नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई इशा अवार्ड फर सर्भिस टु ह्यूम्यानिटी प्रदान गरिने

गड अफ साइटको सम्मान

तारा वाग्ले

बहराइन अधिराज्यले स्थापना गरेको  मानवीय सेवा क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई  प्रदान गर्ने अन्तर्राष्ट्रिय पुरस्कार इशा अवार्ड फर सर्भिस टु ह्यूम्यानिटीको पाँचौं संस्करणको लागि नेपालका प्रख्यात नेत्ररोग विशेषज्ञ तथा मानव सेवाकर्मी प्रा. डा. सन्दुक रुइत छानिनुभएको छ ।

माघ ३ गते बहराइनस्थित ईसा सांस्कृतिक केन्द्रमा आयोजित समारोहमा  बहराइनका राजाका विशेष प्रतिनिधि तथा इशा अवार्ड बोर्डका अध्यक्ष शेख मोहम्मद विन मुवारक अल खालिफाले  अवार्डको पाँचौं संस्करणको लागि डा रुइत छानिनुभएको अन्तर्राष्ट्रिय घोषणा गर्नुभएको हो ।

उक्त अन्तर्राष्ट्रिय पुरस्कार बहराइनी अधिराज्यको सार्वभौमसत्ता तथा स्वतन्त्रताका संवाहक एवं मानवीय सेवाका प्रणेता स्वर्गीय राजा आमिर इशा विन सलमान अल खालिफाको  नाममा सन् २००९ मा स्थापना गरिएको हो । हरेक दुई वर्षमा प्रदान गरिने  सो पुरस्कारको राशी १ मिलियन अमेरिकी डलर, गोल्ड मेडल र प्रशंसापत्र रहेको छ ।

नेपालका नेत्ररोग विशेषज्ञ प्रा. डा. सन्दुक रुइतले मानवीय सेवाको क्षेत्रमा आँखा उपचारलाई सुरक्षित, सुलभ र प्रभावकारी बनाउन पुर्याउनुभएको  विशिष्ट योगदानको निम्ति डा. रुइतलाई छनोट गरेको खालिफाल जानकारी गराउनुभयो । बहराइन अधिराज्यका राजा हमाद विन इशा अल खालिफाले  सो पुरस्कार आगामी फेब्रअरी २१, २०२३ मा प्रदान गर्नुहुनेछ ।

उक्त पुरस्कार हालसम्म  मलेसिया, भारत, इजिप्ट तथा पाकिस्तानका नागरिकले पाएका छन् । पहिलोपटक २०११ २०१३ का लागि डिजास्टर प्रिभेन्सनकोमा योगदान दिने मलेसियाका नागरिकलाई प्रदान गरिएको थियो ।

यस्तो छ डा. रुइतको जीवनी

विश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सा पध्दति  रुईतेक्टोमी का सुरुवातकर्ता डा. रुइतले  आफ्नै हातले एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गर्नुभएको छ । ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई विश्वभर ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

डा. सन्दुक रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार प्राप्त गर्नुभएको छ । साथै, सन् २०१८ मा भारत सरकारद्वारा प्रदान गर्ने पद्मश्री पुरस्कार तथा सन् २०१९ मा नेपाल सरकारले प्रदान गर्ने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । यसैगरी उहाँले  अर्डर अफ अस्ट्रेलिया, नेसनल अर्डर अफ मेरिट अफ भुटान आदि सम्मान समेत पाउनुभएको छ ।

दृष्टिविहीनलाई संसार देखाउनु आफ्नो कर्तव्य भएको बताउने डा रुइतलाई विरामीले आँखाको ज्योति पाउँदा  सबैभन्दा बढी खुशी हुनुहुन्छ । तिलगंगा अस्पतालका निर्देशक  डा रुइत आफूलाई मन परेको लक्ष्य प्राप्त गर्ने काममा विवाद झेल्न तथा जोखिम मोल्न समेत उहाँ पछि पर्नुहुन्न ।

डा. सन्दुक रुइतले सन् २००६ मा रमन म्याग्सेसे पुरस्कार प्राप्त गर्नुभएको छ । बिश्वविख्यात सरल र कम लागतको मोतिबिन्दुको चिकित्सापध्दति  रुईतेक्टोमी का सुरुवातकर्ता डा. रुइतले   एक लाखभन्दा बढीको मोतियाबिन्दु शल्यक्रिया गर्नुभएको छ। पूर्वी पहाडी जिल्ला ताप्लेजुङको चिनियाँ सीमावर्ती गाउँ ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई विश्वभर ‘दृश्यका देवता’ (गड अफ साइट) भनेर चिनिन्छ ।

डा. रुइतको जीवनबाट धेरै शिक्षा लिन त सकिन्छ नै साथै उहाँले लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने गरेको अनवरत यात्राबाट जो केहीलाई पनि प्रेरणा मिल्छ । डाक्टर् बन्ने सपनामा जन्मस्थान ताप्लेजुङको ओलाङचुगोलाबाट १५ दिन हिँडेर दार्जिलिङ पढ्न पुग्नुएको थियो डा. रुइत ।  त्यहाँको मिसनरी स्कूल सेन्ट रोबर्ट्समा भर्ना भएपनि सन् १९६२मा चीन भारतबीच सीमा युद्धको कारण दार्जलिङका स्कूल बन्द भएपछि पुनः काठमाडौ आइ सिद्धार्थ वनस्थली स्कूलमा  भर्ना हुनुभयो। सन् १९७०मा सिद्धार्थ वनस्थली स्कूलबाट पहिलो श्रेणीमा एसएलसी पास हुनुभएका डा. रुइत त्रिचन्द्र क्याम्पसमा  आइएससी पढेपछि छात्रवृत्ति कोटामा एमबिबिएस पढ्न भारतको लखनऊस्थित किङ जर्ज मेडिकल कलेज पुग्नुभयो ।

एमबिबिएस पास गरेपछि नेपाल आए र वीर अस्पतालमा जनरल फिजिसियनका रूपमा तीन वर्ष बिताउनुभएका डा. रुइत फेरि भारत गएर अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा एमडी पढ्न थाल्नुभयो ।  तीन वर्ष एम्समा पढेपछि १९८४मा नेपाल फर्किनु भएका रुइतको त्रिपुरेश्वर आँखा अस्पतालबाट जागीरे जीवन शुरु भयो । त्रिपुरेश्वर आँखा अस्पतालमा आठ वर्ष काम गरेपछि १९८७मा एकवर्षे अध्ययन गर्न अस्ट्रेलिया जानुभयो ।  पढाइ पूरा गरेर स्वदेश फर्केपछि उहाँले  १९९४ जुनमा तिलगंगा आँखा केन्द्र स्थापना गरी नेत्ररोगको उपचारमा सकृय रहनुभयो ।

डा. रुइतले सन् २०१८ मा भारत सरकारद्वारा प्रदान गरिने पद्मश्री पुरस्कार तथा सन् २०१९ मा नेपाल सरकारले प्रदान गर्ने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको छ । यसअघि प्रतिष्ठित रोमन म्यागासेसे पुरस्कार, अर्डर अफ अस्ट्रेलिया, नेसनल अर्डर अफ मेरिट अफ भुटान आदि सम्मान पाएका डा. रूइत अहिले पनि दैनिक १२ घण्टाभन्दा बढी आफ्नो काममा दत्तचित्त भएर लागिरहनुहुन्छ ।  तीन दशकयता नेपालमा १ लाख २० हजार शल्यक्रिया र संसारभरिका दुर्गम भेगमा यस्ता सयौं शिविर चलाइसकेका डा. सन्दुकलाई जहाँ जहाँ आवश्यकता हुन्छ, त्यहाँ त्यहाँ शिविर लिएर हिँड्न निकै रमाइलो लाग्छ ।

 

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तारा वाग्ले का अन्य पोस्टहरु:
नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई इशा अवार्ड फर सर्भिस टु ह्यूम्यानिटी प्रदान गरिने
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link