Home » स्वास्थ्य » Page 19
Category:

स्वास्थ्य

रगत अभावले बिरामीको मृत्यु हुने वा उपचारमा समस्या नहोस् भनेर  बारा र पर्साका केही पालिकाहरूले आफ्ना पालिकाका बिरामीहरूका लागि आवश्यक रगत सञ्चार केन्द्र (ब्लड बैँक) वीरगञ्जबाट निःशुल्क रूपमा उपलब्ध गराउन थालेका छन्। ती पालिकाले बिरामीलाई रगत शुल्कको भार खेप्न नपरोस् भन्ने चाहना पालिकाहरूको छ।

अहिले वीरगञ्जको रक्त सञ्चार केन्द्र ( ब्लड बैँक)बाट दैनिक ४० देखी ७० पोका रगत खपत हुने गरेको केन्द्रका सौरभराज पाण्डेले जानकारी दिनु भयो।पालिकाका बिरामीलाई आवश्यक पर्दा ब्लड बैँकबाट निशुल्क रगत उपलब्ध गराउने गरि नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग बारा र पर्साका आठ वटा पालिकाले सम्झौता गरेको छन्।

पर्सामा रगत निःशुल्क दिने पहिलो सम्झौता  बहुदरमाई नगरपालिकाले

0 comment
0 FacebookTwitterEmail

सन् २०२६ सम्ममा एचआईभी संक्रमित ९५% मानिसहरूको निदान गर्ने, निदान भएकामध्ये ९५% लाई एन्टिरेट्रोभाइरल थेरापी सुरु गर्ने, त्यसलाई कायम राख्ने र यो थेरापी लिनेमध्ये ९५% मा भाइरस मात्रालाई न्युन राख्ने लक्ष्य नेपालले लिएको छ। के त्यो सम्भव छ त? ७५% दातामा भर पर्ने कार्यक्रमबाट दाताले हात झिकेको दिन यी सब गफ मात्र हुने निश्चित छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार सन् २०२१ मा मात्रै नेपालमा एक करोड ७५ लाख अमेरिकी डलर अर्थात् २ अर्ब २९ करोड ३७ लाख ६९ हजार ७५० नेपाली रुपैयाँ राष्ट्रिय एचआईभी कार्यक्रमका लागि खर्च भएको छ। जसमा २४ प्रतिशत नेपाल सरकारले लगानी गरेको …

0 comment
0 FacebookTwitterEmail

आजभोलि उमेर बढ्दै गएका मानिसलाई श्वासप्रश्वाससम्बन्धी रोगहरूको किन धेरै च्याप्न थालेको छ?  किन बुढेसकालमा मानिस श्वासप्रश्वास बढी संवेदनशील हुन्छ? 

किनकी उमेर बढेपछि उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। सामान्यतया, धेरैजसोले वृद्धवृद्धाहरूमा घट्दै गएको प्रतिरक्षा प्रणाली (इम्युन सिष्टम) का लागि बढ्दो उमेरलाई जिम्मेवार मान्छन्। तर एक नयाँ अध्ययनले यो सबैको पछाडिको कारक तत्त्व वायु प्रदूषण भएको देखाएको छ। दशकौँसम्म वायु प्रदूषणमा मानिसको रोग प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँदै लाने खुलासा उक्त अध्ययनले गरेको छ।

कोलम्बिया विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको त्यो अध्ययनले मानिसलाई उमेर बढ्दै जाँदा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिमका लागि दशकौँदेखिको वायु प्रदूषणका बस्नुलाई मानेको छ। नेचर मेडिसिन जर्नलमा प्रकाशित भएको अध्ययनको निष्कर्षका अनुसार

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी क्षेत्रको पुरानो र ठुलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा ए ग्रेडको आइसीयु सहितको एम्बुलेन्सको शुभारम्भ गरिएको छ। लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयबाट विनियोजित १ करोड बजेटबाट ए ग्रेडको आइसीयु सहितको सुविधा सम्पन्न एम्बुलेन्स किनिएको हो।

प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले ए ग्रेडको एम्बुलेन्स बिरामीलाई एक ठाउँदेखि अर्को ठाउँसम्म उपचारको लागि ट्रान्सफरमेसन मात्रै नभएर उपचार समेत प्राप्त हुने बताउनु भयो।

ए ग्रेडको आइसीयु सहित एक जना मेडिकल अधिकृत र एकजना  स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्स भित्रै बिरामीले स्वास्थ्य सेवा पाउने भएकाले सरकारी अस्पतालमा न्यूनतम रकममा बिरामीलाई सेवा दिनुपर्ने डा. विकास देवकोटाले बताउनु भएको छ।

कोभिडको समयमा बिरामीलाई काठमाडौं लैजानका लागि एम्बुलेन्सको …

0 comment
0 FacebookTwitterEmail

मानसिक रोग प्रतिको सचेतना बढ्दै जाँदा समाजमा रहेका मानसिक समस्याहरूको पहिचान सहज हुन्छ र सेवा उपलब्ध हुन्छ। नेपालजस्तो देशमा त यो सजिलो छँदैछैन।

विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई ‘मानसिक, शारीरिक, सामाजिक तथा आध्यात्मिक अवस्थाको सन्तुलन’ भनेर बुझ्न आग्रह गरेको छ। जब कुनै व्यक्तिमा यी उपरोक्त स्वास्थ्यहरू मध्ये एउटामा समस्या देखा पर्छ, अन्य तीनबाट स्वास्थ्यका सूचकहरू स्वत: प्रभावित हुन थाल्छन्।

वैदिक शास्त्रहरूले विश्व स्वस्थ्य संगठनले ‘होलेस्टिक हेल्थ’ भनेको यो आधुनिक मानसिक स्वास्थ्यको परिभाषालाई ‘तापत्रय’ आधिभौतिक, आधिदैविक र आध्यात्मिक स्वास्थ्य भनेर बुझाएको थियो।

भौतिकभित्र शरीरिक स्वास्थ्य समस्याहरू, आधिदैविकभित्र सामाजिक, सांस्कृतिक, मानवीय भावनात्मक समस्याहरू र आध्यात्मिक भित्र अहम् अर्थात् स्वअस्तित्व आत्मगत समस्याहरूको समग्रता …

0 comment
0 FacebookTwitterEmail

लण्डन बस्ने डायने इभान्स (परिवर्तित नाम) हरेक दिन ८५ वर्षीय आमालाई फोन गर्छिन्। उनकी आमा वेल्समा बस्छिन्। उनी आमालाई हरेक दिन सोध्छिन्, ‘आफ्नो हात नियमित रुपले धुन र अन्य व्यक्तिहरूसँग शारीरिक दूरी (सोसल डिस्ट्यान्स) कायम गर्न सम्झिरहनुभएको छ ?’ यो प्रश्नले उनकी आमा सधैं अलमलिन्छन्।

कोरोनो भाइरस महामारीका वेलामा हरेक दिन जीवनका सत्यहरू उत्साहहीन भएर झिँझोलाग्दो गरी त्यसैगरी बारम्बार सम्झाइ राखिएको हुन्छ। सुश्री इभान्स आमालाई कोभिड १९ भाइरस संक्रमण होलाकी भनेर हरेक दिन चिन्ता गर्छिन्।

उनकी आमाको अवस्था पहिलेदेखि नै खराब हुँदै गएकोमा मात्र होइन, उनले सामाजिक सम्पर्क र उनको जीवनलाई सहज बनाउन सहयोग गर्ने दिनचर्‍याहरू पनि बिर्संदै गएको हुनाले …

डिमेन्सिया बिरामीको दुस्वप्न
0 comment
0 FacebookTwitterEmail

नेपालमा कुनैबेला अधिकांशले सकेसम्म पहाडतिर भात र तराईतिर रोटी खाने गरेको पाइन्थ्यो। दैनिक साँझ बिहानै खाइने भात र रोटी नेपालीहरूको मूल खाना थियो। अहिले तराईतिर रोटी खानेहरूले पनि भात नै खान थालेका छन्। भात वा रोटी नेपालीहरूले बच्चैदेखि खाँदै आएकाले जबसम्म यी दुईमध्ये कुनै एक खाँदैनन् तब सम्म तृप्त भएको ठान्दैनन्। अरु जे जे खाए पनि तृप्तिका लागि भात वा रोटी नै खाने गर्दछन्। 
अधिकांश नेपालीले मुख्य खानाका रूपमा भातलाई नै लिने गरेको पाइन्छ। पेटभरि भात नखाइ राम्रोसँग निन्द्रा नै लाग्दैन भन्नेहरू पनि थुप्रै छन्। घरबाहिर कतै घुमफिर गर्न जाँदा पनि मुख्य खानामा भात खाएरै रमाउँछन्। भात विना एक–दुई दिन

भात स्वस्थकर कि रोटी ?
0 comment
0 FacebookTwitterEmail

मत्स्य तथा पशुपक्षी विकास निर्देशनालयका डा परवेज आलमले “कुखुरा र दूधको परिक्षण ३ जिल्लामा गरिएको र त्यो रिपोर्ट भन्न नसकिने गरि एन्टिबायोटिक प्रयोग भएको पाइएको” बताउनुभएको छ। रूपन्देही कपिलवस्तु र बाँकेमा बोइलर कुखुरा र दूधमा एन्टिबायोटिकको प्रयोगका बारेमा परीक्षण गरिएको डा परवेजले बताउनुभयो।

लुम्बिनी प्रदेश, देउखुरी दाङको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले गाउँपालिकाले बिना परिक्षण एन्टिबायोटिक चलाउनको लागी विभिन्न कार्यक्रम गरेको बताउनुभयो। तर समस्या भने जटिल छ। राउत भन्नुहुन्छ, ” एउटै ठाउँमा औषधी बेच्छ, त्यही साइकल पनि बेच्छ अनि पेयपदार्थ लगायतका सामाग्री बेच्छ। यसबाट मानिसको स्वास्थ्यमा खेलवाड भएको छ। जनचेतना नभइ यो रोकिनेवाला छैन। त्यसैले जनचेतना जगाउन प्रदेश …

जथाभावी प्रयोगले घातक बन्दैछ एन्टिबायोटिक
0 comment
0 FacebookTwitterEmail

एक जमाना थियो जुनबेला मान्छेले सबथोक काँचै (प्राकृतिक वा अप्रशोधित) खाने गर्थे। आगोको आविष्कार भएपछि खाद्य पदार्थलाई आधा पकाएर, पकाएर वा उमालेर खान थालियो। पकाइएको खानालाई स्टोर गर्ने चलन थिएन। एकपटक पकाइएको खाना बारम्बार खाने चलन पनि थिएन। खानालाई प्याक गरी राखेर खाने चलन त छँदै थिएन। काँचो खाद्य पदार्थलाई प्राकृतिक विधिद्वारा प्रशोधन गरी मसला, मस्यौरा, सुकुटी आदि बनाउने चलन मात्र थियो।

अहिलेका मान्छेहरू अधिकांश खाद्य पदार्थ पकाएर खाने गर्छन्। व्यस्त जीवनशैलीका कारण एकपटक पकाइएको खाना फ्रिजमा स्टोर गरेर बारम्बार खाने गर्दछन्। पकाइएको केही परिकार प्याक गरेर राखिन्छ। यसरी एकपटक बनेको खानालाई पटकपटक खाने चलन अहिले चलेको छ। भात, रोटी, …

0 comment
0 FacebookTwitterEmail

भारत मुम्बईको जसलोक अस्पताल एवम् अनुसन्धान केन्द्रका अनुसन्धानकर्ताले भाग लिएको आईआईटीको यो अनुसन्धानमा कहिल्यै संक्रमित नभएका पुरुषको तुलनामा कोभिड-१९ बाट प्रभावित पुरुषमा शुक्राणुको संख्या धेरै नै कमी आएको तथा उनीहरूमा सामान्य आकारका शुक्राणु समेत कम पाइएको छ।

जुनसुकै खालको कोरोनाभाइरस संक्रमण भए पनि त्यसले पुरुषको प्रजनन क्षमतालाई प्रभावित गर्न सक्ने रहेछ। इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मुम्बईका अनुसार सामान्य खालका वा मध्यम स्तरको कोरोनाभाइरस संक्रमणले पुरुषको प्रजनन प्रणालीसम्बधी प्रोटीनको स्तर नै फेरिदिन सक्छ र त्यसबाट उसको प्रजनन क्षमता नै प्रभावित हुन सक्छ।

‘एसीएस ओमेगा‘ नामक पत्रिकामा गत सप्ताह प्रकाशित अनुसन्धानमा कोभिड-१९ भएर सन्चो भएका पुरुषको वीर्यमा प्रोटीनको स्तरको विश्लेषण गरिएको …

कोभिड-१९ ले पुरुषको प्रजनन क्षमतामा असरः अनुसन्धान
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved