गत वर्षझैं यस वर्ष पनि गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मी देशकै उत्कृष्ट प्रशासन कार्यालय बन्न सफल भएको छ। कार्यसम्पादन सम्झौता मूल्यांकनमा देशका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले गत वर्षजस्तै अहिले पनि उच्च नम्बर ल्याएर उत्कृष्ट बन्न सफल भएको हो।
कार्यसम्पादन मूल्यांकन मापन सूचकका लागि गृह मन्त्रालयले निम्न सूचकांकको आधारमा गुल्मी प्रथम भएको मन्त्रालयबाट प्राप्तपत्रमा उल्लेख छ। १०० पूर्णांकमा जिल्ला प्रशासनले ९६.४४ अंक प्राप्त गरी प्रथम भएको हो।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा १४ सहसूचक अंकभार २९ मा २९ नै प्राप्त गरेको छ। शासकीय प्रबन्ध ४० सहसूचक ४४ अंकभारमा ४१.२ अंक प्राप्त गरेको छ।
त्यस्तै, लागूऔषध नियन्त्रणमा सहसूचक ५ अंकभार …