Home » Archives for डा. रघुनाथ अधिकारी ‘निलमशेखर’ » Page 2
Author

डा. रघुनाथ अधिकारी ‘निलमशेखर’

सौहार्दता मानवको सामाजिक जीवनका निम्ती अपरिहार्य आवश्यकता हो। सौहार्दताको अभावमा वैमनस्य र अपराध वृद्धि हुन्छ। अपराध नियन्त्रणमा महत्त्वपूर्ण मुख्य तीन पक्षहरू रहेका हुन्छन्। पहिलो आचार, दोस्रो धर्म, र तेस्रो कानून। यस आलेख भित्र यिनै विषयलाई केन्द्र मानेर चर्चा गरिएको छ।

सामाजिक नियन्त्रणमा सदाचार

‘पिउने पानीको श्रोत धारा, कुवा इनार र खोलाको वरिपरि दिसा पिसाब गर्नु हुँदैन नाग लाग्छ वा सिमे, भूमे लाग्छ, मानिसको पिसाब फेर्ने अंग सुनिन्छ र घाउ हुन्छ।’, ‘बाटोमा पिसाब फेर्ने मानिसलाई आगो ताप्दा धुवाँको मुस्लो उसको अनुहारतिर सोझिन्छ।’, ‘बाटो हग्नेको गुदद्वारमा घाउ हुन्छ। बाटोमा थुक्नु, खकार्नु हुँदैन।’, ‘बाटोमा काँडा छर्नु हुँदैन।’, ‘सजाय दिनुपरे टाउकामा पिट्नु हुँदैन।’, ‘ढाँटेको …

सामाजिक सौहार्द र अपराध नियन्त्रणमा आचारिक शिक्षा
0 comment
0 FacebookTwitterEmail

आखिर ‘जन्मले नेता बन्ने तिम्रो तन्त्र हामीलाई मान्य छैन’ भनेर नै हामीले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था रोजेका हौँ। अहिले लोकतन्त्र त पायौँ तर यसको प्रयोग गर्ने पद्धति न पर्याप्त मात्रामा अरुबाट सिक्न सक्यौँ न आफैले मौलिक प्रकारको लोकतान्त्रिक पद्धतिको विकास गर्न सक्यौँ। हामीले भन्ने  गरेको लोकतन्त्रको कैयौँ पक्षहरूमा विकृततन्त्रको ऐजेरु मौलाएको हुँदा लोकतन्त्ररूपी वृक्ष होइन त्यही विकृतिको ऐजेरुलाई नै लोकन्त्रकारूपमा चित्रित गर्ने गरिंदै छ। अर्को परीक्षित उत्तम विकल्प उपस्थित नहुदाँसम्म लोकतान्त्रिक प्रणालीको विकल्प छैन र यदि यसको विकल्प केही छ भने त्यो केवल उन्नत लोकतान्त्रिक परिपाटी नै हो। यस्तो लोकतन्त्र भनेको समाजवादका आदर्शहरू बोकेको जनकेन्द्रित (पिपलसेन्टर्ड) र सहभागितामूलक (पार्टीसिपेटरी) लोकतन्त्र हो। …

लोक र आचार छाडेको लोकतन्त्र
0 comment
0 FacebookTwitterEmail

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा दलहरू प्रतिष्पर्धा लागि आन्तरिक तयारीमा जुटिरहेका छन्। यस वेला आम जनतादेखि लिएर दलका सदस्यहरू र तल्ला समितिहरूमा आवद्ध कार्यकर्ताहरूलाई समेत दलहरूले कस्तो घोषणापत्र ल्याउलान भन्ने चासो बढिरहेको छ। हाम्रा प्राथमिकताहरू घोषणापत्रमा कसरी समेटिने हुन्? उमेदवार कसलाई उठाउने हुन्? हामीले रुचाएको मानिस उठाउलान् कि अरु नै? हाम्रै निर्वाचन क्षेत्रको स्थानीय व्यक्तिलाई उठाउलान् कि बाहिरको?  हाम्रै बिरादरीको उमेदवार होलाकी अरु नै, महिलालाई उठाउलान् कि पुरुषलाई? वर्चस्वधारी समूहको हुनेकि दमित समूहको? अरु दलहरूले कस्तो व्यक्तिलाई टिकट देलान्? कोही स्वतन्त्र व्यक्ति पनि उठ्लान् कि? आफू सम्बद्ध भएको दलले यो प्रक्रियामा मसँग पनि केही सुझाव माग्छ कि उनीहरूले …

0 comment
0 FacebookTwitterEmail

‘मलाई छोराले बचन लायो‚ बुहारीले मुख छोडी‚ नातिले हप्कायो‚ घरमा छोरा बुहारी र नातिनातिनाले देख्न नसकेकाले घर छोडेर वृद्धाश्रम आएँ‚ छोरो त असल नै हो अर्काकी छोरी कहाँ आफ्नी हुनसक्थी र? बुहारी त असल छे आफ्नै छोरोले भने दुश्मनको झैँ व्यवहार गर्छ‚ घरै छोडेर हिडौँ जस्तो लाग्छ।’; ‘घरमा लोग्ने र सासुको सदाको कचकच‚ माइत जाउँ भने पनि भाउजूले देख्न सक्दिनन्‌‚ मेरै भाग्य फुटेको होला।’; ‘आफैँले मागेर झ्याँइ झ्याँइ अन्माएर ल्याएकी बुहारीलाई देख्नै नसके पछि म बुबा आमाको पक्ष लिउँ कि श्रीमतीको ? म छुट्टिन बाध्य भएँ।’; ‘मलाई त्यसले यसरी हियाएर भन्ने? मुख छोड्ने? धारे हात लाउने? अरुलाई कुरा लाउने? मेरो …

अन्तर्विरोधका अनेकन कारणको सकारात्मक निरूपण
0 comment
0 FacebookTwitterEmail

नयाँ सम्प्रदायको प्रवेश

‘बाबुले ओम छान्ति (ओमशान्ति) भन्छ! लाधेश्याम (राधेश्याम) भन्छ ! शाहीनाम (शाहीराम) भन्छ! जयमशी भन्छ ! लु भन भन… ! कति ज्ञानी बाबु त…! यस्तो ज्ञानी अरु त कहाँ छन् र… !’  अनि ‘आमा ओम शान्ति ! हजुरबा जयगुरुदेव !  हजुरआमा राधेश्याम ! अङ्कल/आन्टी जयमशी !’ जस्ता शब्दहरू आजकाल समाजमा नवोदित ढङ्गबाट प्रचलित भइरहेका छन्।  यी शब्दहरूले हाम्रा परम्परागत आदर वा सम्मान सूचक शब्दहरू जस्तो कि नमस्कार, नमस्ते, ढोग, प्रणाम आदिको प्रयोगलाई विस्थापित गरिरहेका छन्। आफू हुर्कंदाका क्रममा सिकेर प्रयोग गरिल्याइएका यी आदर वा सम्मान सूचक शब्दहरू किन निलम्बित वा खारेज भएर अहिले हाम्रो समाजमा अरू  नै नयाँ …

नेपालमा नयाँ धार्मिक सम्प्रदायको प्रवेश र सामाजिक विग्रह
0 comment
0 FacebookTwitterEmail

नेपालमा प्रचलित लोक साहित्यमा नेतृत्वको कुरा गर्दा राजा, रानी, राजकुमार र राजकुमारीहरूका प्रसङ्गहरू बढ्ता पाइन्छन्। हाम्रा दन्त्यकथाहरू सुरु हुन्छन् ‘एका देशमा एक जना राजा थिए…’ भनेर तर वि. सं. २००७ सालको सेरोफेरोमा आएर नेपालमा नेतृत्वसँग सम्बन्धित नेता, नायक जस्ता केही नवीन शब्दहरूको प्रयोग हुन थाल्यो। यसको अर्थ हो समाजमा राजाको सट्टा अब नयाँ स्वरूपको नेतृत्वको उदय भैरहेको थियो। नेतृत्त्व गर्नु, मार्ग देखाउनु, लिएर जानु, आदि अर्थ वहन गर्ने संस्कृतको नी धातुबाट व्युत्पन्न भई निर्माण हुने शब्द हुन् नीति, नेता, नेतृ, नाय, नायक, नायिका र नेपालीमा नकारात्मक रूपमा चित्रण गर्दा नायकलाई ‘नाइके’ बनाएको पाइन्छ र समासको अन्त्यमा आएमा, ग्रामणी, अग्रणी, सेनानी …

0 comment
0 FacebookTwitterEmail

अहिले जमाना बदलिएको छ। मानिसको त के कुरा, पशुपन्छीको स्वभावमा पनि परिवर्तन आएको छ। रूपी (सारौं) ले पनि प्लास्टिकको गुँड लगाउन थालेको छ ! कागले गाउँका बारीमा रोपेको बदाम चुचोले उखेलेर खान सिकेको छ अनि सहरमा घर बनाउँदा प्रयोग गरिने ढलान–तार लगेर गुँड बनाउन पनि जान्ने भएको छ ! सहरबजारका छाडा गाईवस्तुहरू तरकारी बिक्रेताले डालो (ढाकी) मा बोकेर लगिरहेको तरकारी थुतुनाले हानेर तलझारी खान जान्ने भएका छन् ! वानर झ्याल ढोका खोलेर घर भित्र पसी चोर्न जान्ने भए ! अझ रोचक त के छ भने आजकाल वानरहरू सुन्तलाको बोक्रा छोडाउँदा त्यसको रागले आँखा नपोलोस् भनेर आफ्ना पिठ्युँतर्फ राखेर छोडाउन थालेका …

0 comment
0 FacebookTwitterEmail

स्टेपस्‌को घाँसे मैदानमा विचरण गर्ने अग्ला र बलिया घोडाको वेगवान गति देखेर लोभिएका प्रागैतिहासिक मानवले घरपालुवाकरण (डोमेष्टिकेसन) गर्दै सालीहोत्र (घोडा दाउने कला) को जब विकास गरे मानव जातिको इतिहासमा सामान्य राज्यहरूलाई साम्राज्यको सामर्थ्यमा माथि उठाउने पहिलो सामरिक सामर्थ्य यही अश्व शक्तिबाट प्राप्त भयो। सायद ऋगवेद पुरुष सुक्त (१०–९०–१०) मा वर्णित ‘तस्मादश्वा अजायन्त ये के चोभयादत:। गावो ह जज्ञिरे तस्मात् तस्माज्जाता अजावय:।।’ अर्थात् ‘पहिले, माथि र तल दुवैतिर दाँत भएका घोडा प्रकारका जानवर र त्यसपछि गाई, बाख्रा र भेडा जस्ता जनावरहरू उत्पन्न भए’ भन्ने वाक्यांशले घोडाको घरपालुवाकरणतर्फ इङ्गित गरेको मान्नु पर्दछ। स्वचालित यन्त्रको आविष्कार र प्रयोग नभएको त्यस युगमा स्थलमार्ग यातायातमा …

0 comment
0 FacebookTwitterEmail

परलौकिक मोक्षको कामना गर्नेहरूले ईश्वर प्राप्तिलाई आफ्नो परम लक्ष बनाउने गरे झैं झण्डै आधा शताब्दी यता प्रजातन्त्र, समाजवाद र साम्यवाद बहुमत नेपालीको इहलौकिक मुक्तिको लक्ष बनेको देखिन्छ। नेपालका ठूला र पुराना राजनीतिक दलहरू यी नै दुई दार्शनिक विचारधाराका केन्द्रको वरिपर परिक्रमा गर्छन्। नेपालमा २००७ सालको क्रान्ति पछि राजनीतिक वृत्तमा सम्भवत सर्वाधिक वाचन गरिएका शब्दहरू हुन् ‘कांग्रेस’ र ‘कम्युनिष्ट’। उत्पत्तिगत हिसाबमा भन्नु पर्दा केवल यी दलका नाम चिनाउने शब्द वा दलहरूको नामकरण मात्र होइनन् दलीय व्यवस्था नै पश्चिमी विश्वमा उदीयमान बन्न पुगेको पुँजीवादी उदार लोकतन्त्र र त्यसको प्रतिवर्गीय वैचारिक गन्तव्य समाजवाद र साम्यवादी विचारधाराबाट अभिप्रेरित भएको देखिन्छ। उक्त विचारधारा र प्रभाव …

कुलीनतन्त्रीय रोमान्टिक नेतृत्व र परिवर्तनको आकाङ्क्षा 
0 comment
0 FacebookTwitterEmail

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा सञ्चालित पछिल्लो शसस्त्र विद्रोहको सुरक्षित अवतरण (सेफलेण्डिङ्) र त्यस पार्टीमा आएको विग्रहपछि अब नेपाली राष्ट्रिय समाजमा राजनीतिक क्रान्ति र विद्रोहको अवसान भएको हो त? नेकपा (माओवादी) द्वारा सञ्चालित दशवर्षे सशस्त्र युद्धको अवतरण र वर्तमान संविधान प्राप्तिपछि यो दल कैयौं समूहमा विभाजित बन्दै र कमजोर हुँदैजाँदा अब त्यसको नेतृत्वमा पुन: क्रान्ति हुने सम्भावना समाप्त भएको हो ? मधेसी जनअधिकार फोरमदेखि विभिन्न नामहरूमा परिवर्तित हुँदै मधेश विद्रोहको अगुवा बन्न पुगेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएर छरिएको अवस्थामा त्यस पार्टीको नेतृत्वमा मधेस लगायत नेपाली राष्ट्रिय समाजको रूपान्तरणका लागि पुन: विद्रोह र क्रान्ति हुने सम्भावना …

नेपालमा क्रान्तिको अवसान कि नयाँ क्रान्तिको सन्नाटा?
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved