रूपन्देही तिलोत्तमा नगरपालिका स्वास्थ्य शिक्षा भौतिक क्षेत्र देखि सञ्चारको क्षेत्रमा पनि अगाडि छ । नगरपालिकाले मुख्य राजमार्गमा आजदेखि फ्रि वाइफाई सञ्चालनमा ल्याएको छ ।
तिलोत्तमा नगरपालिकाको योगीकुटीदेखि काेटिहवासम्मको १३ किलोमिटर राजमार्ग क्षेत्रमा निशुल्क वाइफाई सेवा सुचारु भएको छ ।
सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहिया छ लेन व्यापारिक मार्गको फ्रि वाइफाई सञ्चालन भएको हो ।
प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्गमार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाइफाई सञ्चालन भएको नगरपालिकाले जानकारी दिएको छ । उक्त सेवा सोमबार बिहान नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको हो ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले तिलोत्तमा नगरपालिकाको कटैया सम्मको छ लेनको सूचना राजमार्ग शुभारम्भ गरेको बताउनुभयो । तिलोत्तमा नगरपालिका प्रविधिमैत्री भएकाले यसले जनताले प्रविधिप्रतिको विश्वास बढाउनुका साथै जनतालाई प्रविधिमैत्री बनाउन पनि यो कार्यले सहयोग पुग्ने उहाँको भनाई छ ।
यस सेवाले आन्तरिक एवं बाह्य पर्यटकलाई सहज हुने अपेक्षा नगरपालिकाले लिएको छ । यसबाट आम्दानीको स्रोत समेत बढाउने र विज्ञापनबाट नगरपालिकाले आम्दानी गर्ने लक्ष्यसमेत रहेको नगरप्रमुख खाँणले बताउनुभयो । उपप्रमुख जागेश्वरीदेवी चौधरीले वाइफाईलाई सकारात्मक कार्यमा प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
नगरपालिकाका सूचना प्रविधि उपशाखा प्रमुख सुदीप ढकालका अनुसार –‘एउटा डिभाइस वाइफाईमा कनेक्ट गरेपछि अन्य कुनै पनि राउटरबाट कनेक्ट गर्नु पर्दैन । हाइवे क्षेत्रमा कुल ३८ वटा राउटर जडान गरिएको छ । एउटा राउटरबाट हाल १ सय वटा डिभाइस कनेक्ट हुने बताइएको छ । यसबाट टिकटक भने चल्ने छैन् ।’
‘सकारात्मक र सूचनाका लागि यो फ्रि वाइफाई जडान गरिएकोले यसबाट टिकटक भने चलाउन नमिल्ने ढकालले बताउनुभयो । उहाँले यो कार्यक्रम सम्पन्न गर्दा ८५ लाख खर्च लागेको बताउनुभयो । प्रदेश सरकारको सहकार्यमा २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा कुल ८५ लाख खर्च लागेको उहाँले बताउनुभयो ।
बाँकी कार्य पनि यही आर्थिक वर्षमा गरिने उहाँको भनाई छ । नेपाल टेलिकम, सुबिसु, वर्डलिंकबाट आएको आईएसपिको माध्यमबाट आएको इन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको उहाँले जानकारी दिनुभयो ।
इन्टरनेटको लागि पोल पोलमा राउटर राखिएको छ । तिलोत्तमा नगरपालिका स्वास्थ्य शिक्षा खानेपानी भौतिक लगायतका क्षेत्रमा मात्र होइन सूचना सञ्चारमा पनि अब्बल देखिएको छ । नगरप्रमुख रामकृष्ण खाँणले सबै क्षेत्रमा तिलोत्तमालाई अब्बल बनाउने तरिकाले लागेको बताउनुभयो ।
अहिलेको युग सञ्चारको युग भएकोले सूचनाको पहुँच भन्दा बाहिर रहन नसक्ने भएकाले नगर भित्रको सडकमा फ्रि वाइफाई सञ्चालन मा ल्याएको नगर प्रमुख खाँडले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
- दूधको गुणस्तर सुधार गर्न ल्याब स्थापनाको माग
- पूर्व मेयर हीराको कृषि मोह पाँच बिघा क्षेत्रफलमा कृषि कर्म
- तिलोत्तमामा ‘एक्स्ट्राटेक लिजेन्ड कप’ हुने
- दूध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको २० प्रतिशत योगदान
- ६ अर्ब १८ करोडको लगानीमा लुम्बिनी प्रादेशिक अस्पताल बन्ने
- लुम्बिनीमा सबैभन्दा बढी मातृ मृत्युदर
- ‘भ्यालेन्टाइन डे’ सप्ताहमा लुम्बिनी केबलकारमा ५० प्रतिशत छुट
- गुल्मीको धुर्कोट गाउँपालिका जिल्लाकै उत्कृष्ट
- धार्मिक तथा पर्यटकीय तीर्थस्थल ‘गौमुखी’ जहाँ भक्तजन जोडी जुराउन पुग्दछन्
- लुम्बिनीमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना