Home » विचार » Page 23
Category:

विचार

आज जुन चिजलाई प्रविधि भनिन्छ- त्यो भाषा हो। अर्थात् भाषा प्रविधि हो। कुनै पनि साधन बेगर साध्य प्राप्त गर्न सकिँदैन। प्रविधि साध्य हो भने भाषा साधन हो। आज विश्वमा जे जति प्रविधिको विकास भएको छ सबै भाषाप्रविधिमा आधारित छ। भाषा-प्रविधिका माध्यमबाट चल्ने कम्प्युटर प्रोग्राम वा इलेक्ट्रोनिक उपकरणहरूले मानिसको क्रियाकलापलाई विश्लेषण, परिमार्जन गर्दछ; समाज र संस्कृतिलाई प्रविधि सक्षम बनाउँछ। जसरी सभ्यताको सुरुआतमा मानिसले बोल्न जान्यो र मानिस अरु प्राणीभन्दा फरक भयो। अनि लेख्न जानेपछि त सभ्यताको विकास नै सुरु भयो। त्यसैगरी आज मानिसले आफ्नो भाषा,संस्कृति र सभ्यतालाई  सङ्केतन (इन्कोडिङ) मा ढालेर सान्सारिक वास्तविकताबाट आभासी वास्तविकता( भर्चुअल रियालिटी) को निर्माण गरिरहेको छ। …

सूचना प्रविधिमा परजीवी सोच कहिलेसम्म ?
0 comment
0 FacebookTwitterEmail

विशेष टिप्पणी

नागरिकता विधेयकमा सरकार र संसद् एकातिर राष्ट्रपति संस्था अर्कोतिर भएर भिडन्तमा प्रस्तुत भएकाले संविधानसभाबाट बनेको नेपालको संविधान फेरि एकपटक उल्लघंन हुन पुगेको छ र राजनीतिक विवाद संकट उन्मुख भएको छ।

संसद्का दुवै सदनले बहुमतबाट पारित गरी अनुमोदनका लागि राष्ट्रपति समक्ष पठाएको सो विधेयकमा राष्ट्रपति विद्या भण्डारीलाई चित्त नबुझी फिर्ता पठाउनु भएको थियो। फिर्ता गर्दा उहाँले १५ बुँदाको टिप्पणीसहित पुनर्विचार गर्न आग्रह गर्नुभएको पनि थियो। यद्यपि प्रतिनिधिसभाले उहाँको टिप्पणीमाथि छलफल नै गरेन र पहिलेकालाई जस्ताको तस्तै पारित गर्‍यो। राष्ट्रिय सभाले पनि ती सुझावहरूमा सदन र विधायन समितिमा समेत छलफल गरी विभिन्न मत सुने पनि अन्तत: पूर्ववत नै पारित गरी …

0 comment
0 FacebookTwitterEmail

नेपालको संविधान जारी भएको सात वर्ष पूरा भएसँगै मनाइएको संविधान दिवसले संविधान सप्ताहकै रूप लिएको छ। यस पटक नागरिकले संविधान दिवस मनाउने खासै उत्साह राखेनन्। राज्यका अधिकारीहरूले भने धुमधाम संविधान दिवसलाई संविधान सप्ताहनै बनाउने गरी मनाए। प्रतिनिधिसभाले प्रधान न्यायाधीशउपरको महाभियोग प्रस्तावको छ महिने गर्भ असोज १ गते नै तुहाएर, सरकारले अपराधीलाई माफी, अपराधको आरोप लागेकालाई विभूषण, प्रधान न्यायाधीशलाई निलम्बन र नजरबन्दमा राखेर यो सप्ताह मनायो। आमनिर्वाचनको प्रक्रियामा सामेल भइसकेका निर्वाचन आयोगका केही सदस्यले सरकारद्वारा विभूषित भएरै मनाए। वकिलहरूले अदालतको ढोका बार तैनाथ गरेर संविधानोत्सव मनाए भने राष्ट्रपतिले संसद्ले पारित गरी प्रमाणीकरण गर्न पठाएको नागरिकतासम्बन्धी विधेयकको प्रमाणीकरण गर्ने अवधि नै टारिदिएर। …

0 comment
0 FacebookTwitterEmail

केही वैयक्तिक कुराहरू लेख्न बस्दा म सँधै अलमलमा पर्छु। के भन्ने ? कति भन्ने कि भन्दै नभन्ने ? साँच्चिकै लेख्न उपयुक्त विषय हो यो ? लेख्न बस्दा पटक पटक आफैसँग हजार प्रश्नको सामना गरिसकेँ। तर समाजको रूग्ण उपर उठेका प्रश्नको जवाफ आफैंभित्र खोज्दा हुने वेदना विस्फोटले आत्मदहन भएजस्तो लाग्छ।

ती दिनहरू सम्झिँदा आज मन व्यथित हुन्छ। चिडचिडाहट हुन्छ। रगत उम्लिएर आउँछ। घटना लेखिहालौँ लाग्छ। एक मनले भन्छ– नलेख। सधैँजसो आधाउधी पुर्‍याएपछि रोकिन्छु म।

कयौँ पटक लेख्ने र नलेख्ने दोधारबाट निस्केर आज मेरो मन दरिलो भएको छ। आमाका अकथित वेदनाहरूको स्मरणले यस क्षण मलाई सशक्त बनाएको छ। यो मेरै आमाले भागेको …

आमाको संघर्ष: घारो तिरेको समाज र हामी हिँडेको बाटो
0 comment
0 FacebookTwitterEmail

महाभारतमा कुबेरको एउटा कथा छ। उनलाई धनी मानिस भनेर चिनिन्छ। अहिले पनि सम्पन्न मानिसलाई प्रतीकात्मक अर्थमा ‘कुबेरै हो नि’ भन्ने चलन छ। राजसूय यज्ञ गर्ने मन भएपछि आफूसँग पर्याप्त धन नभएकोले एकपटक युधिष्ठिरले भाइ भीमसेनलाई कुबेरको घरमा पठाए। भीमसेन कुबेरको घरमा पुग्दा उनी औंलामा थुक लगाएर भुइँमा खसेका तोरीका गेडा टिप्दै थिए। यो देखेर भीमसेनलाई ‘यस्ता कञ्जुस छन्, के पैसा देलान्’भन्ने लाग्यो। कुबेरले भने मागेजति नै धन गाडामा राखेर लैजान दिए। केही पर पुगेपछि गाडा बाटोमा फस्यो। सबै मिलेर त्यसलाई धकेलेर गुडाउन प्रयास गरे तर केही लागेन। त्यहीबेला कुबेरले गाडाको पांग्रो धसिएको ठाउँमा बोराभरिको तोरी खन्याएर गाडा उतारे। भीमसेन औंलामा …

0 comment
0 FacebookTwitterEmail

जनताले बनाएको भनिएको संविधानले सात वर्षको उमेर छिचोलेको छ। आठौँ वर्षमा प्रवेश गर्न लाग्दाका अन्तिम घडीमा सरकार (विधायिका, कार्यपालिका र न्यायपालिका) बाट भएका हर्कतहरूले जनतालाई निराशातर्फ बेजोडले धकेलेका छन्। मङ्सिरमा संसद्को निर्वाचन र नयाँ सरकारहरूको आगमनप्रति आममानिसमा कुनै उत्साह छैन। धेरै मानिस किंकर्तव्यविमूढ नागरिक हुन पुगेका छन्। नेपालीहरूले मान्ने दसैँ, तिहार, छठ, उधौँलीजस्ता सांस्कृतिक चाडपर्वउन्मुख परिवेशमा पनि आम मानिसमा उमङ्गको सञ्चार हुने परिवेश देखिँदैन। राजनीतिक शक्तिहरू  संविधान र कानुनलाई नै धमिल्याएर धमिलो पानीमा माछा मार्न व्यस्त छन्। मुलुकप्रतिको संवेदनशीलता राजनीतिक शक्ति हौँ भन्नेहरूमा शून्यप्राय: हुन पुगेको छ।

महाभियोगको महाभारत

प्रतिनिधिसभाको दोस्रो पुन:स्थापनापछि परमादेशद्वारा बनेका प्रधानमन्त्री देउवासँग सरकारको मन्त्रीमा आफ्ना जेठान …

0 comment
0 FacebookTwitterEmail

सौहार्दता मानवको सामाजिक जीवनका निम्ती अपरिहार्य आवश्यकता हो। सौहार्दताको अभावमा वैमनस्य र अपराध वृद्धि हुन्छ। अपराध नियन्त्रणमा महत्त्वपूर्ण मुख्य तीन पक्षहरू रहेका हुन्छन्। पहिलो आचार, दोस्रो धर्म, र तेस्रो कानून। यस आलेख भित्र यिनै विषयलाई केन्द्र मानेर चर्चा गरिएको छ।

सामाजिक नियन्त्रणमा सदाचार

‘पिउने पानीको श्रोत धारा, कुवा इनार र खोलाको वरिपरि दिसा पिसाब गर्नु हुँदैन नाग लाग्छ वा सिमे, भूमे लाग्छ, मानिसको पिसाब फेर्ने अंग सुनिन्छ र घाउ हुन्छ।’, ‘बाटोमा पिसाब फेर्ने मानिसलाई आगो ताप्दा धुवाँको मुस्लो उसको अनुहारतिर सोझिन्छ।’, ‘बाटो हग्नेको गुदद्वारमा घाउ हुन्छ। बाटोमा थुक्नु, खकार्नु हुँदैन।’, ‘बाटोमा काँडा छर्नु हुँदैन।’, ‘सजाय दिनुपरे टाउकामा पिट्नु हुँदैन।’, ‘ढाँटेको …

सामाजिक सौहार्द र अपराध नियन्त्रणमा आचारिक शिक्षा
0 comment
0 FacebookTwitterEmail

आज सातौँ संविधान दिवस। २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको दिनलाई संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा वर्षेनी मनाइँदै आएको छ। तर सात वर्ष लाग्दै गरेको हाम्रो संविधानको खिलाफमा धेरै खालका शक्तिहरू सलबलाउन थालेका छन्। राजनीतिक नेताका अकर्मण्यताका कारण मुलुकमा देखिएका बेथितिका लागि पुस्तौँपुस्ताको बलिदानबाट बनेको संविधानका प्रावधानहरूलाई दोष दिएर आफ्नो दुनो सोझ्याउन खोज्दैछन् केही पुरातनवादीहरू, प्रतिक्रियावादीहरू।

यस दिन खासगरी संविधान बनेपछि भएका उपलब्धि तथा संविधान कार्यान्वयनको अवस्थाका बारेमा चर्चा गरिन्छ। संविधान कानूनी सिद्धान्त तथा राजनीतिक सहमतिको दस्तावेज तथा राज्यको मूल कानून हो। संविधानबाटै नागरिकको मर्म भावना र आवश्यकता बमोजिम राज्य व्यवस्था सञ्चालन गर्न तथा जनताका आधारभूत हक …

0 comment
0 FacebookTwitterEmail

नेपालीहरूको महान चाड दशैं आउनै लागेको छ। दशैंमा मिठो खानु पर्छ वा खान पाइन्छ भन्ने सोच र अपेक्षा आम मानिसको हुन्छ। खाना स्वादिलो बनाउन विभिन्न खालका मसलाको अधिक प्रयोग गरिन्छ। जसले गर्दा मिठो खाने चक्करमा चाडपर्वका बेला धेरै मानिस बिरामी हुने गर्दछन्। मसलाहरूको प्रयोग सही रूपमा गर्न जानिएन भने यसले स्वास्थ्यमा प्रत्यक्ष हानी पुर्‍याउँछ।
अन्यत्र भन्दा नेपाल र भारतमा मसलाको प्रयोग अधिक हुने गर्दछ। मसलाको प्रयोग नेपाली एवं भारतीयहरूको संस्कार एवं संस्कृतिकै रूपमा रहेको छ। मसलाहरू स्वास्थ्यका लागि हानिकारक हो कि स्वस्थकर ? भन्ने प्रश्न पनि धेरैको मनमा होला। मसला स्वस्थको लागि हानिकारक नै हुन्छ भन्ने धारणा पनि हुनसक्छ। यसको …

बढी मसला हाले मिठो हुन्छ भन्ने बुझाइ नै गलत
0 comment
0 FacebookTwitterEmail

आर्थिक वर्ष २०७५/७६ को बजेट भाषणमा लिच्छविकालीन कैलासकूट भवनको सन्दर्भ पनि उल्लेख गरिएको थियो। जेठ १५ को उक्त भाषण वक्तव्यको बुँदा १२६ मा उल्लिखित यो कैलासकूट भवनसम्बन्धी अध्ययन अनुसन्धान गर्न मन्त्रालयले विज्ञहरूको एउटा कार्यटोली गठन गरी कार्य प्रारम्भ गर्न पुरातत्व विभागलाई जिम्मेवारी दिने निर्णय गर्‍यो। मन्त्रालयले गरेको निर्णय अनुसार विभागले ३० जेठमा विज्ञहरूलाई डाकेर छलफल पनि चलायो।

नेपालको लिच्छविकालीन इतिहासमा कैलासकूट भवनको खुबै चर्चा हुन्छ। राजा शिवदेव (शासनकाल ५९०–६०४) को शासनकालमा श्रीसामन्त (इ.सं. ५९४) का रूपमा देखा परेका अंशुवर्माले सोही वर्ष शक्ति सञ्चय गर्दै ‘श्रीमहासामन्त’ र पछि राजासँग मिलेर द्वैध शासन समेत चलाएका थिए। ती लिच्छवि राजा राजकाजबाट अवकाश लिई …

गणतन्त्रमा कैलासकूट राज–भवनको खोजी
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved