Home » Archives for अनिल तिवारी /वीरगञ्ज » Page 9
Author

अनिल तिवारी /वीरगञ्ज

सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सतेचना अभियान चलाएको छ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले मधेसमा बढेको जिहादविरूद्ध प्रदर्शन गर्दै जनता सचेतना अभियान सुरू गरेको छ।
शनिबार सप्तरीको राजविराजमा अभियानका अध्यक्ष विनय यादवको अध्यक्षतामा गरिएको प्रदर्शनमा अध्यक्ष उपेन्द्र यादवले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा जिहादी गतिविधिलाई बढावा दिएको भन्दै चर्को नाराबाजी गर्नुका साथै बुकलेट समेत बाँडेको थियो।
यसैगरी आइतबार राजविराज नगरपालिकाको वडा नम्बर ६ मुसहर टोलमा घरदैलो कार्यक्रम गर्र्दै जनतालाई सचेत गराउने कार्य गरिएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहले बताउनुभयो। चुनाव अवधिसम्म आफूहरूले घरदैलो गर्दै बुकलेट …

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘विदेशी जेहादी’ बाट चन्दा लिएको आरोप
0 comment
0 FacebookTwitterEmail

आन्दोलनका क्रममा मधेसी दलले वीरगञ्जलाई राजधानी बनाउने सपना बाडेँ । उपेन्द्र यादव देखि राजेन्द्र महतो र महन्थ ठाकुरलगायतका सबै नेताले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउने भाषण ठोकी रहे तर प्रदेशको राजधानी जनकपुर लगियो। त्यसपछि आर्थिक राजधानी बनाउने भन्दै मधेसी दलका नेता वीरगञ्जलाई आश्वासन दिने गरेका छन्। तर त्यसमा कोही गम्भीर छैन।

त्यसैले त नेताले देखाएका अनेकन सपनाले तर्सिरहेको छ वीरगञ्ज। नेता सपनामा धेरै कुरा देखाउँछन् तर व्यवहारमा वीरगञ्जको उही बेहाल छ, उस्तै बिजोग छ।

संविधानमा समावेश हुने अधिकारका कुरालाई लिएर मधेसमा विरोधको स्वर पहिले देखि आउन थालेको भए पनि २०७२ साउन ३१ का दिनदेखि सो आन्दोलन अनिश्चितकालीन तराईमधेस आमहडतालमा परिणत भएको …

नेताले देखाएका सपनाले तर्सिएको छ वीरगञ्ज
0 comment
0 FacebookTwitterEmail

चुनावी प्रचार प्रसार उत्कर्षमा भएको बेलामा मधेसको जनमत परिवर्तनको पक्षमा देखिएको छ। कुनै बेला मधेसका मसिहा भनाउन रुचाउने उपेन्द्र यादव एमालेसँगको गठबन्धन गरेपछि उहाँमाथि ओलीपथमा हिँडेको आरोप लागेको छ। मधेस आन्दोलनको रापतापमा चुनाव जितेसँगै आफूले दिएको वचन अनुसार संविधान पुनर्लेखन वा संशोधन भन्दा पनि केन्द्रिय  सरकार बनाउने भत्काउन खेलमा पाँच वर्षसम्म लागेकाले पनि मंसिर ४ गते त्यसको प्रतिउत्तर दिन आतुर रहेको देखिन्छन् मधेसी जनता।
समग्र मधेस सहितको स्वायत्त प्रदेश स्थापना गराएर मधेसलाई  मुक्ति दिलाउन गठन भएको मधेसी जनअधिकार फोरमको अध्यक्ष बने देखि उपेन्द्र यादवले स्थापित गरेको १५ वर्षको विरासत जोगाउन अहिले  धौ धौ परेको छ। मधेसी दल प्रति देखिएको मधेस …

0 comment
0 FacebookTwitterEmail

जनता समाजवादी पार्टी राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव मुख्यमन्त्री लालबाबु राउत गद्दी लगायतका नेताहरूलाई यसको चुनावी लडाइ ढुङ्गाको चिउरा चपाए झै बन्दै गएको छ।  पहिलो मधेस आन्दोलन पछि विराटनगरलाई राजनैतिक कार्यक्षेत्र बनाउनु भएका यादव दोश्रो संविधानसभाको चुनाव नराम्रोसँग हार्नुभयो।  संविधानको घोषणा पछि भएको ६ महिने मधेस आन्दोलन पछि रेणु यादवको सहयोगमा सप्तरीको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट चुनाव जित्नुभयो। तर यसपालिको निर्वाचनचाहिँ अध्यक्ष उपेन्द्र यादवका लागि ढुङ्गाको चिउरा चपाए झै छ।
अध्यक्ष उपेन्द्र यादव र उहाँको टिमको काम गर्ने शैली हेर्नका लागि पर्सा जिल्लाको तिलावे पुलको किनारमा सहिद पार्क हेरे हुन्छ।  यसको निर्माण योजना अधुरै छ। निर्माणाधीन पार्कमा स्थापना गरिएका …

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लङ्घन गर्दै पर्सामा कयौं कर्मचारीहरू चुनावी प्रचार प्रसारमा लागेको देखिएको छ ।  प्रचार प्रसार उत्कर्षमा रहेको वेला सम्बन्धित दलको नेता कार्यकर्ता लगायत उम्मेदवारका आफन्तहरू समेत घरदैलो लगायत विभिन्न कार्यक्रमलाई तिव्रता दिएका छन् । निर्वाचन आयोगले सरकारी तलब भत्ता खाने सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधि समेतलाई प्रचारप्रसारमा लाग्नबाट प्रतिबन्ध लगाए पनि केही जनप्रतिनिधि तथा सरकारी कर्मचारीहरूबाट आचारसंहिताको उल्लङ्घन गर्ने कार्य व्यापक रुपमा भइरहेको  छ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गर्ने माथि निगरानी बढाइएको दाबी गरीरहेकै बेला पर्सामा दर्जनौँ कर्मचारी तथा जनप्रतिनिधिहरू उम्मेदवारहरूको पक्षमा भोट माग्दै हिँडेको फोटो समेत  सामाजिक सञ्जाल भाइरल भएको छ। केही कर्मचारीहरूले

0 comment
0 FacebookTwitterEmail

यस पटक न मधेस आन्दोलनको ‘राप–ताप’ छ न त मधेसी आन्दोलनकै माग वा अधिकारको मुद्दा छ। रातारात सत्ताधारी गठबन्धनबाट एमालेसँग लहसिएपछि इच्छाए अनुसारका भागबन्डा त पायो जसपाले तर स्थानीय चुनावमा भएको हारजितको प्रतिशोध नसेलाउँदै भएको गठबन्धनले एमाले र जसपा दुबैलाई सकसमा पारेको छ। गठबन्धनलाई ठगबन्धन भन्दै दुबैदलबाट बिद्रोहको बिगुल बजाउदै धेरै  नेता तथा कार्यकर्ताले बागी उम्मेदवार बनेर चुनौती दिएका छन्।

एमाले र ओली  सबैभन्दा ठूला मधेस विरोधी भएको आरोप लगाउने उपेन्द्र यादव र उहाँका उम्मेदवार अहिले चुनावी सहधर्मीदल एमालेलाई गंगाजल छर्केर शुद्ध बनाउदै मधेस प्रेमी बनाउने चुनावी अभियानमा लागेको छ।

 

एमाले र ओली  सबैभन्दा ठूला मधेस विरोधी भएको आरोप …

0 comment
0 FacebookTwitterEmail

पर्साको पश्चिमी सीमामा रहेको ठोरीमा भारतीय पर्यटक आउने क्रम बढ्न थालेको छ। चारै तिरबाट जङ्गल र पहाडले घेरिएको उक्त बजार सीमावर्ती भारतीयहरूको लागि आकर्षणको केन्द्र बन्दै गएको छ। हुलाकी सडकको निर्माणपछि सदरमुकाम वीरगन्ज देखि ठोरीको दूरी नजिकिए पछि त्यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको भिड बढ्न थालेको हो। भारतीय सीमावर्ती शहर भिखाना ठोरीसँग जोडिएको ठोरीको राईधारामा पिकनिक खान आउनेको संख्या एक्कासी  बढेको छ।  तराईमा तिहार र त्यस लगतैको छठपर्व पछि पिकनिक मनाउने आउनेहरूको तातिनै लागेको छ।  त्यसमाथि भारतको बिहारमा ‘सराब–बन्दी’ अर्थात रक्सी बन्द भएका कारण पनि पिकनिक मनाउन भारतीयहरूको ओइरो लागेको हो। स्थानीयहरूका लागि  त्यसको व्यवस्थापन गर्न भ्याइ न भ्याइ छ।

0 comment
0 FacebookTwitterEmail

पर्सा जिल्लाको पश्चिमी सीमावर्ती  निर्वाचन क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा रोचक बन्दै गएको छ। प्रतिनिधि सभामा सत्ताधारी र प्रतिपक्षी गठबन्धनको तर्फबाट मात्र  उम्मेदवारी परेकाले पनि चुनावी  ध्रुविकरण दुई पक्षीय  बन्दै गएको हो। सत्ताधारी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मधेस प्रदेश इन्चार्ज रमेश रिजाल उम्मेदवारी दिनुभएको छ। उहाँको प्रतिद्वन्द्वी जसपा-एमालेको गठबन्धनबाट जालिम मिया चुनावी मैदानमा हुनुहुन्छ।

प्रतिनिधि सभाका दुबै प्रतिस्पर्धी उम्मेदवार एउटै गाउँपालिका जागरनाथपुरका  निवासी  हुनुहुन्छ। यस क्षेत्रमा पटक पटक सांसद बनेका रमेश रिजालसँग अपराध जगतका बाहुबलीको रुपमा स्थापित जालिम मियाको भिडन्त पहिलो पटक हुन लागेकाले पनि चुनावी मुद्दा दलगत, सिद्धान्त, विकास भन्दा पनि  उम्मेदवारको चरित्र र भ्रष्टाचारमा केन्द्रित भएको देखिएको

पर्सा ४: व्यक्तिको चरित्र र भ्रष्टाचार मुख्य चुनावी मुद्दा
0 comment
0 FacebookTwitterEmail

बजारमा यतिखेर उपलब्ध आयातित मध्ये ७० प्रतिशत माछा तस्करी भएर भित्र्याइएको भन्ने तथ्य फेला परेको छ। माछा तस्करी अचानक दिन दुई गुना राती चार गुना बढ्दै गएको तथ्यांकले देखाएको हो। भन्सार प्रक्रिया छलेर भित्र्याइएका माछाको क्वारेन्टाइन पनि नहुने भएकोले राजश्व चुहावटसँगै जनस्वास्थ्यको दृष्टीकोणले पनि यसरी भित्रिने माछा खतरनाक छ।

भारतबाट तस्करी गरी माछा भारी मात्रामा नेपाली बजारमा भित्र्याउने क्रम गत वर्ष भन्दा यो वर्षमा बढेको छ। माछाको आयात बितेको आर्थिक वर्षको तुलनामा करिब ३० प्रतिशतमा झरेको भन्सारको तथ्यांकले देखाएको छ। करिब ७० प्रतिशत माछा अहिले तस्करी मार्फत आउन थालेको हुनाले वैध आयात घटेको आयातकर्ताहरूले बताएका छन्।

आर्थिक वर्ष २०७८/०७९ मा

तस्करीको बाटो यसरी नेपाल भित्रिन्छ माछाः स्वास्थ्यका लागि खतरनाक
0 comment
0 FacebookTwitterEmail

अघिल्लो दिनसम्म चलेको पार्टी प्रवेशको लहर उम्मेदवारी दर्ता गर्ने दिन विद्रोहमा परिणत भएको छ। कतिपय स्थानीय नेताहरू ‘आयाराम,  गयाराम’ बनेका छन्। टिकट पाउने सर्तमा लोसपा परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रेदश सांसद प्रह्लाद गिरीको पनि एमाले र जसपाको गठबन्धन पछि बिचल्ली भएको छ। पर्सा क्षेत्र नम्बर ३ को ‘ख’ जसपाको भागमा परेपछि प्रह्लाद गिरी विगत २४ घन्टामा तीन वटा दल परिवर्तन गरेको हल्ला चलेको थियो।  पुन: लोसपामा फिर्ता भए तर त्यसमा पनि टिकट गठबन्धनको भागबन्डा नपरेपछि उनी मित्रवत रूपमा नेकपा एसबाट उम्मेदवार बनेका छन्।
ठूला राष्ट्रिय दलभन्दा पनि मधेसी दलमा विद्रोहको ठूलो चक्रवात देखिएको छ। एमालेसँग भएको गठबन्धनलाई दोश्रो तहका …

‘गठबन्धन होइन, यो ठगबन्धन हो’
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved