अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु

अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्बासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका चार जनाको मृत्यु भएको हो ।

घाइतेमध्ये २ जनाको पाल्पाको मिसन अस्पतालबाट काठमाडौैं ल्याउँदै गर्दा बाटोमा र २ जनाको कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

मृत्यु हुनेमा ७२ वर्षीय पिताम्बर बेल्बासे, ५५ वर्षीय पदम बेल्बासे छन् । उनीहरूको गए राति निधन भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । ५२ वर्षीय घनश्याम बेल्बासे र ३६ वर्षीय माधव बेल्बासेको कीर्तिपुर अस्पतालमा बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यस्तै, घाइतेमध्येकी अस्मिता बेल्बासेको भने मिसन अस्पतालमा उपचार भइरहको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ जनाको मृत्यु
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link