Home » साहित्य/कला/संस्कृति » Page 17
Category:

साहित्य/कला/संस्कृति

आज हरिबोधिनी एकादशी मनाइँदैछ। यसलाई ठूलो एकादशी पनि भनिन्छ। आज तुलसीको विशेष पूजा गरिन्छ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइन्छ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ।

हरिबोधनी एकादशीको अवसरमा पशुपतिमा आज पूजाआजा गरिन्छ।  तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ। कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास

0 comment
0 FacebookTwitterEmail
Madal

मादल, खैजडी, दमाहा र ढोलक पनि बनाउन सीपालु चित्रबहादुर वादीले आठ  छोराछोरीलाई मादल बिक्री गरेर प्राप्त अन्न र पैसाले लालनपालन गर्दैआएको जानकारी दिनुभयो। “अरु पेसा केही थिएन बालिघरे प्रथामा मादल बनाउने गर्थेँ, मादल बनाएर आएको अन्न(धान),पैसाले बाह्रैमहिना खान पुग्थ्यो,” चित्रबहादुर वादीले भन्नुभयो, ”अझै पनि बालिघरे प्रथा छ। मादलमर्मत गरेबापत वर्षमा पाँच/छ पाथी धान दिने सर्तमा काम गर्दै आएको छु। पछिल्लो पुस्ताले मादलको महत्व नबुझ्दा बिक्री हुन पनि हुन छोडेको छ।”

दाङको घोराही उपमहानगरपालिका–१७ पचुर्खाका मादल व्यवसायी चित्रबहादुर वादी ६९ वर्षको हुनुभयो। रोल्पा कोटमा जन्मनुभएका आफ्ना बुबाले मादल बनाएको देखेर आफूले पनि सिकेको उहाँले बताउनुभयो।

मादल, खैजडी, दमाहा र ढोलक पनि …

Madal
0 comment
0 FacebookTwitterEmail

मधेसको मुख्य पर्वको रूपमा रहेको छठ पर्वको रौनकता सबैतिर छाएको छ। तराईका सबै जिल्ला लगायत राजधानीमा समेत यो पर्व हर्षोल्लासका साथ छठ पर्व मनाइँदै छ। घर परिवार एवम् सन्तानको सुख समृद्धिको कामनाका लागी  अत्यन्त श्रद्धापूर्वक मनाइने यस पर्वले सामाजिक सद्‌भाव र समानताको सन्देशलाई समेत बहन गरेको छ।
घरका महिला देखि पुरुष,सानो देखि ठुला सबैलाई छठ पर्वले व्यस्तता बढाएको छ। सबै ताल तलाउ तथा ,नदी, पोखरीका घाटहरू दुलही जस्तै सिँगारिएका छन्। त्यस्तै वीरगन्जको घडीअर्वा पोखरी लगायत अन्य ठाउँमा पनि छठको रमझम उत्तिकै छ। दुलहीझैँ सिँगारिएका तला तलाउहरूमा हजारौँ भक्तजन भेला भएका छन्। अत्यन्त निष्ठा र कठोरता तपस्या पूर्वक मनाइने छठ पर्वको …

छठः न पुजारी न शास्त्रीय विधि विधान, मधेसको लोक पर्व
0 comment
0 FacebookTwitterEmail
आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिंदै छठ उत्सव मनाइदैछ । चारदिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको तेस्रो दिन आज साँझ तराई मधेशको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ्ग, सर्लाही, रौतहट, बारा, पर्सा र भारतको दरभंगा, मधुबनी, सीतामढी लगायत मिथिलाञ्चलभरिको जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पन गर्दै धुमधामका साथ छठ पर्व मनाइदै छ ।

तराई मधेसको महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिवासलगायत अन्य शहरी एवं ग्रामीण क्षेत्रमा रहेको विभिन्न पोखरी, तलाऊ तथा जिल्लाको प्रसिद्ध नदीहरु बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरको किनारमा धार्मिक विधिपूर्वक छठ पर्व मनाइँदै छ । सत्य अहिंसाप्रति मानवको रुची बढाउने र सबै जीवप्रति

0 comment
0 FacebookTwitterEmail

“मामु होइसिन्न के…!” ऊ मेरो नजिक सरी, ” काम गर्ने मान्छे पनि घरमा छैन यति बेला…”  केही दिनदेखि उसको हाउ भाउ र शारीरिक सङ्केतमा आएको यो उखरमाउलो बदलावको कुनै विशेष कारण थियो भने उही जानोस् तर मेरो मनमा मर्नै लागेको महिनाको तलबको हिसाबकिताब भन्दा अरू केही कतै थिएन।

यही पैसा थियो, जसको आधारमा काठमाडौँ सहरले मलाई बास दिई रहेको थियो।

जानिनजानी मलाई ठाउँ  कुठाउँ छुने। मौका बेमौका मसँगै टाँसिन आउने। एकोहोरो मलाई हेरिरहने र शरीर ढाक्ने भन्दा देखाउने उसका यी क्रियाकलापहरूले मलाई जुरुकजुरुक जुरुकजुरुक नबनाएको त कहाँ हो र ? तर एक छिनको उन्मादमा उम्लिएर म  उम्लिएर पोखिएको दूध झैँ …

कथाः बाको चस्मा (म)
0 comment
0 FacebookTwitterEmail

कालको बारेमा काल महिमा भन्ने कवितामा कवि शिरोमणि लेखनाथ पौडेलले भन्नु भएको छ —आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो। थुप्रोमा उधिनी मिठो र नमिठो छानेर खाँदैन त्यो। अर्थात् मृत्यु हुने बेला टारेर टर्दैन। समयभन्दा पहिले पनि आउँदैन र आएपछि नलगी पनि सक्दैन। मृत्यु अपरिहार्य छ, यो मृत्यु लोकमा एक पटक आएपछि जानु नै पर्छ। त्यति मात्र होइन, स्वयं कालको पनि काललाई टार्न सक्दैन भन्ने छ। ब्रह्माजीको पनि समय तोकिएको छ। ब्रह्माण्डमा देखिएका तारा, सूर्य, चन्द्रमा, पृथ्वी तथा सबै ग्रह, देवी देवता सबैको एउटा समय तोकिएको हुन्छ भन्ने शास्त्रमा वर्णित छ। अर्थात् संसारमा नित्य केही छैन, अनित्य छ। …

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको पहाडी जिल्लामा मात्रै सीमित सराय नाच पछिल्लो समय रुपन्देहीको मुख्य बजारको रूपमा रहेको बुटवलमा पनि स्थापित बन्दै गएको छ ।

दुर्गा पक्षको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा नवदुर्गा मन्दिर व्यवस्थापन समितिले सराय नाचको आयोजना गर्ने गरेको छ । लोपोन्मुख अवस्था र पहाड केन्द्रित मात्रै रहेको नाच विगत १२ वर्षयता बुटवलमा देखाउन थालेपछि युवापुस्तामा यसप्रति आकर्षण बढ्दै गएको हो ।

लुम्बिनी प्रदेशका गुल्मी, अर्घाखाँची र पाल्पा, त्यस्तैसरि बागलुङ र स्याङ्जामा यो नाच निकै प्रख्यात छ । पहाडी जिल्लामा जन्मिएका र हुर्किएकाहरूले परम्परा जोगाउने उद्देश्यले नाच मार्फत  बुटवलमा झरेर पनि संस्कृति जोगाएका हुन् । दुर्गादेवीका हतियार स्वरूप भाला, खुकुरी,तरबार नचाएर दिनभर

0 comment
0 FacebookTwitterEmail

वैदिक कालमा वरूण प्रधान असुर देवता थिए। ऋग्वेदमा असुर शब्द प्रचेतस वरूणका लागि प्रयोग भएको छ। प्रचेतस शब्दले चतुर, बुद्धिमान, प्रसन्न, प्रफुल्लित र वरूण देवतालाई
जनाउँछ ।

हिजोआज असुर शब्दको सबैलाई थाहा भएको सामान्य अर्थ दैत्य, दानव वा राक्षस हो। हुन्दु धर्मका धार्मिक ग्रन्थहरूमा देवता र असुरहरू एकअर्काका वैरी हुन् भन्ने प्रसङ्ग जोडिएको पाइन्छ। आजकल त सुरहरू आर्य र असुरहरू अनार्य वा राईलिम्बु वा मङ्गोलियन परिवारका जाति हुन् भन्नेसम्मको भ्रम छ। हिन्दु धर्ममा जन्मका आधारमा वर्ण व्यवस्था हुने परम्परा स्थापित गराउन वेदको गलत व्याख्या गर्ने परम्परा नै बसेको छ।

वर्ण व्यवस्था र जाति व्यवस्था फरक कुरा हुन्। …

0 comment
0 FacebookTwitterEmail

आमाबिना यस सृष्टिको कुनै अर्थ हुँदैन भन्ने विश्वास बलियो बन्दै गएपछि हाम्रा पुर्खा मातृप्रधान बने। नारीमा रहेको प्रजनक शक्तिले देवत्वकरण प्राप्त गर्‍यो।

भौगोलिक आकारले सानै भए पनि नेपाल विविधताले भरिपूर्ण देश हो। यहाँ सामाजिक, भाषिक, सांस्कृतिक, धार्मिक, जैविक, वानस्पतिक लगायत मूल्य, मान्यता र जीवनयापनमा समेत विविधता पाइन्छ। विभिन्न जात जाति, भाषा भाषी र धर्मावलम्बीहरुका विचार र भावनाका शृङ्खलामा उनिएको नेपाली समाज धार्मिक, सांस्कृतिक समिश्रणको नमुना हो। धार्मिक हिसाबले हेर्दा यस सम्मिश्रणमा शाक्त सम्प्रदायको व्यापकता धेरै ठूलो छ। किनभने नेपालका सबै जाति, जनजाति कुनै न कुनै रूपमा शाक्त मतका अनुयायी भएको, रहेको प्रमाणित हुन्छ।

सरकारी अभिलेख अनुसार नेपालमा १ सय २५ …

शक्ति भन्नु नै हो स्त्री (देवी) अवतार
0 comment
0 FacebookTwitterEmail

खासमा हिन्दुस्तानी धर्मको कुनै एक पुस्तक छैन। एउटै देवताको सम्बन्धमा विभिन्न ग्रन्थहरूमा विभिन्न प्रकारका पाठहरूको उपस्थिति स्वीकार्य छ र आम पूजा विधि पनि यी ग्रन्थहरूमा फरक फरक रहेको देखिन्छ।

 लैंगिक न्याय र स्वतन्त्रतामा आफ्नो विश्वासको प्रतीक कालीको छविलाई एक भारतीय महिला निर्देशकले आफ्नो कुरा भन्नका लागि छनौट गरिन। त्यसको विरोधमा इन्टरनेटमा आगो ओकलिरहेका यी ‘आस्थावान’ हरू महिलाहरू स्वतन्त्रताको यो उन्मुक्त चित्रणबाट डराएका हुन त? वा कालीको स्वतन्त्रताको पक्षमा नारीले गरेको कुराले उनीहरूलाई अप्ठ्यारो परिरहेको छ?

“त्यसपछि अम्बिकाले ती शत्रुहरूप्रति ठूलो क्रोध प्रकट गरिन्। त्यतिबेला रिसले उनको अनुहार कालो भयो। निधारमा आँखीभौंहरू माथि उठेका थिए, र त्यहाँबाट तुरुन्तै तरबार र पासो …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved