आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी। हिन्दू परम्पराअनुसार नागको पूजाअर्चना गरी घरको मूल ढोकामा नाग (सर्प) को चित्र टाँसेर विधिवत् रुपमा मनाइँदैछ।
यो पर्व नागहरूको पूजा र सम्मानका लागि मनाइन्छ। साउन शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने यो पर्व सामान्यतया अंग्रेजीको जुलाई वा अगस्त महिनामा पर्दछ।
आजको दिन नागको पूजा गर्नाले नाग देउता खुसी हुने विश्वास रहेकाले घरको मूलद्वारमा नागको चित्र टाँसेर दही, दूबो, लाभासहित चन्दन, अक्षता, नैवेद्य, धूपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ।
पण्डित वीरेन्द्र मिश्रका अनुसार यो दिन नाग देउतालाई श्रद्धा र समर्पण प्रकट गर्न दूध, दिव्य गन्ध र फूललाई विशेष महत्व दिइन्छ। यसरी पूजा गर्ने व्यक्ति सर्पहरूको क्रोधबाट बच्ने र नागको कृपा प्राप्त हुने जनविश्वास छ।
नाग पञ्चमीका दिन नाग मन्दिरमा गएर नाग देवताको पूजा गर्ने र व्रत राख्नेहरूको इच्छा पूर्ति हुने लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का पण्डित मिश्रले बताउनुभयो। यसै दिनबाट वर्षायाम समाप्त भई हिउँद सुरुवात भएको विश्वस पनि गरिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
राम बिकास चौधरी/ लुम्बिनी का अन्य पोस्टहरु:
- लुम्बिनीको विकास र संरक्षणका लागि कोषका पदाधिकारीहरूको राजीनामा माग
- पर्यटन मन्त्री विरुद्ध लुम्बिनीमा नाराबाजी, राजीनामा माग
- सिमान्चलमा सरयु नहरको सन्त्रास !
- लुम्बिनीको मायादेवी सुत्केरी पथ: संरक्षणको पर्खाइमा ऐतिहासिक धरोहर
- सडक निर्माण भएपछि खुसी छन् कोटीमाईका स्थानीय
- बुद्धको मावली दाबी गरिएको मर्चवार क्षेत्रमा पुरातात्त्विक सम्पदाको निरीक्षण
- रुपन्देहीको मर्चवारः सामुदायिक विद्यालयको बस निजी विद्यालयलाई भाडामा
- मुसहर बालबालिका विद्यालय बाहिर: निःशुल्क शिक्षा नीतिमा चुनौती
- आफ्नै गाउँको सडक निर्माणमा काम नपाउँदा मुसहरहरूको दुखेसो
- फोहोरमा भेटिए लुम्बिनीका बहुमूल्य मूर्तिहरू