नारायणी अस्पतालको बन्द अवस्थामा रहेको २३ बेडको आई.सी.यु. वार्ड वीरगञ्ज महानगरपालिकाको सहयोगमा संचालनमा आउने भएको छ।महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बुधबार अस्पतालको अनुगमन गर्नुहुँदै बन्द अवस्थामा रहेको आई.सी.यू.वार्ड आउँदो आइतबारबाट पूर्ण क्षमतामा संचालनमा ल्याउन आवश्यक जनशक्ति सहयोग गर्ने बताउनु भयो।
आई.सी.यु. संचालनमा ल्याउन २८ जना जनशक्ति आवश्यक पर्ने अस्पतालले जनाएको छ। यस्तै अस्पतालको प्रसुति गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक संरचना निर्माण गर्न पनि महानगरले आउँदो अर्थिक वर्षमा लगानी गर्ने महानगर प्रमुख सिंहले बताउनु भयो।
अस्पतालमा आउने बिरामीहरूलाई उपचारमा कुनै कमी नराख्न पनि उहाँले चिकित्सक, स्वास्थ्यकर्मीलाई आग्रह गर्नु भयो।अनुगमनमा पुग्नु भएका नगरप्रमुक सिंहलाई अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चित्तरन्जन साहले अस्पतालको समसामयिक विषयमा जानकारी गराउनु भएको थियो।
अस्पतालको निरीक्षणमा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको सल्लाहकारहरू प्रकाश अमात्य, महेश दास, नर्सिङ प्रमुख हेमा थापा लगायतको सहभागिता रहेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
अनिल तिवारी /वीरगञ्ज का अन्य पोस्टहरु:
- पञ्चायत, प्रजातन्त्र र गणतन्त्रमा ‘प्रहरी तन्त्र’ !
- मधेसीलाई अपहेलित गरेको भन्दै वीरगन्जमा चीनको विरोध
- इस्लाम प्रति चीनको दोहरो नीति: ‘तालिबानसँग साठगाँठ, उइगुरको नरसंहार’
- बीरगन्जको किङ्गस् क्यासिनो: पर्यटन विभागको नियम लत्त्याउँदै अवैध सञ्चालन
- पर्सामा बालिका बलत्कार, बिचौलियाको सक्रियतामा मुद्दा दबाउने प्रयास भएको आरोप
- मेयर संम्लग्न किर्ते नागरिकता प्रकरण: एक हप्ता देखि जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन
- शिविर लगाएर धार्मिक ठगी, पक्राउ पर्ने सूचना पाएपछि फरार भए काली कम्बल
- उपेन्द्र यादवको चर्को बिरोध पछि जसपा सरकारमा नजाने सङ्केत
- दलाई लामा र चिसिँदै गएको अमेरिका चिन सम्बन्ध !
- क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब
