Home » Archives for आशुतोष अधिकारी
Author

आशुतोष अधिकारी

करिब एक दशक अघिसम्म पनि कुनै वान डे क्रिकेट म्याचमा पहिले ब्याटिङ गर्ने टोलीले ३०० रन आसपासको स्कोर खडा गर्‍यो भने त्यो टोलीको जीत लगभग सुनिश्चित जस्तै हुन्थ्यो। अझ ५० ओभरको खेलमा त ३५० को आँकडालाई पार गर्नु भनेको त दुर्लभ नै हुन्थ्यो। खेलको दोस्रो इनिङमा २७०–२८० भन्दा बढी रनको लक्ष्यलाई सफलतापूर्वक पार गर्नु कुनै पनि टोलीका लागि फलामको चिउरा चपाएसरह गाह्रो काम हुने गर्दथ्यो केही वर्ष अगाडिसम्म पनि। तर पछिल्ला ८–१० वर्षको अवधिमा यो खेलमा यति धेरै परिवर्तन आएको छ कि अहिले ५० ओभरको खेलमा कुनै टोलीले ४०० रनको स्कोर पार गर्दा समेत त्यसलाई सामान्य रूपमा लिन थालिएको छ।…

0 comment
0 FacebookTwitterEmail

क्रिकेटलाई अनिश्चितता भरिएको खेल पनि भन्ने गरिन्छ र यो भनाई त्यसै चलेको भने पक्कै होइन। यो खेलले कुन बेला कस्तो मोड लिन्छ र कहाँ कसरी खेलको पासा पल्टन्छ भनेर कसैले भन्न सक्दैनन्। विश्वकप क्रिकेट २०२३ अन्तर्गत आइतबार चेन्नईको एम चिन्दाम्बरम स्टेडियममा सम्पन्न भारत र अस्ट्रेलिया बीचको खेलले माथिको भनाइलाई धेरै हदसम्म पुष्टि गरिदियो। प्रतियोगिताकै प्रमुख दाबेदार मानिएका दुई टोलीहरू आमनेसामने हुँदा एउटा रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलको मजा लिन पाइने आङ्कलन धेरै खेलप्रेमीहरूले गरेका थिए। तर विश्वकप क्रिकेटका दुई हेभीवेट टोलीबिचको प्रतिस्पर्धा प्रतिस्पर्धात्मक भन्दा बढी नाटकीय रह्यो। सुरुदेखि अन्त्यसम्म खेलमा विभिन्न नाटकीय मोडहरू र उतारचढाव आए जसले खेललाई केही रोमाञ्चक पनि …

0 comment
0 FacebookTwitterEmail

श्रीलंकाविरुद्ध ७५० भन्दा धेरै रन, ३ शतक र ३ वटै अर्ध शतक बनेको खेलमा श्रीलंका विरुद्ध कीर्तिमान नै कीर्तिमानले भरिएको रोमाञ्चक खेलमा जितेर दक्षिण अफ्रिकाले विश्वकप क्रिकेट २०२३ को सुखद सुरुवात गरेको छ। श्रीलंकाविरुद्ध १०२ रनको फराकिलो जित हासिल गर्ने क्रममा दक्षिण अफ्रिकी टोलीले विश्वकपका केही अविश्वसनीय ब्याटिङ रेकर्डहरू आफ्नो नाम गराउन सफल भयो। सबैभन्दा पहिला दक्षिण अफ्रिकाले ४२८ को विशाल स्कोर खडा गर्दै विश्वकप इतिहासकै उच्च योगफलको कीर्तिमान आफ्नो नाम बनायो। यसअघि २०१५ विश्वकपमा अफगानिस्तानविरुद्ध ४१७ रन बनाएको अस्ट्रेलियाको नाममा यो कीर्तिमान कायम थियो।

विश्वकप इतिहासकै उच्च योगफल तयार गर्ने क्रममा दक्षिण अफ्रिकाका तीन ब्याटरले शतक पूरा गरेका थिए
0 comment
0 FacebookTwitterEmail

नेदरल्याण्डस्‌लाई ८१ रनले पराजित गर्दै पाकिस्तानले विश्वकप २०२३ को सुखद सुरुवात गरेको छ । तर डच टोलीविरुद्ध प्राप्त जीतमा पाकिस्तानको प्रदर्शन भने औसत भन्दा माथि रहन सकेन । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४९ ओभरमा अलआउट हुनु अघि २८६ रनको सम्मानजनक योगफल तयार गर्‍यो । जवाफमा नेदरल्याण्डस् मात्र ४१ ओभरमा २०५ रनमा अलआउट हुन पुग्यो । नेदरल्याण्डस्‌का बास डे लेडेले बलिङ र ब्याटिङ दुवैमा शानदार प्रदर्शन गरे पनि पाकिस्तानविरुद्ध विजय हात पार्न भने उनको टोली असफल रह्यो ।

संक्षिप्त स्कोर बोर्ड :

स्थान : राजीव गान्धी इन्टरनेशनल स्टेडियम, उप्पल, हैदरावाद (म्याच नं.२)

टस : नेदरल्याण्डस्, बलिङ गर्ने निर्णय

0 comment
0 FacebookTwitterEmail

भारतमा बिहीबारबाट सुरु भएको एक दिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ। साबिक विजेता इंग्ल्याण्डमाथि ९ विकेटको सहज जीत हात पार्दै न्युजिल्याण्डले २०१९ विश्वकप फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्यलाई न्युजिल्याण्डले मात्र ३६.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्दै विश्वकपको सुखद सुरुवात गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाउँदै २८२ रनको सम्मानजनक स्कोर तयार पारेको थियो। इंग्ल्याण्डका लागि पूर्व कप्तान जोए रुटले सर्वाधिक ७७ रनको योगदान दिए। ४१.१ ओभरमा ग्लेन फिलिप्सको बलमा बोल्ड हुनु अघि ८६ बलको सामना गर्दै ४ चौका र १ छक्का …

विश्वकप क्रिकेटमा न्युजिल्याण्डको विजयी सुरुवात
0 comment
0 FacebookTwitterEmail

गुजरात सहरको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड र न्युजिल्यान्डबीचको खेलसँगै क्रिकेटको महाकुम्भ अर्थात् विश्वकप क्रिकेट प्रतियोगिताको तेह्रौँ संस्करण आजबाट भारतमा सुरु हुँदै छ। भारतका १० भिन्न–भिन्न सहरमा रहेका १० अलग–अलग रंगशालामा अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म आयोजना हुने ४८ खेलले तेह्रौँ विश्वकप क्रिकेटको विजेताको छिनाफानो गर्नेछ। १२ वर्षपछि भारतीय भूमिमा फर्किएको क्रिकेटको सर्वोच्च प्रतियोगिताको उपाधिका लागि १० टोलीले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगितामा आयोजक भारतसहित पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र नेदरल्यान्ड्सको सहभागिता रहेको छ। इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) को एसोसिएट्स मेम्बरबाट केवल नेदरल्यान्ड्स मात्र विश्वकपमा छनौट हुन सफल भएको छ भने दुईपटकको विजेता …

0 comment
0 FacebookTwitterEmail

चीनको हाङझाउमा जारी १९औँ एसियन गेम्समा नेपाली क्रिकेट टोलीको शानदार यात्रा क्वार्टर फाइनलमा आएर टुङ्गिएको छ।

मङ्गलबार सम्पन्न क्वार्टर फाइनलमा स्वर्ण पदकको प्रमुख दाबेदार भारतविरुद्ध प्रभावशाली खेले पनि  २३ रनले पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। समूह चरणमा मंगोलियाविरुद्ध कीर्तिमान नै कीर्तिमानले भरिएको जित र मालदिभ्सविरुद्ध पनि सहज विजय हात पारेपछि नेपाली समर्थकहरूले क्रिकेटबाट पदकको ठुलो आशा गरेका थिए। तर इन्डियन प्रिमियम लिग (आइपिएल) खेलिसकेका अनुभवी खेलाडीहरूले भरिएको भारतीय युवा टोलीका अगाडि नेपालको केही जोड चलेन। यद्यपि आफूभन्दा निकै बलियो टोलीविरुद्ध नेपाली युवा खेलाडीहरूको प्रदर्शन भने गर्व गर्न योग्य रह्यो।

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० …

0 comment
0 FacebookTwitterEmail

–एसिया कप क्रिकेट–

एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको दोस्रो तथा अन्तिम खेलमा नेपालले विश्व क्रिकेटको एउटा ‘पावरहाउस’ मानिने भारतविरुद्ध बहादुरीपूर्ण ब्याटिङ गरेको छ। पहिलोपटक एसिया कप खेलिरहेको नेपाल समूह चरणमा विश्व क्रिकेटका दुई शक्तिशाली राष्ट्र पाकिस्तान र भारतसँगै एकै समूहमा परेको थियो।

समूह चरणको पहिलो खेलमा आइसीसी वानडे वरियताक्रमको पहिलो स्थानमा रहेको पाकिस्तानविरुद्ध आफ्नो औसतभन्दा कम स्तरको ब्याटिङ गर्दै २३८ रनको फराकिलो अन्तरको हार व्यहोरेपछि नेपालले भारतविरुद्ध कस्तो प्रदर्शन गर्नेछ भन्ने कौतुहलता प्रशंसकहरूमाझ व्याप्त थियो।

पछिल्लो समय प्रभावशाली क्रिकेट खेलेर र केही चमत्कारपूर्ण नतिजाहरू आत्मसात् गर्दै विश्वभरको मिडियाको ध्यान आफूतर्फ आकर्षित गर्न सफल नेपालले भारतजस्तो शक्तिशाली टोलीविरुद्ध राम्रो प्रदर्शन …

0 comment
0 FacebookTwitterEmail

विश्लेषणः एसिया कप क्रिकेट

पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा बुधकारबाट शुरु भएको एसिया कप क्रिकेटको बहुप्रतिक्षित खेलमा नेपाल आयोजक राष्ट्र पाकिस्तानको हातबाट २ सय ३८ रनको ठूलो अन्तरले पराजित भएको छ। ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाली टोली पाकिस्तानको धारिलो बलिङ आक्रमणका सामु निरिह देखियो र केबल २३.१ ओभरमा १ सय ४ रनमा अलआउट हुन पुग्यो। आइसीसीको एकदिवसीय वरियताक्रममा शीर्ष स्थानमा रहेको पाकिस्तानी टोलीविरुद्ध जित नै हात पार्न नसके पनि नेपालले उसलाई कडा चुनौति भने दिनसक्ने धेरैको अपेक्षा थियो। पछिल्लो समयमा नेपाली क्रिकेट टोलीले प्रस्तुत गरेको उच्चस्तरको प्रदर्शन, अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले हासिल गरेको सफलता र नेपालीमा टोलीमा देखिएको …

0 comment
0 FacebookTwitterEmail

“अब यति नै साथीहरू, तिमीहरूले मलाई हर चीज दियौ, मैले तिमीहरूलाई सबैथोक दिएँ, यो सबै हामीले मिलेर गर्‍यौँ”, बुधवारका दिन आफ्नो ट्वीटरमा यस्तो सन्देशसहितको भिडियो पोष्ट गर्दै इटालीका महान गोलरक्षक जियानलुइजी बुफोनले आफ्नो २८ वर्षे खेलजीवनमा पूर्णविराम लगाएका छन्। ‘गिगी’ उपनामले चर्चित ४५ वर्षका यी किर्तिमानी गोलरक्षकले सन्यासको घोषणा गर्नु केही समय अघिमात्रै आफ्नो बाल्यकालको क्लब पार्मासँगको २०२४ सम्म रहेको सम्झौता भङ्ग गरेका थिए। सन् १९९५ मा १७ वर्षको कलिलो उमेरमै इटालीको प्रथम श्रेणी (सिरी ए) क्लब पार्मामा अनुवन्ध भएका बुफोनले त्यही सिजन सिरी एमा डेब्यु गरेका थिए। पार्मामा ६ वर्ष बिताएर २००१ मा किर्तिमानी रकममा टुरिन क्लव युभेन्टस् गएका

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved