Home » समाज » Page 21
Category:

समाज

कानुनी र राजनीतिक रूपमा महिलाहरूको हकहितमा प्रशस्त काम भए पनि लैङ्गिक समानताको विश्वव्यापी सूचकाङ्कमा नेपालको अवस्था नाजुक देखिएको छ। जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको बास हुन्छ जस्ता आदर्शका कुरा गरिए पनि सूचकाङ्कलाई हेर्दा व्यवहारमा भने नेपालमा महिलाहरू अझै धेरै हेपिएका छन्।

यसको अर्थ विश्व स्तरमा लैङ्गिक समानताको अवस्था एक दम राम्रो अनि हाम्रो मात्र झुर भन्नेचाहिँ होइन। वास्तवमा लैङ्गिक समानताको विश्वव्यापी अवस्था यति नाजुक छ कि असमानताको यो खाडल भर्न अझै १३२ वर्ष लाग्ने छ भने दक्षिण एसियामा यो खाल्डो झन ठूलो छ र त्यो भरिन १९७ वर्ष लाग्ने छ। एउटा खुशीको कुराचाहिँ लैङ्गिक समानताका कुरामा दक्षिण एसियामा नेपाल …

लैङ्गिक समानता: १४६ देशको सूचीमा कहाँ छौं हामी?
0 comment
0 FacebookTwitterEmail

मेहेक महतो* चितवन माडीको सोमेश्वर माध्यामिक विद्यालयकी छात्रा हुन्। उनी २०७७ सालमा कक्षा ९ की विद्यार्थी थिइन्। त्यतिबेला उनको उमेर १४ वर्षको थियो। सोही विद्यालयमा उनकै क्लासमा पढ्थे “क” पञ्जियार। उनी मेहेकभन्दा १ वर्ष जेठा अर्थात् १५ वर्षका।

दुवैजना एकै कक्षामा पढ्ने विद्यार्थी। सोही विद्यालयमा पढ्दा पढ्दै एकअर्काप्रति आकर्षित भएछन्। प्रहरीकै भनाइमा दुईजनाबीच गाढा माया पर्यो। त्यसैको परिणाम २०७७ साल पुस मसान्तमा मेहेक “क”सँग भागिन्। अर्थात्, उनीहरूले स्वेच्छाले विवाह गरे।

नेपालको कानूनले २० वर्षमुनि विवाहमा रोक लगाएको छ। एकातिर बालविवाह स्वतः बदर हुन्छ। अर्कोतिर मेहेक र “क” दुबै नाबालक नै थिए। त्यसैले उनीहरूको विवाह परिवारमा स्वीकार्य हुने कुरै भएन।

मेहेकले

बालविवाह दुःखद अन्त्यः गयो मेहेकको ज्यान
0 comment
0 FacebookTwitterEmail

यौनजन्य हिंसामा परेकाहरूले उजुरी गर्ने समय हदम्याद  घटना भएको मितिले  तीन वर्षसम्म हुनु पर्ने निर्णय गरिएको छ। संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको शुक्रबार बसेको समिति बैठकले यौन हिंसाविरूद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि छलफल गर्दै सो निर्णय गरेको हो।

समिति सभापति कृष्णभक्त पोखरेलका अनुसार अब यौनहिंसाका मुद्दामा पीडितले दुई वर्षसम्म उजुरी दिन पाउनेछन् भने बालिग र अपांगता भएका पीडितको हकमा हदम्याद तीन वर्षसम्म हुनेछ। समितिले यौनहिंसामा हदम्याद बढाउने निर्णय सर्वसम्मत रूपले गरेको र संसद्ले सोही आधारमा ऐन संशोधन गर्ने बताइएको छ।

अपराध संहितामा यौनहिंसा पीडितले १ वर्षसम्म मात्रै उजुरी गर्न पाउने गरी हदम्याद तोकिएको थियो। बलात्कारका …

समितिको निष्कर्षः यौनहिंसामा उजुरीको हदम्याद तीन बर्ष
0 comment
0 FacebookTwitterEmail

बुधबार दार्चुलाको ब्याँस गाउँपालिका –२ दुम्लिङका सचिन बुढाथोकीको घरमा नुन, तेल लगायतका उपयोग्य सामान सकिएको थियो। सधैँ जस्तै सचिनले सामान किनमेलका लागि भारतको गर्भाधार बजार पुग्नुपर्ने भयो। त्यहाँ पुग्न उहाँलाई एक घण्टा समय लाग्ने गरेको थियो। सचिन मात्रै नभएर भारत आउजाउ गर्दा तुइनबाट महाकाली तर्नुपर्ने बाध्यता दुम्लिङवासीको छ। तुइनबाट महाकाली तरेर गर्भाधार बजार पुगेका सचिन किनमेलपछि घरतिर लाग्नुभयो। फर्किदा पनि महाकाली नदी तर्ने सहारा त्यही तुइन नै थियो। महाकाली नदीको बीच पुगेका बेला भारततर्फ बाँधिएको तुइनको तार भाँचियो। तुइनसँगै १८ वर्षीय सचिन पनि उर्लंदो महाकालीमा बेपत्ता हुनुभयो। सोही महाकाली नदीमै बग्यो सचिनको सपना पनि।

०७८ साउन १५ गते ब्याँसी …

उर्लदो महाकालीमा बग्दै ब्याँसवासीका सपना
0 comment
0 FacebookTwitterEmail

छाउ अर्थात् स्त्रीको रजस्वला अवस्था वा धर्म। पडी अर्थात् भएकी वा सानो (साँघुरो) घर। रजस्वला भएकी महिलालाई पश्चिमी नेपालमा छाउपडी भनिन्छ। छाउपडीलाई धर्म र परम्परासँग जोडेर अनेक गैरवैज्ञानिक चिन्तन र अन्धविश्वास व्याप्त छ। छाउपडी प्रथाले कसरी महिलाहरूलाई अशक्त पारिरहेको छ भन्ने आँखोदेखा हाल हामीले कालीकोट, बझाङ, बाजुरा, अछाम, मुगु, कैलाली र कञ्चनपुरको भ्रमण गरेर थाहा पायौं। स्थानीय महिलाको दयनीय अवस्थालाई नजिकबाट नियाल्यौं। एक महिलाको नाताले आफूलाई त्यहाँ उभ्याएर कल्पना गर्‍यौं र समस्यालाई अनुभूत गर्‍यौं।
मनमा अनेक तर्कना चलेपछि स्थानीय धार्मिक गुरुहरूसँग पनि महिनावारीको बारेमा छलफल गर्‍यौं। त्यहाँका पुरुषहरूले यो समस्यालाई कसरी बुझेका छन् ? राजनीतिक दलका नेताहरूले यसलाई मुद्दा बनाएका …

छाउपडी सुदूर पश्चिमका महिलाको व्यथा
0 comment
0 FacebookTwitterEmail

नेपालमा महिलाको विवाहको उमेर घटाउनका लागि सडकदेखि सदनसम्म बहस भइरहेको बेलामा संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (यूएनएफपीए)को एक प्रतिवेदन संसारभरका किशोरी आमाहरूको बिजोग स्थीतिलाई उजागर गरेको छ।

विकासोन्मुख देशहरूमा बस्ने करिब एक तिहाइ महिलाहरू किशोरावस्थामा मातृत्वको भार वहन गर्न बाध्य छन्। यी विकासोन्मुख देशहरूमध्ये नेपाल पनि एक हो। प्रत्येक वर्ष जन्मने कूल शिशुमध्ये १६ प्रतिशत १९ वर्ष वा सोभन्दा कम उमेरका आमाबाट जन्मिने अनुमान छ।

प्रतिवेदनका अनुसार सानो उमेरमा आमा बन्दा उनीहरू र जन्मने बच्चाको स्वस्थ, सामाजिक विकासमा प्रत्यक्ष प्रभाव पारेको छ। यति मात्र होइन, यसबाट उनीहरूको मानवअधिकार हननको जोखिम पनि निकै बढेको छ। संयुक्त राष्ट्रसङ्घीय जनसंख्या कोष (यूएनएफपीए) ले …

एक तिहाइ महिलाहरू बन्छन् किशोरी आमाः राष्ट्रसङ्घीय प्रतिवेदन
0 comment
0 FacebookTwitterEmail

पोखरामा डेरा गरी बस्ने सुनिता शर्मा (नाम परिवर्तन) अहिले १९ वर्षको हुनुभयो। एकै उमेरको श्रीमानसँग प्रेम विवाह गर्नुभएकी सुनिता अहिले गर्भवती हुनुहुन्छ। कलिलो उमेर त्यसैमाथि घरपरिवारबाट टाढा र बेरोजगारको अवस्था रहदा उहाँको गर्भ बस्यो। उहाँलाई आफू आमा बन्न लागेकोमा खुसी भन्दा बढी अन्यौल छ। सुनिता जस्तै कास्कीमा यस वर्ष मात्र १ हजार ३ सय १७ जना २० वर्षभन्दा मुनिका किशोरी पहिलो पटक गर्भवती जाँचका लागि स्वास्थ्य संस्था पुग्नुभयो। देशभरको अन्य ठाउँको अवस्था जस्तै कास्कीमा पनि २० वर्ष मुनि आमा बन्नेहरूको संख्या घट्न सकेको छैन।

सामान्य भन्दा २० वर्ष मुनि आमा बन्नेहरूलाई दुई गुणा बढी जटिलता आउने बताउनुहुन्छ जिल्ला स्वास्थ्य कार्यलय …

किशोरवय मै आमाः समस्या एकतिर, सरकारलाई विवाहको उमेर घटाउन हतार
0 comment
0 FacebookTwitterEmail

रूप, गुण र विचारको अनुकरण गर्न सुहाउँदो पदार्थ वा सिद्धान्तलाई आदर्श भनिन्छ । यसलाइ बृहत् नेपाली शब्दकोषले कुनै वस्तु वा क्रियाको पूर्णता तथा उत्तमताको खास नमुना वा स्तर भनेर पनि अर्थ्याएको छ । आदर्श संस्कृत शब्द हो । यो शब्दमा वाद थपे आदर्शवाद बन्छ । आदर्शवाद भनेको मानिसले सधैं आदर्श वा असल कुरालाई लक्ष्य गरेर त्यसको सिद्धि वा प्राप्तिका निम्ति काम गरेमा संसार अवश्य सुन्दर र सुखद हुनेछ भन्ने एउटा सिद्धान्त पनि हो । अर्थ हेर्ने हो भने यो शब्द आफैंमा श्रद्धा जगाउन सक्ने शब्द हो भन्ने बुझ्न कठिन छैन ।

कुनै व्यक्ति, वस्तु, वा संस्थाको लागि यो शब्द प्रयोग …

अस्तित्त्वको खाेजीमा आदर्श पुस्तकालय
0 comment
0 FacebookTwitterEmail

जोगाउन नसकेमा अहिले हाम्रो सुस्ता

भारतमै जन्मिने छन् अब हाम्रो पुस्ता

खै हाम्रो दिलमा त घामै लागेन ,

जसको शासन आएपनि जनताको शासन आएन…

जसको सरकार आए पनि गरिबको सरकार आएन …

‍कलाकार पशुपति शर्मा, प्रकाश सपूत , बद्री पंगेनी लगायत चर्चित कलाकारहरूको स्वरमा रहेको खै हाम्रो दिलमा त घामै लागेन भन्ने एल्बमको यो गीतका दुई वाक्य “जोगाउन नसकेमा अहिले हाम्रो सुस्ता , भारतमै जन्मिने छन् अब हाम्रो पुस्ता” नै हो सुस्ताको पीडा।

गीतमा भने झै यतिबेला दुई वटा समस्या नारायणी नदिको बारम्बार फेरिने धार र भारतीयहरूको सीमा अतिक्रमण भोग्दै छ सुस्ता। अहिलेचाहिँ सुस्ता गाउँपालिकामा तेस्रो समस्या थपिएको छ मिटरब्याजीको …

सुस्ताको सास्ती: सीमा, गरिबी र मिटरब्याजी
0 comment
0 FacebookTwitterEmail

पोखरा महानगरपालिका विश्वकै परिचित पर्यटकीय गन्तव्यको एक हिस्सा हो। नगरपालिका, उपमहानगरपालिकाको सिँढी चढ्दै संघीयता कार्यान्वयनमा आएपछि २०७३ साल फागुन २७ गते महानगरको पगरी गुथ्न सफल भएको थियो। ३३ वटा वडा रहेको पोखरा भौगोलिक दृष्टिले नेपालको सबैभन्दा ठूलो महानगरपालिकाको हो। यस महानगरपालिकाको क्षेत्रफल ४६४ वर्ग किमि रहेको छ। करिब ५ लाख बढी जनसंख्या रहेको पोखरा महानगर पर्यटकीय राजधानी शहरको रूपमा स्वदेश तथा विदेशमा परिचित छ।

४० भन्दा बढी नाम चलेका पर्यटकीय गन्तव्यहरू रहेको कारण पोखरा लाखौं आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइ स्थल बन्न पुगेको छ। हवाई यात्रा र सडक यातायातको दुई माध्यम नै पोखरा आवागमनको मुख्य आधार हो। दक्षिणमा भारतको सुनवल …

जग्गा अधिकरणको ४७ वर्षपछि बन्ला त पोखरा बसपार्क?
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved