कार्यसम्पादन मूल्यांकनमा गुल्मी जिल्ला प्रशासन कार्यालय दोस्रोपटक पनि उत्कृष्ट

गत वर्षझैं यस वर्ष पनि गुल्मी जिल्ला प्रशासन कार्यालय गुल्मी देशकै उत्कृष्ट प्रशासन कार्यालय बन्न सफल भएको छ। कार्यसम्पादन सम्झौता मूल्यांकनमा देशका ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय गुल्मीले गत वर्षजस्तै अहिले पनि  उच्च नम्बर ल्याएर उत्कृष्ट बन्न सफल भएको हो।

कार्यसम्पादन मूल्यांकन मापन सूचकका लागि गृह मन्त्रालयले निम्न सूचकांकको आधारमा गुल्मी प्रथम भएको मन्त्रालयबाट प्राप्तपत्रमा उल्लेख छ। १०० पूर्णांकमा जिल्ला प्रशासनले ९६.४४ अंक प्राप्त गरी प्रथम भएको हो।

शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा १४ सहसूचक अंकभार २९ मा २९ नै प्राप्त गरेको छ। शासकीय प्रबन्ध ४० सहसूचक ४४ अंकभारमा ४१.२ अंक प्राप्त गरेको छ।

त्यस्तै, लागूऔषध नियन्त्रणमा सहसूचक ५ अंकभार ५ मा ५ नै अंक प्राप्त गरेको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहसूचक १० र अंकभार १० मा १० नै प्राप्त गरेको छ। साथै, प्रशासनले मुअब्जा वितरण तथा विकास सहजीकरण सहसूचक ४ र अंकभार ५ मा ४.२५ अंक गरि १०० मा ९६.४४ अंक प्राप्त गरी देशमै प्रथम भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारि हरिप्रसाद गैरेले बताउनुभयो।

गुल्मीले पहिलो त्रैमासिक २४.५ पूर्णांकमा २४.२ प्राप्त गरेको छ। दोस्रो त्रैमासिकमा १६.५ पूर्णांकमा १६.४ अंक प्राप्त गर्यो। त्यस्तै, तेस्रो त्रैमासिकमा १४.५ मा १४.२ र चौथो त्रैमासिकमा ३९.५ मा ३७.४ प्राप्त गरेको सहायक प्रमुख जिल्ला अधिकारी गैरेले बताउनुभयो।

यस अवधिमा गुल्मीमा प्रमुख जिल्ला अधिकारीको रुपमा पुण्यविक्रम पौडेलको कार्यकाल दुई वर्ष नै प्रथम हुन सफल रह्यो। त्यसपछि सागरमणि पाठक र अहिलेका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको ६ महिने कार्यकालले पनि गुल्मी जिल्ला प्रशासनलाई प्रथम बनाउन योगदान पुर्यायो।

त्यस्तै, दुई जना युवा उमेरका प्रशासकीय अधिकृत नरेश गिरी र विनोद खनालले पनि गत वर्ष सेवा प्रवाहमा उल्लेखनीय भूमिका खेलेको बताइएको छ।

गुल्मी जिल्ला प्रशासन कवीन्द्र नेपाल, रुद्रादेवी शर्मा प्रजिअ हुँदाको पालादेखि उत्कृष्ट हुने चरणमा पुगेको हो। गुल्मीपछि कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्ला ९६.१३ प्रतिशत अंक ल्याएर दोस्रो बनेको छ भने ९६.०० नम्बर ल्याई रुपन्देही जिल्ला प्रशासन तेस्रो भएको छ। ९५.८१ नम्बर ल्याई इलाम चौथो र ९५.३८ नम्बर ल्याई नवलपरासी पूर्व पाँचौ बनेका छन्। यसबाहेक ९५.१३ नम्बर ल्याई रुकुम पूर्व छैठौँ नम्बरमा परेको छ।

डडेलधुरा र काठमाडौं जिल्ला प्रशासन भने क्रमशः सातौँ र आठौँ नम्बरमा परेका छ्न्। सबभन्दा कम नम्बर ल्याउने ७७ औँ जिल्लामा सिराह जिल्ला प्रशासन परेको छ। उसले ६१.५६ नम्बर पाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

चन्द्रकान्त खनाल/रूपन्देही का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link