सरकारले आइतबार पनि सार्वजानिक बिदा दिन गरेको निर्णय एक महिना नपुग्दै उल्ट्याएको छ । सरकारले सोमबार असार १ गतेदेखि आइतबार सार्वजानिक बिदा खारेज गर्ने निर्णय गरेको छ । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न जेठ १ देखि शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सो निर्णयमा पुनर्विचार गर्दै असार १ देखि आइतबार साप्ताहिक बिदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभएको छ। यस निर्णयसँगै अव असार १ देखि शनिबार मात्र सार्वजनिक बिदा हुने छ ।
सातामा दुई दिन बिदा दिन सरकारले गरेको निर्णयको चौतर्फी आलोचना भएको थियो । आइतबार बिदा हुँदा सेवा प्रवाहमा समस्या देखिएको भन्दै विभिन्न क्षेत्रले बिदाको आलोचना गर्दै अवज्ञा समेत गरेका थिए । अधिकांश निजी विद्यालयले आइतबार बिदा दिएका थिएनन् भने धेरै स्थानीय तहले आइतबार बिदा दिने निर्णयको अवज्ञा गरेका थिए ।
त्यस्तै सोमबार मात्रै सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन समेत दर्ता भएका थिए। अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहनी र त्रिलोकबहादुर चन्दले बिदा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
तारा वाग्ले का अन्य पोस्टहरु:
- प्रवासी नेपाली श्रमिकको पीडा कसरी कम गर्छ श्रमाधान सेवाले?
- सूचना प्रविधि क्षेत्रमा लगानी सम्मेलनको परियोजना र प्राथमिकता
- आमिरको नेपाल भ्रमणः किन भएन श्रम सम्झौता नविकरण?
- भटाभट खारेज हुँदैछन् वैदेशिक रोजगार क्षेत्रका विवादास्पद प्रावधान, के के भए नयाँ व्यवस्था ?
- सामाजिक सुरक्षा योजना: वैदेशिक रोजगारीमा जाने कामदारको मात्र आकर्षण बढ्यो
- महिला दिवस: एक शताब्दीदेखि उठाइएको छ आवाज, पुग्ला त नीति निर्माताको कानसम्म ?
- सङ्घीय निजामती सेवा विधेयक संसद्मा दर्ता, के के छन् व्यवस्था ?
- अर्को विश्वको सम्भावना खोज्दै सकियो विश्व सामाजिक मञ्चको सम्मेलन, के भयो उपलब्धि ?
- सामाजिक सुरक्षा: श्रमिकहरूको घाउको मलम
- नेपालमा अझै घटेन गरिबी: ५८ लाख जनसङ्ख्या गरिबीको रेखामुनि