Home » Archives for नारायण खड्का/तनहुँ » Page 3
Author

नारायण खड्का/तनहुँ

गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिने पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य अनेकन झमेलामा फसेर ढिलो हुन थालेको छ। विस्तार कार्यमा सानाठूला बजार क्षेत्र हटाउने, रूख काट्नेदेखि प्राकृतिक श्रोतमा स्थानीय पालिकाको दाबीसम्मको चुनौती छ। अर्को ठूलो चुनौतीचाहिँ मर्स्याङ्दी जलविद्युत गृह छलेर सडक अगाडि लाने पनि हो।

पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक खण्ड विस्तार कार्य अगाडि बढाइएको छ। सन् १९७४ मा चीन सरकारको सहयोगमा राजमार्गको नौबिसे–पोखरा १७४ किमी लम्बाइको सडक खण्ड निर्माण गरिएको थियो। एक लेन मात्र निर्माण गरिएको सडक आर्थिक वर्ष २०४९/०५० मा दुई लेनमा विस्तार गरिएको हो।

मुग्लिनबाट करिब १६ किमीसम्म दुई लेन र त्यहाँबाट पोखरासम्म ‘इन्टरमिडियट लेन’ विस्तार गरिएको थियो। गत …

अनेकन चुनौतीले सुस्ताएको मुग्लिङ–पोखरा सडक बिस्तारको काम
0 comment
0 FacebookTwitterEmail

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले प्रदेशका छ जिल्लामा सेवा प्रवाह गर्दै आएको छ। प्रदेशका कास्की, तनहुँ, मनाङ, लमजुङ, गोरखा र नवलपुर जिल्लामा प्रदेश र संघ सरकारबाट प्राप्त बजेट तथा तोकिएर आएका कार्यक्रमहरू सम्पादन गर्ने गरेको छ।
महत्वपूर्ण र संवेदनशील जलाधार क्षेत्रको एकीकृत संरक्षणका माध्यमबाट खेतीयोग्य भूमिको संरक्षण तथा उत्पादकत्व वृद्धि गरी जनताको समृद्धिमा टेवा पुर्‍याउने गरी काम गर्ने गरेको कार्यालयले बताउने गरेको छ। कार्यालयका सेवा क्षेत्रमा जिल्ला बाढी, पहिरो, नदी कटान, भू–क्षय जस्ता समस्या बर्सेनि बढ्दै गएका छन्।

वातावरणमैत्री क्रियाकलाप नहुँदा बाढीपहिरो, नदी कटान, डुबान जस्ता समस्याबाट यी जिल्लाका नागरिकले …

एउटा कार्यालयको जिम्मामा छ जिल्ला: सेवाग्राहीलाई सेवा लिन समस्या
0 comment
0 FacebookTwitterEmail

ग्रामीण पर्यटन प्रवर्द्धनमा होमस्टे (घरबास)ले महत्वपूर्ण भूमिका खेल्दै आएको छ। पर्यटन प्रवर्द्धन गरी गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ पछिल्ला केही वर्ष यता ग्रामीण क्षेत्रमा होमस्टे सञ्चालन गर्ने क्रम पनि बढेको छ।
तनहुँको व्यास नगरपालिकाको वडा नं. १३ स्थित आँपस्वाराको सामुदायिक होमस्टेले भने अलि फरक भूमिका निर्वाह गर्दै आएको छ। यहाँका १८ घर परिवार दलित समुदायले समाजमा व्याप्त छुवाछुत अन्त्यका लागि होमस्टे सञ्चालन गरेका छन्। २०७२ सालदेखि सञ्चालनमा आएको यो होमस्टे मुलुककै पहिलो दलित होमस्टे मात्रै होइन समाजमा नमुना समेत बन्दै गएको छ।
रोजगारीका लागि भारत पसेका स्थानीय रेशम बिक गाउँ फर्किएपछि गाउँमै होमस्टे चलाउने सोच बनाए। गुरूङ, मगर, क्षेत्री, …

होमस्टेले ल्याएको परिवर्तन: दलित समुदायको भान्सामा गैरदलित
0 comment
0 FacebookTwitterEmail

मोबाइल फोनको प्रविधि, त्यसमा जोडिएको इन्टरनेट र त्यससँग जोडिएको सामाजिक सञ्जालका फाइदा धेरै छन् तर तिनको सही प्रयोग गर्न नजान्दा अहिले   त्यसले गाउँगाउँमा पारिवारिक सम्बन्ध बिथोल्दै लगेको छ। डिजिटल लिटरेसीको अभावमा यसले हाम्रो समाजमा पारेको असरलाई यतिबेला कसैले पनि गम्भीरताका साथ लिएको देखिँदैँन।

अधिकांश नेपालीको हातहातमा अहिले स्मार्ट फोन (मोबाइल)  छ। स्मार्ट फोन बोक्ने अधिकांश इन्टरनेटसँग जोडिएका पनि छन्। इन्टरनेटका माध्यमबाट स्मार्ट फोन बाहकले प्रयोग गर्ने सामाजिक सञ्जाल ( फेसबुक, टिकटक, म्यासेन्जर, भाइबर आदि) ले फाइदा र बेफाइदा दुबै दिइएको पनि छ। मनोरञ्जन त छँदैछ, सूचना तथा संवाद आदानप्रदानमा पनि सहजता भएको छ। तर,

0 comment
0 FacebookTwitterEmail

भौतिक विकासलाई मात्र ‘विकास’ मान्ने पञ्चायतकालीन नेपाली मानसिकताको एउटा उदाहरण हो दमौली। अहिले दमौलीमा चिल्ला सडक छ, भव्य महलहरू छन् तर  संस्कृति र सभ्यता मासिएको कहाँ गयो अनि डमौलीका रैथानेहरू जरो उखालिएर कहाँ पुगे कसैलाई थाहा छैन।

चन्द्रबहादुर दरै उमेरले सात दशक कट्नुभयो। तनहुँको व्यास नगरपालिका–१ भादगाउँका बासिन्दा चन्द्रबहादुरका लागि दमौलीलाई डमौली हो । वि.सं. २००८ सालमा जन्मेर यही डमौलीमा हुर्किनुभएको चन्द्र बहादुर दरै यो दमौली भन्दा त्यो डमौली नै रमाइलो लाग्छ।

तनहुँको सदरमुकाम दमौलीलाई अघिल्लो पुस्ताले डमौली भनेर चिन्छन् । त्यही डमौलीमा दरै, बोटे समुदायको बाहुल्यता थियो । तनहुँ मगर समुदायको पनि बाक्लो बस्ती भएको जिल्ला हो । …

डमौली ‘दमौली’ बन्यो, तर नासियो डमौलीको सभ्यता !
0 comment
0 FacebookTwitterEmail
  • नेताको चुनावी भाषणमा कालोपत्र बनेको बुद्धसिंह मार्ग हिउँदमा धुलो, बर्खामा हिलोको सास्ती,
  • पृथ्वीराजमार्गको वैकल्पिक र तनहुँको कछार क्षेत्रका बासिन्दाको ‘लाइफलाइन’ बुद्धसिंह मार्ग सधैँ उपेक्षामा

पृथ्वीराजमार्गमा संकट आएपछि त्यसको वैकल्पिक सडकको याद धेरैलाई आउँछ अनि कुरा हुन्छ पोखरा–चितवन जोड्ने छोटो सडक बुद्धसिंह मार्गको। तर कुरै मात्र गरेर त यो सडक नबन्ने रहेछ। गफै मात्र बढी गर्ने नेता र कर्मचारीहरूबाट दिक्क भएका स्थानीय बासिन्दा त्यसैले त भन्छन्, “यीनले काम नपर्दासम्म न सहिद बुद्धसिंह राना सम्झन्छन् न उनको नाममा बनाइएको यो बाटोलाई।”

वि. स. २०१८ सालमा प्रजातान्त्रिक आन्दोलनका क्रममा भरतपुरमा सहिद हुनुभएका भानु नगरपालिका- ५ बरभञ्ज्याङका बुद्धसिंह रानाको स्मरणमा नामाकरण गरिएको …

पृथ्वीराजमार्गको वैकल्पिक बुद्धसिंह मार्ग: ट्रयाक खनेको तीस वर्षसम्म “निकास र विकासविहिन”
0 comment
0 FacebookTwitterEmail

स्थानीय निर्वाचन मिति नजिकिँदै जाँदा तनहुँका १० वटै पालिकालाई चुनावी गतिविधिले तताएको छ। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाहीमा परेका कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूह अहिले तनहुँ कांग्रेसका अगाडि चुनौती बनेर खडा भएको छ।

२०७६ साउन १० गते नेपाली कांग्रेसको अनुशासन समितिले पार्टी सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि जोशीलाई कारबाही गरेको थियो। पटकपटक मन्त्री हुँदा विकास निर्माणमा जोशीले खेलेको भूमिकाका कारण उनको जनाधार गाउँ गाउँमा भएको पाइन्छ। जोशी पक्षका कार्यकर्तालाई सम्मानजनक भूमिका नदिँदा अहिले तनहुँ कांग्रेसलाई चुनौती थपिएको हो।

गोविन्दराज जोशी यतिबेला स्वतन्त्र समूह बनाएर आफ्नो शक्ति परीक्षणमा …

तनहुँमा स्थानीय निर्वाचन: शक्ति परीक्षणमा रामचन्द्र र गोविन्दराज
0 comment
0 FacebookTwitterEmail

स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै तनहुँका जनप्रतिनिधि महिलाहरूले राजनीतिक दलले महिलालाई प्रमुख वा निर्णायक पदमा नेतृत्व गर्ने अवसर दिनुपर्ने आवाज उठाउन थालेका छन्।

अघिल्लो स्थानीय तहको निर्वाचनमा तनहुँको १० स्थानीय तह मध्ये म्याग्दे गाउँपालिकामा मात्र नेपाली कांग्रेस तर्फबाट अध्यक्ष पदमा महिला उम्मेदवारलाई टिकट दिइएको थियो। अन्य नौ स्थानीय तहमा महिला उपमा नै सिमित भएका थिए। जिल्लाका ८५ वडामध्ये ऋषिङ गाउँपालिका–८ मा भविसरा आले वडाध्यक्ष निर्वाचित हुनुभयो। यी मध्ये केही वडामा खुला तर्फबाट महिला वडा सदस्य निर्वाचित भए। नौ स्थानीय तह र ८४ वडाको प्रमुख पदमा पुरुष नै हावी भए भने महिला कोटामै सिमित हुन पुगे।

स्थानीय तहको निर्वाचन आउन अब …

जनप्रतिनिधि महिलाको उद्‍घोष ‘उप मात्र हैनौं प्रमुख हुने क्षमता हामीसँग छ।’
0 comment
0 FacebookTwitterEmail

ऐतिहासिक महत्व बोकेको रमणीय स्थल तनहुँसुर कुनै समय गुलजार थियो।तनहुँको व्यास नगरपालिका११ मा पर्ने यो क्षेत्र ऐतिहासिक हिसाबले मात्र होइन धार्मिक, साँस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले पनि उत्तिनै महत्वपूर्ण मानिन्छ।माओवादी द्वन्द्वकालमा गाउँमा बस्न नसकेर र त्यसपछि पनि अन्य सुविधाहरूको खोजीमा यहाँका स्थानीयहरू नजिकको बजार क्षेत्र र तल बेँसीतिर बसाइँ सदै जान थालेपछि एक समय यहाँका गाउँहरू सुनसान झैँ भइसकेका थिए।अहिले आएर भने स्थानीयवासी एवं सरोकारवाला निकाय तनहुँसुरलाई पुनर्जीवन दिने प्रयासमा लागिपरेका छन्।

सेवा, सुविधाको खोजीमा तनहुँसुरका बासिन्दाहरू शहरकेन्द्रित हुँदै जाँदा त्यहाँका परम्परागत संरचनाहरू खण्डहर बन्न पुगेका थिए भने त्यहाँका खेतबारी र पाखाहरूसमेत उजाड हुँदै गएका थिए।अहिले तनहुँसुरमा …

खण्डहर बनेको तनहुँसुरलाई पुनर्जीवन दिने प्रयास
0 comment
0 FacebookTwitterEmail

अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाहका बारेमा सञ्चार माध्यममा नै अदालत खडा गरेर दिनहुँ तमासाले हैरान छ दमौली।अनेकखालका अनलाइन मिडिया, यूट्युवर र विभिन्न सामाजिक सञ्जालका सञ्चालक तथा प्रयोगकर्ताले यो मिडिया ट्रायल चलाइरहेका छन् ।

नावालिग बलात्कारका अभियुक्त अभिनेता पल शाह अहिले जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन्। बलात्कारको आरोपमा तनहुँ प्रहरी कार्यालयमा आफूविरुद्ध जाहेरी दर्ता भएपछि भाग्दै हिँडेका पल शाह पाँच दिनपछि गत आइतबार प्रहरीको सम्पर्कमा आएका थिए। प्रहरीको सम्पर्कमा आएपछि उनलाई हिरासतमा लिई जिल्ला अदालतबाट सात दिनको म्याद थपेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। पल शाह तनहुँ प्रहरीको हिरासतमा रहेसँगै …

0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved