बुद्ध जन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई क्षति नपुर्याउने गरी भौतिक पूर्वाधारका विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्। बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवर्द्धनका विषयमा युनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको आज सम्पन्न तीनदिने कार्यशालाका सहभागीले बृहत्तर लुम्बिनीको विकाससँगै प्राचीन सम्पदाको संरक्षण पनि महत्वपूर्ण हुने बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्विक विभाग र युनेस्कोको आयोजनामा आइतबारदेखि कार्यशाला भएको हो।
कार्यशाला समापन कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अन्तर्राष्ट्रिय विज्ञ समितिले दिएका सुझाव ग्रहण गर्दै बुद्धजन्मस्थल विश्वभरका एक अर्ब बढी मानिसको आस्थाको केन्द्रसमेत भएकाले त्यसलाई …