Home » Archives for अनिल तिवारी /वीरगञ्ज » Page 10
Author

अनिल तिवारी /वीरगञ्ज

भ्रमको मज्जा गज्जबकै हुन्छ । भ्रमित सत्यले जीवनदृष्टि नै कुनै आग्रहतिर लतारिदिन्छ । जीवनको प्रतिक्रियालाई क्रिया बनाइ दिन्छ । चाहे त्यो व्यक्तिको कुरा होस् वा कुनै मुलुकको प्रशासनिक गतिशीलताको कुरा होस्। यस्तै भ्रमजाल साबित हुँदैछ छिमेकी गरिब मुलुकको लागि चीनको वीआरआई परियोजना । चीनले छरेको विकास रूपी वीआरआईको भ्रमजाल क्रमश खुल्दैछ। विकासको आशामा हरेक साना छिमेकी मुलुकमा आत्मीय ऊर्जा फैलाउदै वीआरआई एक्काईसौँ शताब्दीको स्वर्णीम युगका सपना छरियो। तर श्रीलङ्का ,पाकिस्तान र त्यसपछि बङ्गलादेशमा देखा परेको आर्थिक सङ्कटको अवस्थाले त्यस मुलुकका सरकार मात्र नभइ जनतामा पनि आक्रोशको भयावह प्रवाह बढाएको छ।

सिद्धान्त, आचरण, सपना, विचार र व्यवहारमा सन्तुलन मिलाउन नसक्ने भनेर …

0 comment
0 FacebookTwitterEmail

एकतर्फ सत्ताधारी गठबन्धनमा हानथाप क्रमिक रूपमा बढ्दै गएको छ। अर्कोतर्फ एमालेलाई भने मधेसी कार्यकर्ताको संख्या बढाउन भ्याइनभ्याइ छ। चुनावी सरगर्मी बढ्दै जाँदा ओली मधेसी पहिरनमा सजधज हुँदै मधेस दौडमा व्यस्त हुनुहुन्छ र यसले उहाँको धपेडी बढेको छ।

त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुबैलाई भने नेता कार्यकर्ता जोगाउन निकै हम्मे परेको छ। जसको मुख्य कारण हो- मधेसी दल छाड्नेहरूको लर्को । पाँच वर्ष अघि मधेसमा प्रवेश निषेध गरिएका एमाले अध्यक्ष ओलीलाई अहिले जनकपुरदेखि वीरगञ्ज र विराटनगरसम्म रातो कार्पेट ओछ्याएर स्वागत गरिँदै छ।

मधेसमा लोकतान्त्रिक धारको रूपमा रहेको सबै भन्दा पुरानो पार्टी नेपाली कांग्रेसमा गठबन्धनको अंशबण्डाले …

मधेसको राजनीतिः कांग्रेसमा ‘प्रवेश निषेध’, एमालेमा ‘भर्ना खुला’
0 comment
0 FacebookTwitterEmail

कडा लडाउन लगाइए पनि  चीनको हाइनानमा तीब्र गतिले कोरोना संक्रमण फैलिएको छ। सङ्क्रमितको संख्या यता तीन महिना सबैभन्दा बढी भएको  छ। सङ्क्रमितहरूको उपचारमा हजारौं स्वास्थ्यकर्मी खटिएका छन्। चीनमा पुन कोविड–१९ को संक्रमण दर तीन महिनाको उच्चमा पुगेको हो। दक्षिणी हेनान टापु क्षेत्रमा बिग्रँदै गएको अवस्थाले गत वर्षको साङ्घाई बन्द भएदेखि नै सबैभन्दा चिन्तित बनाएको हो।
यसबाहेकका गर्मी ठाउँहरूमा सङ्क्रमणको बढ्दो क्रमले गर्दा अझै अवस्था भयभीत हुनसक्ने  स्वास्थ्यकर्मी चीन्ता रहेको बताइएको छ। चीनको छिमेकी प्रान्तहरूले यस क्षेत्रका यात्रु तथा नागरिकहरूलाई प्रवेशमा रोक समेत लगाएका छन्। जसले गर्दा तिब्बतको राजमार्गमा सयौँ सवारी साधनहरू अलपत्रमा परेका छन्।

अर्कोतर्फ सियामेनको तटीय सहरका अधिकारीहरूले यस …

0 comment
0 FacebookTwitterEmail

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले पार्टीकै नेताकै अर्घेलोले गर्दा वीरगञ्जको विकासकार्यले गति लिन नसकेको गुनासो केन्द्रीय अध्यक्ष उपेन्द्र यादव समक्ष गर्नुभएको छ । हालै वीरगञ्जमा सम्पन्न जनता समाजवादी पार्टीको केन्द्रीय विस्तारित समितिको बैठकमा मञ्चासीन केन्द्रीय सदस्य एवम निलम्बित सांसद हरिनारायण रौनियारप्रतिको अप्रत्यक्ष गुनासो थियो । कार्यक्रममा मेयर सिंहले स्वागत मन्तव्य व्यक्त गर्दै भन्नुभयो– ‘अध्यक्षज्यू, पार्टीकै नेताहरू ठेक्का लिने, समयमा काम नगर्ने, अरुको ठेक्का पर्दा कानुनी अर्धेलो थप्ने जस्ता कार्यले गर्दा महानगरका कतिपय विकास कार्यले गतिलिन नसकेको अवस्था छ ।’ मेयर सिंहले कालोसूचीको अग्रस्थानमा रहेको पप्पु कन्स्ट्रसन प्रति लक्षित गर्दै भन्नुभएको थियो ।

यस्तै पर्साको तिलावे पुलको उद्घाटन कार्यक्रमका अधिकांश वक्ताहरूले …

चार वर्षमा पनि बनेन पुल
0 comment
0 FacebookTwitterEmail

चुनाव नजिकिँदै जादा मधेसी दल छाड्नेको ओइरो बढेको छ। लोसपा वा राजपा दुवै दलका नेता टिकट पाउन एमालेमा लम्पसार हुन थालेका छन्। संविधान जारी भए पछि मधेसमा  भएको आन्दोलनका मुद्दा भन्दा पनि मधेस जनप्रतिनिधि सत्तालिप्सामा लागेको कारण यहाँको राजनीतिमा नैतिकता सकिएको जानकारहरूको भनाइ छ। मधेसको राजनीति, नीति वा नैतिकताभन्दा पनि नाफा घाटाको जोडघटाउमा परिणत भएकै कारण मधेश आन्दोलनकारी दलमा विकृति बढेको हो। त्यसैले मधेसका नेता मूलधारका राजनीतिक दलमा जान थालेका छन्।

‘आफ्नो प्रहरी, आफ्नै शासन’, ‘मधेसमा मधेसीको सरकार’ जस्ता आन्दोलनमा उठेका माग छाडेर स्थानीय जनप्रतिनिधिहरू र मधेस प्रदेश सरकारमा सहभागीहरूले गरेको भ्रष्टाचार र अनियमितताले जनताको उनीहरू प्रति वितृष्णा बढेको हो।…

सत्तालिप्साले चकनाचुर मधेसको सपना
0 comment
0 FacebookTwitterEmail

मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतलाई राजीनामा दिन निकै दबाब परेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएपछि दबाब बढेको हो। जसपा नेपालको राजनीतिक समितिको बैठकमा सहभागी हुन काठमाडौं पुगेका मुख्यमन्त्री राउत अझै प्रदेश फर्किएका छैनन्। प्रदेश सरकारका केही मन्त्रीहरूलाई टेलिफोन गरी केन्द्रीय अध्यक्षले मुख्यमन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको पार्टी स्रोतको भनाइ छ।
केन्द्रीय अध्यक्ष यादवले दुईटा कारण देखाउँदै राउतलाई तुरुन्त मुख्यमन्त्री पद छाड्न निर्देशन दिएका हुन्। ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा भएको चरम अनियमितताको कारण देखाउँदै राजीनामा माग गरिएको जसपाका एक केन्द्रीय नेताले बताए। उनले भने– ‘बेटी बचाउ, बटी …

मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग, राजीनामा दिने कुरो छैन: मुख्यमन्त्री राउत
0 comment
0 FacebookTwitterEmail

नहरमा पानी नआउँदा उसै पनि खेतीमा आकाशको मात्र भर छ। बीउबिजनको अवस्था पनि रामभरोसे छ। त्यसमाथि महलको हाहाकार। यसरी कृषकहरू अनेक पीडा खपिरहेको बेला कमसल मल आपूर्ति गर्ने माफिया पनि सक्रिय भएका छन्।
सरकारी संयन्त्र कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाहेक बितेको आर्थिक वर्ष २०७८/०७९ मा झण्डै ९० करोडको बिभिन्न थरी मल वीरगञ्जका दुई नाका भएर आयात भएको छ। ति मलहरूको गुणस्तरको लेखाजोखा छैन। बीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९मा ६२ करोड ५५ लाख ४२ हजार रुपैयाँ बराबरको बिभिन्न खालमा मल भित्रिएका छन्। त्यस्तै वीरगञ्ज सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार नाका भएर २६ करोड ५३ लाख …

ठगिए किसान, कमसल मलको व्यापक कारोबार
0 comment
0 FacebookTwitterEmail

मधेस प्रदेश सरकारले माग गरेको दोश्रो पटकको साइकल सप्लाइको ठेक्का ओम सत्यसाई प्रालि वीरगञ्ज लिए पनि त्यसको सबै चाँजोपाजो वीरगञ्जका उद्योगपति राजेश अग्रवालले मिलाउनु भएको खुलेको छ। आधिकारिक रूपमा चाहिँ यो ठेक्का राजेशकी श्रीमती मिरा अग्रवाल समेत साझेदार भएको ओम सत्यासाईले पाएको थियो। यसका अन्य साझेदारहरूमा राजेशकी बहिनी रेणु अग्रवाल हुनुहुन्छ। आफू भारतीय भएको कारण उद्योगपति राजेशले बहिनी र श्रीमतीको नाममा उक्त सप्लायर कम्पनी दर्ता गराएका थिए। यसमा अर्का एकजना साझेदार भएपनि पुष्टि हुन सकिरहेको छैन।

साइकल आपूर्तिको ठेक्का पाएको केही समयमै कोरोना महामारीका कारण नेपाल भारत सीमा बन्द भयो। त्यसपछि भारतमा  साइकलको मूल्य उकासियो। अनि शुरु भयो आपुर्तिमा चलखेल। …

यसरी गरिएको हो ५ हजार ६ सय साइकलमा गोलमाल
0 comment
0 FacebookTwitterEmail

कोलकाता भारत – नेपालका लागि हुने तेस्रो मुलुकबाट हुने आयातको सबै खालका कार्गोका लागि ‘इलेक्ट्रोनिक डाटा इन्टर एक्सचेन्ज’ (इडीआई) अनिवार्य गरिएपछि सहजता आएको छ। ‘इडीआई’ लागू  गर्ने विषयमा एक दशक देखि प्रस्तावित गरिए पनि  औपचारिक रुपमा यसलाई लागू गर्न सकिएको थिएन। अहिले इडीआई पूर्ण रुपमा लागू भएपछि अपेक्षा अनुसार यसले व्यापारलाई सहज बनाउन सघाएको कलकत्ता स्थित नेपालका महावाणिज्यदूत ईश्वरराज पौडेलले बताउनु भयो।
उहाँले आईएनएससँग कुरा गर्दै भारत भएर तेस्रो मुलुकबाट  आयात हुने मालवस्तु भारतका बन्दरगाहबाट रेल वा स्थल मार्ग भएर आउन भारतीय भन्सारले यसमा औपचारिकता पुरा गरेपछि सहजता आएको बताउनु भयो। नेपालको लागि आयातित मालवस्तु भारतीय क्षेत्रबाट स्थानीय बजारमा अवैध …

अनिवार्य ‘इडीआई’ ले तेश्रो मुलुकबाट आयात सहज
0 comment
0 FacebookTwitterEmail

पहिलो स्थानीय चुनाव जितेर विजयकुमार सरावगी मेयर भएपछि वीरगन्ज महानगरपालिकामा गजबले चलेको हिन्दी फिल्मको डाइलग हो- ‘मेरे पास पैसा है,मै सबको खरिद लुगां’। अहिले यही सम्वादले विजयलाई जिस्काइरहेको छ। चुनावको मुखमा पैसाकै बलमा चुनाव जित्ने घमन्डले माउ पार्टी  परित्याग गरेर एमाले प्रवेश गरे पनि विजयलाई प्रतिस्पर्धी राजेशमान सिह श्रेष्ठले दोबरभन्दा बढी मतले हराएपछि पैसा सबै कुरा हैन भन्ने स्थापित भएको जस्तो देखिन्छ।
जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका विजय सरावगीलाई २३ हजार ६ सय ७१ मत परेको छ। सिंह २२ हजार ५ सय ४४ मतान्तरले विजयी हुनुभयो। उपमेयरमा निर्वाचित इम्तियाजले ३० हजार ७८ मत पाउनु …

राजेशमानलाई चाँदी मुकुट, वीरगञ्जमा चलेन नोटको जादु
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved