बौद्ध धर्मालम्वीको विशेष मानिने बौद्ध स्तुप अर्थात् स्वयम्भू काठमाडौँ उपत्यकाको पश्चिमी भेगमा पर्छ। यसलाई अर्को भाषमा महाचैत्य पनि भनिन्छ। उहिले उपत्यकामा पानी भरिएको बेलामा यहाँ विपस्वी बुद्ध आई तीनपटक वरिपरीको पहाड घुमेर नागार्जुनको टुप्पोमा बसी तपस्या गरेका थिए। त्यसपछि वैशाख पूर्णिमाका दिन दक्षिण फर्केर कमलको बिउ मन्त्र गरी दहमा रोपेका थिए। अर्को सालको वैशाख पूर्णिमाकै दिन कमल उम्रेको र त्यसमा पञ्चरश्मिसहित स्वयम्भु महाचैत्यको उत्पति भएको मानिन्छ। नेवारीबाट स्येँको अर्थ स्वयं, गुँको अर्थ वनबाट स्येँगु र पछि यसै शब्दलाई स्वयम्भू भनिएको पाइन्छ।
पुराणअनुसार, पहिले उपत्यका ठूलो ताल थियो, जसबाट कमल फूलको उत्पत्ति भएको थियो। त्यसपछि यसको नाम स्वयम्भू रहन गएको पाइन्छ। …
