“पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माण पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ। तसर्थ सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ।”
यी शब्द प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का हुन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै उहाँले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिनुभयो।
तर के प्रचण्डको चाहना बमोजिम पुँजीगत खर्च बढाउन सकिने स्थिति छ त? पक्कै छैन। प्रचण्डकै भनाइमा पनि केही आयोजनामा राम्रो …
