Home » Archives for आशुतोष अधिकारी » Page 2
Author

आशुतोष अधिकारी

इंग्लिस क्लब आर्सनलले अन्तिमपटक सन् २००४ मा इंग्लिस प्रिमियर लिग (इपीएल) को उपाधि जितेको थियो। त्यसबेला क्लबका प्रशिक्षक आर्सन वेङ्गर थिए भने क्लबका मुख्य खेलाडीहरूमा थिएरी हेनरी, सोल क्याम्पबेल, कानु, एस्ले कोल, प्याट्रिक भिएरा, सेस फाब्रिगास, रोवर्ट पिरेज, डेनिस वर्गक्याम्प, जेन्स लेम्यान (गोलकिपर) आदि प्रख्यात नाम सामेल थिए। आर्सनलले त्यो सिजन अपराजित रहँदै प्रिमियर लिगको उपाधि जितेको थियो जुन आफैँमा एउटा अभूतपूर्व किर्तिमान थियो। तर त्यो कथा अब पुरानो भइसकेको छ। २००४ पछि प्रिमियर लिगमा आर्सनलको प्रदर्शन बिस्तारै–बिस्तारै खस्कँदै जान थाल्यो। लिग उपाधिको दावेदारिता त परै जाओस्, त्यसपछिका धेरै सिजन शीर्ष चारमा स्थान बनाउन समेत यो क्लब असफल रह्यो। इंग्लिस …

0 comment
0 FacebookTwitterEmail

मंगलवार नेपाली क्रिकेट एउटा अर्को ऐतिहासिक सफलतालाई आत्मसात् गर्न सफल भएको छ । एसिसि मेन्स प्रिमियर कप २०२३ को फाइनलमा युएईलाई आठ विकेटले हराउँदै नेपालले पहिलोपटक एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ । यसै वर्षको सेप्टेम्वर महिनामा पाकिस्तानमा हुने एसिया कप क्रिकेटमा नेपालले अब भारत र पाकिस्तानजस्ता दिग्गज प्रतिद्वन्द्वीको सामना गर्नेछ ।
काठमाडौंमा जारी एसिसि मेन्स प्रिमियर कप २०२३ को फाइनलमा युएईले दिएको ११८ रनको चुनौति नेपालले सजिलै पार लगाउने धेरैको अनुमान थियो । ५० ओभर खेलमा २.२ रन प्रतिओभरको लक्ष्यलाई औसतभन्दा पनि न्युन मान्ने गरिन्छ । तर दुई दिनसम्म चलेको रोमाञ्चक फाइनलमा युएईलाई पराजित गर्न भने नेपाललाई कडा …

0 comment
0 FacebookTwitterEmail

नेपाली क्रिकेट अहिले सही दिशातर्फ अघि बढिरहेको छ। पछिल्ला केही वर्षहरूमा विभिन्न कारणले गर्दा ओरालोतर्फ लागेको नेपाली क्रिकेटका लागि वर्ष २०७९ केही शुभ संकेतहरू लिएर आएको थियो। क्रिकेटमा राजनीति, गुटबन्दी र आर्थिक अपारदर्शीता जस्ता संवेदनशील आरोप लगाउँदै २०१६ को जूनमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथि प्रतिबन्ध लगाएपछि अत्यन्तै कमजोर र सुस्त बन्न पुगेको नेपाली क्रिकेटमा गएको वर्षले प्राणवायु भर्ने काम गर्‍यो। वर्ष २०७९ मा नेपाल आइसीसीले लगाएको प्रतिबन्धबाट पूर्णरूपमा मुक्त मात्र भएन, नेपाली क्रिकेटले एकपछि अर्को सफलता समेत आत्मसात गर्दै गयो।
वल्र्ड लिग डिभिजन २ मा नेपालले देखाएको अविश्वसनीय प्रदर्शनलाई नेपाली क्रिकेटको अहिलेको सफलतासँग जोडेर हेर्न सकिन्छ। …

0 comment
0 FacebookTwitterEmail

धेरै समय भएको थियो नेपाली क्रिकेटले आफ्नो सही बाटो बिराएको । पछिल्ला पाँच–सात वर्षको अवधिमा नेपाली क्रिकेटको क्षेत्रमा, मैदानभित्र र मैदान बाहिर समेत, भएका विविध गतिविधिहरुको सामान्य विश्लेषण मात्र गर्ने हो भने पनि यसको विकासको गति किन र कसरी अवरुद्ध हुन पुग्यो भन्ने कुरा बुझ्न धेरै गाह्रो पर्दैन ।
यो कालखण्डमा नेपाली क्रिकेटले श्रृंखलावद्ध रुपमा अनेकथरिका विवाद, अनावश्यक राजनीतिक हस्तक्षेप र गुटबन्दी, बाह्य हस्तक्षेप र प्रतिवन्ध जस्ता समस्याहरुको मारमा नराम्ररी पिल्सिल्नु प¥यो । यस्तै यावत् समस्याहरुका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेटको स्तरमा बढ्नुको साटो झन् घट्दै गयो, नेपालको छवि धुमिल हुँदै गयो र नेपाली क्रिकेटको साख लगातार तल–तल गिर्न पुग्यो ।…

क्रिकेटमाथि नेपालमा श्रृंखलावद्ध प्रहार
0 comment
0 FacebookTwitterEmail

 

विश्व खेलकुद मञ्चका लागि वर्ष २०२२ सुखद नै रह्यो भन्न सकिन्छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण विगत दुई वर्षदेखि शिथिल अवस्थामा रहेको खेलकुद क्षेत्र यो वर्ष आफ्नो स्वाभाविक लय समात्न सफल भयो । सन् २०२२ मा विश्वभर विभिन्न खेलका थुप्रै महत्वपूर्ण प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भए भने खेलकुद क्षेत्रसँग जोडिएका केही महत्वपूर्ण घटनाहरूले पनि राम्रैसँग मानिसहरूको ध्यान आकर्षण ग¥यो । २०२२ को प्रमुख खेलकुद परिघटनाका रूपमा कतार विश्वकपको सफल आयोजनालाई मान्न सकिन्छ, तर वर्ष २०२२ लाई मानिसहरूले लियोनल मेसीको सफलताले शिखर चुमेको वर्षको रूपमा धेरै कालसम्म सम्झिइरहने पनि निश्चित छ । यहाँ हामी सन् २०२२ मा भएका विश्व खेल …

वर्ष २०२२ : मेसीको सफलताले शिखर चुमेको वर्ष
0 comment
0 FacebookTwitterEmail

आधुनिक फुटबलका एक सर्वकालीन महान् खेलाडी पेले अब हामी बीच छैनन्। विगत केही वर्षदेखि विभिन्नथरिका रोगहरूसँग संघर्ष गरिरहेका पेलेको ८२ वर्षको उमेरमा गत बिहीवार निधन भएसँगै आधुनिक फुटबलको ‘एउटा महान् युग’को अन्त्य भएको छ। ‘ब्ल्याक पर्ल’ अर्थात् ‘कालो मोती’को उपनामले चर्चित यी ब्राजिलियन लिजेण्डलाई २०औँ शताब्दीका सबैभन्दा सफल र लोकप्रिय खेल व्यक्तित्वमध्ये एक मानिन्छ। उनलाई सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले ‘एथलिट अफ दी सेन्चुरी’ घोषित गरेको थियो भने सन् २००० मा टाइमद्वारा ‘शताब्दीका १०० सबैभन्दा महत्वपूर्ण व्यक्तिहरू’को सूचीमा समावेश गरेको थियो। तीनवटा विश्वकप उपाधि उचाल्ने संसारका एक मात्र खेलाडी पेलेलाई आफ्नो अद्भूत खेलकौशलको माध्यमद्वारा फुटबललाई केबल एउटा खेलबाट ‘दी …

0 comment
0 FacebookTwitterEmail

साफ च्याम्पियनसिप महिला फुटबलको फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेश नयाँ इतिहास रच्न सफल भएको छ। आज दशरथ रङ्गशालामा भएको खेलमा घरेलु टोली नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै बंगलादेशले पहिलोपटक साफ च्याम्पियनसिपको उपाधि आफ्नो नाम गराउँदै नयाँ इतिहास रचेको छ।

यसअघि सम्पन्न पाँचै संस्करणको उपाधि जितेको भारतलाई सेमिफाइनलमा पराजित गर्दै प्रतियोगिताको अन्तिम दुईमा स्थान बनाएको नेपाली टोलीसामु यसपटक साफ च्याम्पियनसिपको उपाधि जित्दै राष्ट्रलाई ऐतिहासिक सफलता दिलाउने एकदमै राम्रो अवसर प्राप्त थियो। तर नेपाली टोली त्यो अवसरलाई सदुपयोग गर्न पुन: एकपटक असफल भएको छ। यसअघि चारपटक फाइनलमा पुगेर चारैपटक भारतसँग पराजित भएको नेपाल पाँचौ फाइनलमा बंगलादेशका सामु घुँडा टेक्न वाध्य भएको छ।…

0 comment
0 FacebookTwitterEmail

क्रिस्टियानो रोनोल्डो अहिले वास्तवमै व्यग्र छन्। उनी क्रिस्टियानो रोनाल्डो हुनु नै उनको व्यग्रताको मुख्य कारण हो किनभने उनी एक साधारण फुटबल खेलाडी मात्र नभएर एउटा ब्राण्ड हुन्। एउटा यस्तो ब्राण्ड हुन् जसको गुणस्तरमाथि सबैले आँखा चिम्लिएर विश्वास गर्ने गर्छन्। एउटा राम्रो खेलाडीबाट जति आशा गरिन्छ, क्रिस्टियानो रोनाल्डोबाट सधैँ त्यो भन्दा बढी अपेक्षा गरेका हुन्छन् सबैले– समर्थकले, प्रशिक्षकले, क्लबले र देशले पनि।
तर यतिबेला रोनाल्डोले ज्यादै कठिन समयबाट गुज्रिनु परिरहेको छ। उनले पाइला–पाइलामा विभिन्न कठिनाइहरूको सामना गर्नु परिरहेको छ र समयले पनि नराम्रोसँग उनको परीक्षा लिइरहेको छ। दुई दशकभन्दा लामो र चम्किलो फुटबल करिअरमा रोनाल्डोले अहिले जतिको प्रतिकूलता, असफलता र आलोचना …

0 comment
0 FacebookTwitterEmail

केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले घरेलु टोली विरुद्धको तीन एकदिवसीय खेलको शृंखला ‘क्लीन स्विप’ गर्न सफल भएको छ । शुरूका दुई खेल जित्दै यस अघि नै सिरिज आफ्नो नाम दर्ता गराइसकेको नेपालले सोमवार सम्पन्न अन्तिम एकदिवसीय खेलमा समेत केन्यालाई ६ विकेटले पराजित गर्दै केन्या भ्रमणको सुखद समापन गरेको छ । अन्तिम खेलमा नेपालका तीन ब्याट्स्म्यानले अर्धशतक प्रहार गर्दै केन्याले दिएको २५६ रनको लक्ष्य ४ विकेटको नोक्सानीमा ४७.१ ओभरमा पूरा गरेका थिए ।
केन्याविरुद्ध पाँच टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्न सेप्टेम्बर २५ मा नैरोबी पुगेको नेपाली टोलीले टी–२० शृंखलामा पनि केन्यालाई ३–२ ले पराजित गरेको थियो तर सो …

केन्याविरुद्धको एकदिवसीय शृंखलामा नेपालद्वारा ‘क्लीन स्विप’
0 comment
0 FacebookTwitterEmail

महात्मा गान्धीको सान्निध्य पाउने र भौतिक रुपमा उपस्थित भएर गान्धीको आश्रममा दीक्षा पाउने थोरै सौभाग्यशाली नेपालीमध्ये एकका गोपालदास बादे श्रेष्ठको ९७ वर्षको उमेरमा बुधबार निधन भएको छ।

गोपालदास बादे श्रेष्ठ, नेपालको प्रजातान्त्रिक आन्दोलनका एक धरोहर, २००७ सालको राणाविरोधी क्रान्तिका योद्धा एवम् नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका संस्थापक सदस्य हुनुहुन्छ।

महात्मा गान्धीको आदर्श र दर्शनलाई अनुकरण गर्दै आफ्नो सम्पूर्ण जीवन परोपकारमा समर्पण गर्नुभएका बादेको निधनसँगै नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासको एउटा स्वर्णिम अध्यायको अन्त्य भएको छ।

विक्रम सम्वत् १९८१  मा काभ्रेको बनेपामा जन्मनुभएका गोपालदास बादेले विक्रमीय १९९० को दशकमा १७–१८ वर्षको उमेरमै पहिलोपटक गान्धीजीको आश्रममा पुग्ने अवसर पाउनुभएको थियो र यो अवसर जुराइ दिनुभएको …

महात्मा गान्धीका प्रखर अनुयायी गोपालदास बादे श्रेष्ठको निधन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved