‘एक तरफ कुआ, दुसरा तरफ खाही’ यो भोजपुरी उखान आर्थिक महानगरी वीरगञ्जको चुनावमा धेरैको थेगो बनेको छ। वितृष्णा हुने गरी चुनाव अगाडि भएको दलीय टुटफुट, पार्टी प्रवेश र गठबन्धनको नाटकपछि एकजना पनि राम्रो उम्मेदवार नपरेकाले होला अहिले यहाँका हरेक चियापसल र पान दोकानमा यही उखान प्रयोग गरिन्छ।
चुनावको मुखमा दल चहार्दै हिँडेका दलबदलुहरू र आफ्ना उम्मेदवार नभएकाले नवप्रवेशीलाई नै उम्मेदवार बनाएका दलहरूका कारण राजनीतिमा अलिकति पनि नैतिकता बाँकी नरहेको यहाँका बुद्धिजीवीहरू बताउँछन्। ठाकुर राम बहुमुखी क्याम्पसका प्रध्यापक ललन द्विवेदीको भनाइमा आस्था र सिद्धान्तका कुरा नेता र दल दुबैमा ह्रास भएको छ। उहाँ भन्नुहुन्छ- ‘स्थानीय निकायमा विकास, समृद्धिको प्रतिपर्धा भन्दा पनि …