Home » Archives for चन्द्रकान्त खनाल/रूपन्देही » Page 2
Author

चन्द्रकान्त खनाल/रूपन्देही

लुम्बिनीमा प्रदेश सरकार गठन भएयता अख्तियारमा तीन सय सय २२ वटा उजुरी परेका छ । प्रदेश सरकारले गरेका कामहरू अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम बढ्दो छ । उजुरीमध्ये आयोगले एक सय ६२ वटा फर्छ्योट गरेको छ भने एक सय ६० वटा उजुरी छानबिनकै क्रममा रहेको आयोगले जानकारी दिएको छ ।

उजुरी परेकामध्ये सबैभन्दा धेरै वन तथा वातावरण मन्त्रालयको छ । एक सय छ वटा परेका उजुरी मध्ये ६८ वटा फर्छ्योट भएका छन् भने ३८ वटा बाँकी छन् । सबैभन्दा कम सामाजिक विकास मन्त्रालयको उजुरी छ । जसमा एउटा उजुरी परेको र त्यो फर्छ्योट हुन बाँकी …

0 comment
0 FacebookTwitterEmail

बुद्ध जन्मस्थल लुम्बिनीमा कोरोना सङ्क्रमण अघिको वर्ष सन् २०१९ मा आन्तरिक र बाह्य गरी १५ लाख ५८ हजार ३२६ पर्यटक लुम्बिनी आएका थिए । सन् २०२३ मा ९ लाख ९८ हजार ९३८ ले मात्र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । समग्र मुलुकमा भने पर्यटक आगमनले रेकर्ड कायम गरेको छ। 

बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन कोभिड अघिको लयमा भने फर्किन सकेको छैन। सन २०२० र २०२१ मा कोरोना सङ्क्रमणका कारण पर्यटन सहित समग्र क्षेत्र प्रभावित बनेको थियो। कोभिडको प्रभाव कम भएपछि २०२२ बाट अवस्था सहज हुँदै गयो। ४ वर्ष अघिको तुलनामा लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढेको छ। तर, आन्तरिक र तेस्रो

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरूले बाह्य पर्यटकको आगमन बढाउन सरकारी स्तरबाट नीतिगत सुधारको माग गरेका छन् ।

नेपाल प्रवेश गर्ने सीमा नाकाहरू र अध्यागमन कार्यालयहरू परम्परागत र अव्यवस्थित हुँदा पर्यटकहरू चर्को गर्मीमा घण्टौँ लाइनमा र गाडिभित्र बस्नुपर्दा नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधा सम्पन्न बनाउनुपर्ने होटेल व्यवसायीको माग छ ।

यस्तै  भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकजाँच गरी दुख दिने र रकम असुल्ने तथा २५ हजार भारु भन्दा बढी रकम साथमा बोक्न नपाउने जस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीले औँल्याएका छन् ।

लुम्बिनी प्रदेशका पर्यटक स्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसियसन लुम्बिनी (एनएचए)

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशका होटेल व्यवसायीहरूले बाह्य पर्यटकको आगमन बढाउन सरकारी स्तरबाट नीतिगत सुधारको माग गरेका छन् ।

नेपाल प्रवेश गर्ने सीमा नाकाहरू र अध्यागमन कार्यालयहरू परम्परागत र अव्यवस्थित हुँदा पर्यटकहरू चर्को गर्मीमा घण्टौँ लाइनमा र गाडिभित्र बस्नुपर्दा नकारात्मक प्रभाव परेकाले नाका र अध्यागमनलाई आधुनिक र सुविधा सम्पन्न बनाउनुपर्ने होटेल व्यवसायीको माग छ ।

यस्तै  भारतीय पर्यटक चढेका गाडीलाई सडकमा अनावश्यक चेकजाँच गरी दुख दिने र रकम असुल्ने तथा २५ हजार भारु भन्दा बढी रकम साथमा बोक्न नपाउने जस्ता प्रावधान पनि गलत भएकाले परिमार्जन गर्नुपर्ने व्यवसायीले औँल्याएका छन् ।

लुम्बिनी प्रदेशका पर्यटक स्तरदेखि पाँचतारेसम्मका होटेल व्यवसायीहरुको संस्था नेप्लिज होटेलियर्स एशोसियसन लुम्बिनी (एनएचए)

बाह्य पर्यटक बढाउन तत्काल नीतिगत सुधार गर्नुपर्ने  होटेल व्यवसायीहरूको माग
0 comment
0 FacebookTwitterEmail

गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसङ्घको ‘मिसन’ एकै खालको भएको बताउनु भएको छ। उहाँले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुसी लागेको बताउनुभएको छ ।

उहाँले संसारभर भइरहेका सबै प्रकारका द्वन्द्व अन्त्यका लागि शान्तिभूमिबाट आह्वान गर्नुभएको छ । गुटेरेसले विश्व सम्पदा सूचीमा सूचीकृत अशोकस्तम्भ परिसरमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु ।”

बुद्ध जन्मस्थल लुम्बिनी आउन पाउँदा उहाँले खुसी व्यक्त गर्दै उहाँले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडानलगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गर्नुभयो । उहाँले विश्वभर नै जलवायु परिवर्तनले …

0 comment
0 FacebookTwitterEmail

पतञ्जलि योग पीठ भारतका अध्यक्ष आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले आफ्नो संस्थाले रुपन्देहीको धकधईमा एक अर्ब लागतमा जडीबुटी प्रशोधन गरी आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने बताउनु भएको छ।

पाल्पाको बसन्तपुरस्थित कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बोल्दै आयुर्वेदिक औषधि र कस्मेटिक वस्तु उत्पादन गर्ने उद्योग स्थापनाको अन्तिम चरणमा रहेको र उक्त उद्योगमा कम्तीमा पाँच सय जनाले रोजगारी पाउने आचार्य बालकृष्णले बताउनु भयो।

नेपालमा औषधि उद्योग स्थापना र योग केन्द्र सञ्चालन गरेर दुई देशबिच जनस्तरको सम्बन्ध थप प्रगाढ बनाएको र यसले धार्मिक पर्यटन प्रवर्द्धन गरेको उहाँको भनाई छ। नेपाल र भारतबिचको सांस्कृतिक विरासत साझा र अक्षुण्ण रहेको रहेको …

0 comment
0 FacebookTwitterEmail

सरकारले एसियाली विकास बैङ्कबाट डेढ प्रतिशत ब्याजमा झन्डै १७ अर्बको ऋण लिएर पुनर्निर्माण सुरु गरेको बुटवल नारायणगढ सडक खण्डमा ५ वर्षको प्रगति पूर्वी खण्डमा ४० र पश्चिमी खण्डमा ३७ प्रतिशत मात्र छ। निर्माण सक्नका लागि १ वर्ष म्याद थप भएको छ। तर समयमै काम सम्पन्न नहुँदा यात्रुलाई सास्ती मात्र भएको छैन जुन फाइदाका लागि यो ऋण लिइएको थियो त्यो फाइदा नै ढिलाइले हराउँला जस्तो भइसकेको छ।  नेपाल सरकारको काम गर्ने यस्तो लाजलाग्दो प्रवृत्तिका कारण नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको त छँदै छ।

रुपन्देही काठमाडौँबाट बुटवल आउन ७/८ घण्टामा बुटवल आउने यात्रु अहिले १५ घण्टासम्म लगाएर यात्रा गर्न बाध्य भएका छन्। २०७५

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरूङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद देखिएको छ। सुरुवाती चरणमै विवाद देखिएपछि आयोजना समयमै नसकिने हो कि भन्ने चिन्ता बढ्न थालेको छ।

सुरूङमार्ग निर्माणका लागि सो क्षेत्रमा राख्न खोजिएको क्रसरका विषयमा केही स्थानीयले तथ्यहीन आरोप लगाएको भन्दै निर्माण कम्पनीले असन्तुष्टि जनाएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल–पाल्पा सडक खण्डमा सुरूङमार्ग निर्माणको काम वर्षाको समय भएकाले भौतिक रूपमा रोकिएको छ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा असारको पहिलो साता दुईवटा टनेल पहिरोले पुरिएपछि भौतिक निर्माणको काम स्थगित गरेर अन्य काम भइरहेको छ।

सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सनिरको …

सिद्धबाबा सुरुङमार्ग निर्माणको सुरुवाती चरणमै विवाद, आयोजना समयमै सकिनेमा शंका
0 comment
0 FacebookTwitterEmail

देशको प्रमुख व्यापारिक तथा आर्थिक केन्द्र बुटवलको मुख्य बजार क्षेत्रमा रहेको सवा तीन किलोमिटर सडक निर्माण सुरु भएको झन्डै एक दशक पुग्न लाग्यो। तर अहिलेसम्म पूरा हुन सकेको छैन। ०६९ सालमा ४ लेनमा निर्माण भएको यो खण्ड पछि ६ लेनमा विस्तार सुरु भएपछि हालसम्म निर्माण पूरा नहुँदा यो क्षेत्र अस्तव्यस्त छ।

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३.२५ किमि सडक विस्तारको काम सुरु भएको ८ वर्ष र रकम ३५ करोड खर्च भइसकेको छ। तर, यहाँ आधा जति पनि काम पूरा भएको छैन।

मुख्य सडकमा हाल सामान्य लेभल मिलाउने डिबिएमको काम मात्रै भएको छ। पिचको काम झनै सुरु भएकै छैन। यो सडकलाई अन्तर्राष्ट्रियस्तरको …

0 comment
0 FacebookTwitterEmail

पर्यटक भित्र्याउन लुम्बिनी सांस्कृतिक नगरपालिकाले नयाँ अभ्यास सुरु गरेको छ। पर्यटन प्रवर्द्धन गर्न नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको नेतृत्वले नगरपालिकाको सडकमा संकेत नम्बर (स्ट्रिट नम्बर) राखेको हो। यो संकेत नम्बरले लुम्बिनी घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटक बाटो थाहा नपाएर अल्मलिनु पर्दैन।

अन्र्तराष्ट्रिय दातृ संस्था युएनडिपी, नेपाल टुरिजम बोर्ड र लुम्बिनी सांस्कृतिक नगरपालिकाको साझेदारीमा लुम्बिनी ८० वटा संकेत नम्बर राखिएको छ। सडकमा संकेत नम्बरको उद्घाटन गर्दै नगरपालिकाका मेयर सजरुद्दिन मुसलमानले पर्यटन क्षेत्रको विकासका लागि नगरपालिका सधै तत्पर रहेको कुरा उल्लेख गर्नुभयो।

विदेशतिर पर्यटक जाँदा कुन ठाउँ जाने, कहाँ बस्नेजस्ता विषयमा पर्यटकलाई जानकारी दिन संकेत नम्बर राखिएको हुन्छ। लुम्बिनीमा पनि संकेत …

पर्यटकको गन्तव्य सहज बनाउन लुम्बिनी सांस्कृतिक नगरमा ‘स्ट्रिट नम्बर’
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved