ईतिहास प्रायः दोहोरिदैन्। तर नेपालमा ईतिहास दोहोरिराख्छ। २०५२ साल पुनः आएको छ। त्यस वर्ष नेपालमा माओवादीको उदय भएको थियो। देशमा प्रजातान्त्रिक व्यवस्था थियो। आफूलाई लागेको कुरा भत्र पाउँ थे। निर्वाचनको व्यवस्था थियो। कसैले त्यसमा भाग लिन पाउँ थे। वाक् स्वतन्त्रता प्रचलित थियो। दलीय व्यवस्था आएको थियो। दल खोल्न पनि सबैले पाएका थिए। तर निस्कियो माओवादी। हतियार सहित। मान्छे मर्न थाले। मार्न थाले। आखिर १७,००० मानिस मारिए। किन मारिए भने माओवादीले त्यस बेलाको प्रजातान्त्रिक पद्धतिमा परिवर्तन चाहन्थे। राष्ट्रहित विपरित भएका सबै सन्धि सम्झौताहरू खारेज गर्न चाहन्थे। १० वर्ष सम्म सो गृहयुद्ध चल्यो। तर हाथ लाग्यो शुन्य।
प्रजातन्त्र भएको मुलुकमा हथियार लिएर निस्कनु जरुरी थिएन। तर माओवादीहरूले प्रशस्त जनसमर्थन पाएका थिए। कारण प्रजातन्त्रको नाउँमा भइरहेको भ्रष्टाचार। वायुसेवा निगममा लउडा काण्ड चलेको थियो। सांसदहरूले सुत्केरीले खाने औषधिको बील बनाएर सरकारी ढुकुटीबाट जथाभावी पैसा लिइरहेका थिए। यसलाई रोक्न कसैले पनि सक्दैन थिए। प्रजातान्त्रिक पद्धति भएको बेला त्यसमा संलग्न दलहरू, सांसदहरू, मन्त्रीहरूको मनोमानी चल्दै थियो। राजा थिए तर अधिकार सबै मन्त्रीमण्डलमा निहित थियो। यो त्यो बखत थियो जुन बेला मानिसहरू सोच्दै थिए कि अब यहाँ कसैले केही गर्न सक्दैन। जसरी सरकार चलेको छ त्यसलाई कसैले फेर्न सक्दैन।
यही बेला नेपालको पटाक्षमा माओवादी निस्कियो। हुन त माओवादी भनेको भारतले निकालेको, भारत मै तालिम दिएको, भारतमै यसका धेरै नेताहरूलाई शरण दिएको तथ्य पछि खुल्दै गयो। भारतीय नेताहरूले नै यी सब कुराको खुलासा गर्दै गए र नेपालमा माओवादीको प्रभाव कसरी बढदै गयो भत्रे थाहा भयो। हुन त भारतको सरकारले एकातिर माओवादीलाई आतंककारी घोषणा गरे तर अर्कोतिर उनीहरूले राम्रो संरक्षण पनि दिए। जे भए पनि माओवादीहरूको वर्चस्व नेपालमा बढदै गयो।
आजको समय पनि उही २०५२ सालको जस्तै सृजना भइरहेको छ। भन्नलाई लोकतन्त्र आएको छ। गणतन्त्र आएको छ। संघियता लागु भएको छ। समावेसिता चरितार्थ भएकोछ। मानिसहरू स्वतन्त्र भएका छन्। जे मनलाग्यो बोल्न पाएका छन्। तर भ्रष्टाचार बढेको छ। अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई एक भ्रष्टाचारी मुलुक भनेर ठानेका छन्। नेपालको लोकतान्त्रिक व्यवस्था अनुसार राजनीतिज्ञहरू भ्रष्टाचारबाट मुक्त छन्। उनीहरूकै कारणले ढुकुटीको हिनामिना भइरहेको छ। सार्वजनिक जग्गा हिनामिना भएको छ। तर यसबाट उनीहरूले छुट पाएका छन्। सरकारी सेवाका उच्च पदहरू सबै पैसामा बिक्रि भइरहेका छन्। चाहे त्यो मन्त्री पद होस्, राजदूत पद होस्, सांसद पद होस्। समावेसिताको नाममा पनि पैसाको बलमा नै किनबेच भइरहेको छ। आखिर परिवर्तनको नाउँमा नेपाली जनताले के पाए त ?
आज यस्तै कुनै माओवादी जन्म दिने समय आएको छ। हुन त भारतमा पनि नेतृत्वको परिवर्तन भएको छ र पुराना माओवादीसित सन्तोष छैनन्। त्यसैले कुनै नयाँ माओवादीलाई जन्म दिने सम्भावना कमै छ। चीनले पनि चाहेको भए माओवादी जस्तै कुनै शक्ति उत्पादन गर्न सक्थ्यो। तर उसलाई यसमा रुचि नभएको देखिन्छ। यदि एमसीसी पास भएन भने अमेरिकाले नेपालमा यस्तो शक्ति निकाल्न सक्छ। तर ननिकाल्दा सम्म उसलाई दोष दिन पनि सकिन्न। तर समय यस्को लागि उपयुक्त हुँदै गएको छ। सबै कुरा खुला हुँदा पनि नेपालमा माओवादीको पुनर्जन्म हुने समय आउने गर्दो रहे छ।
विडम्बना यो छ कि पुष्पकमल दाहाल जस्ले माओवादी लहर नेपालमा शुरु गरे उनकै विरोधमा अर्को माओवादी लहर आउने उपयुक्त वातावरण बनेको छ। पहिलो माओवादी लहरबाट चिताएका सबै परिवर्तनहरू देखा परे। गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेसिता आदि सबै आए। तर जनताको आधारभूत चाहना र खाँचो पुरा भएन। उनीहरूको जीवन यथावत नै रह्यो। नयाँ व्यवस्थाको मूल मानिसको नाताले यसमा के पुगेन र अर्को माओवादी लहर आउन लाग्यो भनेर सोंच्नु पर्ने थियो। तर त्यो गरेको पाइएन।
आखिरमा जुन मानिस प्रधानमन्त्री हुँदा माओवादी युद्ध शुरु भएको थियो उही मानिसलाई जबर्जस्ती प्रधानमन्त्री बनाएर बस्नु परेको छ। यो मिलन पनि खास बलियो देखिएको छैन। एमसीसी जस्तो सम्झौताले उनीहरूमा भएको एकता टुट्ने फुट्ने देखिएको छ। एमसीसीको कारणले उनीहरू बीचमा फाटो आउने मात्र होइन यसले नेपालको भविष्य पनि अनिश्चित र डामाडोल बनाइदिएको छ। यदि अमेरिकालाई नेपालीहरूबाट एमसीसी पास गराउनै छ भने नेपालले अमेरिकाबाट धेरै चीजहरू हासिल गर्न सक्थ्यो। खालि ५५ अरब डलरको लोभमा नेपालको भविष्यलाई नै खतरामा राख्नु पर्ने थिएन।
विश्वको कुनै देशले नेपालमा माओवादी पुनः जन्माउने रुचि नराख्ने भएकोले नेपाली जनताले नै यो संकटको परिस्थितिलाई सल्टयाउने प्रयत्न गर्नु पर्ने छ। यो कुनै दल या पार्टी खोलेर यसको समाधान निस्कजन्न। मानिसहरूलाई एकै ठाउँमा जुटाउन गाह्रो छ। सो कुरा नेपालमा राजसंस्था पुनःस्थापित हुनु पर्छ भन्ने अनेक समूहले देखाइ सकेका छन्। यसकारण जो मानिसहरू अन्याय अत्याचारमा पर्छन् उनीहरूले हिंसाको बाटो हिंड्ने छन् र हिंड्न थालिसकेका पनि छन्।
सुनसरीमा प्रहरी थानाले बलात्कारसम्बन्धी एउटा रिपोर्ट नलिएकोले त्यहाँका मानिसहरू लाठी लिएर बिरोधमा उत्रे। जनकपुरमा राष्ट्रियसभाको चुनाव हुने ठाउँमा राउत समूहका मानिसहरूले उही लाठी लिएर विथोल्न थाले। बुटवलमा एमाले सरकारका अर्थ मन्त्री औद्योगिक क्षेत्रको उद्घाटनमा जाँदा त्यहाँ बसोबास गरेका सुकुम्बासीहरूले ढुङ्गा मुढा बर्साए। एक जना वडा अध्यक्षले मनोमानी गर्यो भनेर उनको भौतिक रुपमा नै आक्रमण भयो। म्यानपावर कम्पनीका कतिपय मानिसहरूले ठगी गरे भनेर पीडितहरू मिलेर चुट्न गए। मानिसहरूले अन्याय अत्याचार सहन नसकेर यसरी हिंसाको गतिविधिमा उत्रेका हुन्।
एमसीसी सम्झौता पास गरे भने त्यस्ता सांसदहरूलाई मार्ने, पिट्ने, धम्कि खुलेआम दिने गरिएको छ। मानिसहरूले सो सम्झौताको विरोध गर्दा गर्दै पनि केही नलागे पछि यसतो हिंसात्मक गतिविधिमा लाग्न तम्सेका हुन्। यसतो वातावरण सृजना हुँदै गए पछि सत्तामा बसेका मानिसहरूलाई यताउति हिंडडुल गर्न कठिन पर्दछ। अफ्रिकाका कतिपय देशहरूमा मन्त्रीको अगाडि पछाडि सुरक्षाकर्मीहरूको टोली हिंडेको देखिन्छ। हाम्रो देशमा पनि त्यसै प्रकारको सुरक्षाकर्मीहरूको दौडधुप देखिन सक्छ।
अहिले पनि माओवादी नेताको सुरक्षाकालागि ८०, ९० जना व्यस्त छन् भनेर भनिन्छ। त्यसै प्रकारले प्रधानमन्त्री र अरु मन्त्रीहरूको सुरक्षाकोलागि पनि दर्जनौ सुरक्षाकर्मीहरू व्यस्त छन्। यसरी नेपाली समाजमा हिंसा, हत्या र असुरक्षाका अवस्था बढदै जाने डर छ। श्रोत: INS NEWS-स्वतन्त्र समाचार
आदित्यमान श्रेष्ठ
विश्लेषक आदित्यमान श्रेष्ठ वरिष्ठ पत्रकार हुनुहुन्छ।
आदित्यमान श्रेष्ठ का अन्य पोस्टहरु:
- नेपाल कहिले स्वतन्त्र हुने होला ?
- के नेपालमा हिंसाको अन्त्य हुन्छ ?
- विश्वासको खडेरी
- नयाँ जंगबहादुरले के गर्छ होला ?
- जङ्गबहादुरको नयाँ अवतारको प्रतीक्षा गरिएको हो र?
- यहाँ कसले गरेन र संविधानको उल्लंघन?
- विकास गर्ने मामिलामा छिमेकीको असर किन पर्दैन नेपालमा ?
- भारतीय खेलामा रूमलिएको राजनीति
- पीडक जोगाउन खोज्ने कस्तो संक्रमणकालीन न्याय?
- म ‘कमरेड’ प्रचण्ड भएको भए के गर्थें ?