Home » Archives for आशुतोष अधिकारी » Page 3
Author

आशुतोष अधिकारी

नेपालको विश्वकप क्रिकेट खेल्ने लक्ष्यको मार्गचित्रका रूपमा रहेको आइसीसी वल्र्डकप क्रिकेट लिग २ प्रतियोगितामा नेपालको प्रदर्शन सन्तोषजनक रहन सकेको छैन। सात टोली सम्मिलित र सन् २०२३ को फेब्रुअरीसम्म चल्ने यस प्रतियोगिताको अन्त्यमा शीर्ष तीनभित्र पर्ने टोलीले २०२३ मा भारतमा आयोजना हुने वानडे वल्र्डकप छनौट खेल्न पाउने र शीर्ष पाँचभित्र रहने टोलीको ‘वानडे स्टाटस’ कायमै रहने भएका कारण पनि नेपालका लागि यो प्रतियोगिताको महत्व ज्यादा छ। यो प्रतियोगितामा नेपालले अहिलेसम्म खेलेका १८ खेललाई विश्लेषण गर्ने हो भने त्यहाँ धेरै उतारचढाव देख्न सकिन्छ।

अहिले स्कटल्याण्डमा चलिरहेको नामिबिया समेत सम्मिलित त्रिदेशीय शृङ्खला वल्र्डकप लिग २ प्रतियोगितामा नेपालले खेलिरहेको पाँचौं शृङ्खला हो। यसअघि आफूले …

स्कटल्याण्डविरुद्ध नेपालको अर्थपूर्ण जीत 
0 comment
0 FacebookTwitterEmail

क्रिकेटलाई त्यसै अनिश्चितताको खेल भनिएको होइन, गए राति सम्पन्न नेपाल र अमेरिकाबीचका खेलले यो भनाईलाई थप पुष्टी गरेको छ।आइसीसी वर्ल्डकप लिग २ अन्तर्गत शनिवार राती भएको खेलमा जितको एकदमै नजिक पुगिसकेको अमेरिकी टोलीलाई रोमाञ्चक बराबरीमा रोक्दै एक अंक खोस्न नेपाल सफल भएको छ।

अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमै ओमानसँग पराजित भएर दबावमा आएको नेपालले अमेरिकाविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो।पहिलो खेलमा ओमानले दिएको २१२ रनको लक्ष्य पनि पूरा गर्न नसकेको नेपालले अमेरिकाविरुद्ध सन्तोषजनक ब्याटिङ गर्दै ४९.४ ओभरमा २७४ रनको सम्मानजनक योगफल तयार पारेको थियो।

चोटका कारण ओमानविरुद्धको खेल गुमाएका नेपालका प्रारम्भिक जोडी कुशल …

अमेरिकाविरुद्ध रोमाञ्चक बराबरी
0 comment
0 FacebookTwitterEmail

आइसीसी वर्ल्डकप लिग २ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पराजयसँगै प्रतियोगिताको शुरूवात गरेको छ । अमेरिका, ओमान र नेपाल सम्मिलित त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमै नेपाल ओमानसँग १३ रनले पराजित हुन पुग्यो । ५० ओभरको खेलमा प्रतिओभर ४.२५ रन प्रतिओभरको औसतमा २१२ रन बनाउने चुनौति पाएको नेपालले लक्ष्यसम्म पुग्न भरपुर संघर्ष गरे पनि पराजय टार्न भने सकेन । यो हारले नेपालको आगामी एकदिवसीय विश्वकप खेल्ने सपना झनु कठिन बन्न पुगेको छ ।
बिहीवार राती सम्पन्न खेलमा टस जितेर ब्याटिङ रोजेको ओमानलाई ५० ओभरमा २११ रनको मध्यम स्कोरमा रोक्न सफल भएको थियो । ओमानका कप्तान जीसन मक्सुदले १२६ बलमा १०४ रनको …

पहिलो खेलमै हार, टाढिँदै विश्वकप सपना
0 comment
0 FacebookTwitterEmail

पछिल्ला दुई दशक विश्व टेनिसको पुरुष विधा सम्पूर्णरूपमा तीन खेलाडीको नाममा रह्यो।यस अवधिमा स्वीट्जरल्याण्डका रोजर फेडरर, सर्बियाका नोभाक जोकोभिच र स्पेनका रफायल नाडालले क्रमैसँग विश्व टेनिसमा आफ्नो दबदबा कायम राखे।एक्काइसौँ शताब्दीको पुरुष टेनिस यी तीन खेलाडीको वरिपरि घुमिरह्यो।यी तीन खेलाडीबाट यो खेल यति प्रभावित भयो कि पछिल्लो २० वर्षको अवधिमा अन्य कुनै पनि खेलाडी यिनीहरूको छेउछाउसम्म देखा पर्न सकेनन्।

सन् २००३ मा रोजर फेडररले विम्बल्डनका रूपमा आफ्नो पहिलो ग्राण्डस्लाम उपाधि जितेपछि अहिलेसम्म खेलिएका टेनिसका ७५ ग्राण्डस्लाम प्रतियोगिताहरूमध्ये ६२ उपाधि यी तीन खेलाडीले एक–आपसमा बाँडेका छन्, बाँकी बचेको १३ उपाधिमात्र अन्य ७–८ खेलाडीको भागमा पर्न गएको छ।बितेका दुई दशकमा विश्व टेनिसमा …

0 comment
0 FacebookTwitterEmail

“हम रहेँ या ना रहेँ कल्, कल याद आएँगे ए पल्

पल् ए हे प्यार के पल्, चल् आ मेरे सँग चल्,

चल्… सोचे क्या छोटी सी है जिन्दगी,

कल् मिल् जाए तो होगी खुशनशीबी,

हम्….. रहेँ या ना रहेँ, याद आएँगे ए पल्……..”

जति सुन्दर छन् यो गीतका पंक्तिहरू, त्यो भन्दा पनि सुन्दर थियो उनको आवाज जसले गाएका थिए यो गीत।एउटा यस्ता गायक जसको आवाज कानबाट एकैचोटि मुटुको गहिराईमा गएर ठोकिन्थ्यो र झक्झक्याएर छोडिदिन्थ्यो यो मन र मष्तिश्कलाई।एउटा यस्तो आवाज जसलाई आवश्यकता थिएन कुनै परिचयको, जसको आवाजले नै उनको परिचय दिइरहेको हुन्थ्यो।यो यस्तो आवाज थियो जसलाई भारतले मात्र होइन …

आफ्नै आवाजमा बाँचिरहनेछन् केके
0 comment
0 FacebookTwitterEmail

राजस्थान रोयल्समाथि ७ विकेटको सजिलो जीत पार्दै नवप्रवेशी टोली गुजरात टाइटन्स पहिलो सहभागितामा नै इण्डियन प्रिमियर लिगको उपाधि जित्न सफल भएको छ।गुजरातको राजधानी अहमदावादस्थित नरेन्द्र मोदी रङ्गशालामा आइतवार साँझ सम्पन्न आइपीएल २०२२ को एकपक्षीय फाइनल खेलमा गुजरातले प्रतियोगिताको पहिलो संस्करणको विजेता टोली राजस्थान रोयल्सलाई पराजित गर्न खासै संघर्ष गर्नु परेन।

फाइनलमा टस जितेर पहिले ब्याटिङ रोजेको राजस्थानले सोचेअनुरूप प्रदर्शन गर्न सकेन र २० ओभरमा ९ विकेट गुमाउँदै केबल १३० रन मात्र बनाउन सक्यो।राजस्थानका लागि उच्च लयमा रहेका ओपनिङ ब्याट्स्म्यान जोस बट्लरले सर्वाधिक ३९ रन बनाए भने अर्का ओपनर यशस्वी जयसवालले २२ रनको योगदान दिए।राजस्थानलाई सामान्य योगफलमा समेट्ने क्रममा गुजरातका कप्तान …

आइपीएल २०२२: महँगो मूल्यमा अनुबन्धित खेलाडीकै प्रदर्शनले निराश बनायो
0 comment
0 FacebookTwitterEmail

अन्तर्राष्ट्रिय महिला क्रिकेटमा नेपाल र युगान्डाबीच धेरै समानता छन्।दुवै टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खरै बामे सरिरहेको टोली मान्न सकिन्छ।युगान्डाको महिला टोलीले सन् २००६ मा र नेपालले २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटमा पर्दापण गरेका थिए।सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आफ्ना सबै सदस्य राष्ट्रको महिला टोलीलाई अन्तर्राष्ट्रिय टी–२० को मान्यता प्रदान गरेपछि मात्र अन्तर्राष्ट्रियस्तरमा दुवै टोलीको यात्रा अगाडि बढेको हो।यद्यपि पछिल्ला वर्षहरूमा युगान्डाको तुलनामा नेपाली महिला क्रिकेट टोलीले धेरै प्रतियोगिताहरूमा सहभागिता जनाउने अवसर पाएको तथ्यांकहरूले देखाउँछ।आइसीसीको पछिल्लो टी–२० वरियताक्रम अनुसार नेपाली महिला टोली १६औँ स्थानमा छ भने युगाण्डा १९ औँ स्थानमा ।

कागजी रूपमा केही बलियो देखिएको नेपाली महिला टोली आफ्नो …

युगान्डा महिला टोलीको नेपाल भ्रमण : नेपालको स्तर परीक्षण गर्ने अवसर मात्र
0 comment
0 FacebookTwitterEmail

नमस्कार ! म शुभप्रसाद शर्मा, नेपाल आमाको एउटा छोरो– जो एउटा साइकलका भरमा विश्व घुमेरै छाड्ने दुस्साहसी निर्णय गरेर घरबाट हिँडेको, आज एक महिनाभन्दा बढी समय बितेको छ। म एउटा साइकलमा यात्राका क्रममा अति आवश्यक पर्नसक्ने सीमित सामग्री प्याक गरेर २०७९ वैशाख १ गतेका दिन घरबाट निस्किएको थिएँ। अबको पाँच वर्षभित्र विश्वका सातै महादेशका १५० भन्दा बढी राष्ट्रको भ्रमण गर्ने लक्ष्य बोकेर म नयाँ वर्षका दिनदेखि लगातार अगाडि बढिरहेको छु।

एउटा साधारण मान्छेले सामान्यतया कल्पना पनि नगर्ने यस्तो कठिन र अनिश्चितताले भरिएको निर्णय मैले कुनै लहडमा गरेको भने थिइँन। जीवनमा यति ठूलो निर्णय गर्नका लागि मलाई धेरै कुराहरूले प्रेरित गरेका …

विश्व साइकल यात्राको एक महिना, अनुभव र अनुभूति
0 comment
0 FacebookTwitterEmail

सञ्जु चौधरीलाई क्रिकेट असाध्यै मन पर्थ्यो।२०१५–१६ को मध्यसम्म पनि सञ्जु बाँके जिल्लामा मात्र नभएर पश्चिमाञ्चल क्षेत्रमै महिला क्रिकेटको चर्चित नाम बनिसकेकी थिइन्।तर उनको भाग्यमा क्रिकेट हैन, भारतत्तोलन लेखिएको रहेछ।भारतत्तोलन खेल्नकै लागि उनलाई भगवानले २३ वर्षको छोटो र सार्थक जीवन उपहारस्वरूप दिएका रहेछन्, उनको असामयिक मृत्युपछि अब यी शब्दहरू केवल सान्त्वना मात्र बन्न पुगेका छन् ।

सञ्जुका बाबु नेपालगञ्ज शहरको भेरी अञ्चल अस्पतालमा काम गर्थे।त्यसैको सञ्जुको बाल्यकाल पनि नेपालगञ्ज शहरको सेरोफेरोमा बित्यो।भेरी अञ्चल अस्पतालको उनी बस्ने भाडाको घरबाट महेन्द्र रङ्गशाला हिँडेर गए पनि पाँच–सात मिनेटमा पुगिन्थ्यो।उनी आफ्ना टोलका साथी र दाइहरूसँग दिनहुँ खेल्न भनेर रङ्गशालामा पुग्ने गर्थिन्।यसरी सानैबाट उनलाई खेलप्रति लगाव …

मनमा क्रिकेट थियो, भाग्यमा भारतत्तोलन, अल्पायुमा नै किन गइन सञ्जु चौधरी?
0 comment
0 FacebookTwitterEmail

इण्डियन प्रिमियर लिग (आइपीएल) २०२२ का आधाभन्दा बढी खेलहरू सम्पन्न भइसकेका छन्।१० टिम सम्मिलित प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुने गर्दछ।पछिल्ला सस्करणभन्दा यसपटकको प्रतियोगितामा दुई टोली थप भएका कारण राउन्ड रोबिन लिगका नियममा पनि केही परिवर्तन गर्दै १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।एउटा टोलीले लिग चरणमा कुल १४ खेल खेल्नुपर्छ ।

अहिलेसम्म प्रतियोगितामा दशौँ चरणसम्मका खेलहरू समाप्त भइसकेका छन्।ताजा स्थितिमा ११ खेल खेलेको गुजरात टाइटन्स ८ जीतसहित १६ अङ्क बोकेर अंकतालिकाको शीर्ष स्थानमा छ भने १० खेलमा केवल दुई खेल जितेको मुम्बई इण्डियन्स् ४ अङ्कसहित तालिकाको पुछारमा छ।आइपीएल २०२२ मा अहिलेसम्मको स्थिति र केही मुख्य

आइपीएल २०२२ : अहिलेसम्मको स्थिति र मुख्य झलकहरू
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved