रिक इन्स्टिच्युटका अनुसन्धानकर्ताहरूले आफ्नो अध्ययनका आधारमा भनेका छन्-फाइन पार्टिकुलेट म्याटर (पीएम) २.५ को प्रदुषित हावाको निरन्तर सम्पर्कमा बस्ने व्यक्तिहरूलाई फोक्सोको क्यान्सर हुन सक्छ। ४० हजार मानिसमा गरिएको यो अनुसन्धानको नतिजा सेप्टेम्बरको दोश्रो साता सार्वजनिक गरिएको थियो …

चुरोट नखानेलाई फोक्सोको क्यान्सर हुनुको कारणः वायु प्रदुषण
0 comment
0 FacebookTwitterEmail

तनहुँका पालिकाहरूमा फोहोरमैला व्यवस्थापनको पाटो जटिल बन्दै गएको छ। बढ्दो बजारीकरणसँगै बजार क्षेत्रबाट निस्केको फोहोरमैला व्यवस्थापनको पाटो स्थानीय सरकारका अगाडि चुनौतीको पहाड जस्तै बन्न थालेको छ।

तनहुँका १० वटै पालिकाले व्यवस्थित ल्याण्डफिल्ड साइटको टुंगो लगाउन सकेका छैनन्। बजार क्षेत्रका घर, तरकारी पसल, होटल तथा रेष्टुरेन्टबाट निस्कने कुहिने र नकुहिने दुवै फोहोर व्यवस्थापन गर्न स्थायी फोहोर व्यवस्थापनको उपाय नहुँदा पालिकाले सबै फोहोर खोला, नदी किनार र जंगलमा फ्याल्दै आएका छन्। जथाभावि फोहोर फ्याल्दा वातावरण प्रदूषण हुनुका साथै फोहोरको गन्ध नजिकका वस्तिसम्म पुग्ने गरेको छ।

मुलुक संघीय संरचनामा गएसँगै फोहोरमैला व्यवस्थापनलाई नै मुख्य एजेण्डा बनाउँदै स्थानीय तहको निर्वाचनमा होमिएर …

बजारको फोहोर खोला र जंगलमा
0 comment
0 FacebookTwitterEmail

प्रतिव्यक्ति हरित गृह ग्यास उत्सर्जन न्यून मात्रामा र विश्वव्यापी जलवायु परिवर्तनमा नेपालको भूमिका नगण्य रहेता पनि वायु प्रदुषणको मुख्य स्रोतका रूपमा रहेका कृषि तथा उर्जासँग सम्बन्धित उत्सर्जनहरूले अर्थतन्त्रमा नकरात्मक प्रभाव पारिरहेको विश्व बैंकले जनाएको छ।  विश्व बैंक समूह जारी गरेको नेपाल राष्ट्रिय जलवायु तथा विकास प्रतिवेदन उक्त कुरा जनाएको छ।  विश्व बैंकका अनुसार हरित गृह ग्यासको उत्सर्जन विशेष गरी कृषि (५४ प्रतिशत) र उर्जा (२८ प्रतिशत) क्षेत्रबाट धेरै रहेको छ। सन् २०१२ देखि सन् २०१९ सम्मको अवधिमा नेपालको हरितगृह ग्यास उत्सर्जन दर २६.९ प्रतिशतले वृद्धि भएको देखिन्छ जुन विशेषत: बढ्दो उर्जा खपत र उद्योग कल कारखानाबाट रहेको छ। विद्युत खपत …

0 comment
0 FacebookTwitterEmail

हिन्दूहरूले रुद्राक्ष भगवान् शिवको आँशुबाट उत्पत्ति भएको विश्वास गर्छन् र त्यसलाई पवित्रताका साथ सम्हालेर राख्छन्। हिमालयको काखमा पाइने रुद्राक्षलाई बौद्धमार्गीहरूले पनि उत्तिकै महत्व दिन्छन्। बौद्धधर्ममा त्यस्तो कथा त सुनिँदैन तर बुद्धका तस्बिरमा जसरी रुद्राक्षका माला लगाइएको हुन्छ, त्यसबाट बौद्धमार्गीका लागि पनि रुद्राक्षको विशिष्ट महत्व छ भन्ने प्रस्ट हुन्छ। नेपाली व्यापारीले रुद्राक्ष मुख्यतः भारतका हिन्दूहरूलाई बिक्री गर्ने गर्थे। तर केही वर्षदेखि त्यो परिस्थितिमा परिवर्तन आएको छ।

सत्ताईस वर्षीय निमा तामाङका लागि रुद्राक्षका दानाहरू चिनियाँसँग गर्ने ठूलो व्यापारिक वस्तु हो। “मैले सन् २०२० मा १० हजार किलो रुद्राक्षका दाना बेचेँ,” उनले भने। पहिलेका वर्षहरूमा वार्षिक औसत २ हजारदेखि ३ हजार किलो बेच्ने …

0 comment
0 FacebookTwitterEmail

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संकटापन्न कृष्णसार स्थानान्तरण गरेको ठिक एक दशक पुग्यो। निकुञ्जको हिरापुर फाँटामा ४२ वटा कृष्णसार स्थानान्तरण गरिएका थिए। अहिले तिनको संख्या झण्डै पाँच गुणा बढेको छ। त्यतिबेला नेपालबाट लोप हुनसक्ने ‘खतरा’ लाई मनन गरी यहाँ कृष्णसार स्थानान्तरण गरिएका हुन। निश्चित घेरबारभित्र राखिएका कृष्णसारको संख्या ह्वात्तै वृद्धि हुन थालेपछि अहिले निकुञ्जका अगाडि एक प्रश्न  उभिएको छ, अब के गर्ने?

उपयुक्त बासस्थान र संरक्षणको उचित व्यवस्थापनले गर्दा कृष्णसार बढ्ने क्रम जारी नै छ। ‘४२ कृष्णसार स्थानान्तरण गरिएका हुन्। अहिले बढेर दुई सय दुई पुगिसके।’ राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले भन्नुभयो। स्थानान्तरणदेखि नै कृष्णसार व्यवस्थापनको जिम्मेवारी वहन …

0 comment
0 FacebookTwitterEmail

बागमती प्रदेशको राजधानी हेटौँडामा खानेपानीको मुहान स्थायित्वका लागि ‘रिचार्ज पोखरी’ कार्यक्रम सुरु हुने भएको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गएको ३ वर्ष अगाडिबाट नै यो योजना सुरु गर्ने तयारी भएपनि बोर्डले यो काम सुरु गर्न सकेको थिएन।

खानेपानी समस्याको दीर्घकालिन समाधान गर्न र प्राकृतिक मुहानलाई संरक्षण गर्न पनि रिचार्ज पोखरीको अवधारणालाई अघि सारिएको बोर्डको भनाई छ। खानेपानीका मुहान एवम् डिप बोरिङ गरिएको स्थानलाई लक्षित गरी वर्षायामको पानीलाई जम्मा गरेर पोखरी बनाउने योजना बोर्डले अगाडि सारेको छ।

दैनिक रुपमा पानीको खपत बढ्दै गएको तर मुहान संरक्षण हुन नसकेकोले पनि यो कार्यक्रम अत्यन्त जरुरी रहेको खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टले बताउनुभयो। आपूर्ति …

खानेपानीका मुहान जोगाउन हेटौँडामा ‘रिचार्ज पोखरी’
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved