द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—२६
महाराज शन्तनुको द्विविधा यस्तो थियो कि भर्खरै फिर्ता भएको छोरो युवराज देवब्रतको विवाह गर्ने बेलामा आफू कसरी दाशराजकी छोरी चाहन्छु भन्नु? तर सदैव आफ्नी पहिलेकी रानीको चाहना गरे पनि ती श्रापित तर मुक्त भएकी गङ्गा फर्केर दरबारमा आउनेवाली थिइनन्। उनी आफ्नो सांसारिक सन्तान देवब्रतको भने चिन्ता लिन्थिन् ……..
आखिर आमाको मन न हो। अरु अप्सराभन्दा गङ्गाको अवस्था फरक देखिन्छ किनभने जबजब देवब्रत अर्थात् भीष्म पितामहलाई कठोर निर्णय लिनु पर्ने हुन्थ्यो या द्विविधाजनक अवस्था आउँथ्यो, उनले तत्कालै आमा गङ्गालाई सम्झन्थे र उनी उनको जेहेनमा तत्काल आउँथिन्। त्यसो त उनको सर्त नै थियो, आठौँ सन्तानलाई राजकीय कार्यको …
