Home » Archives for ध्रुव भट्टराई/मोरङ » Page 2
Author

ध्रुव भट्टराई/मोरङ

कोसी प्रदेशमा मन्त्रीपरिषद्को शपथ लिएर मन्त्रालयको जिम्मेवारी नपाएका बिना विभागीय मन्त्रीहरू फुर्सदिला बन्नुभएको छ ।

मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने कुरामा चासो नदिँदा मन्त्रीहरू फुर्सदिला बन्नुभएको हो । उहाँहरू लामो समयदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको एक कोठामा बसेर दिन कटाउँदै आउनुभएको छ । 

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विस्तार गरेको मन्त्रीपरिषद्का तीन मन्त्री अहिले जिम्मेवारी विहीन हुनुहुन्छ । गठबन्धन भित्र मन्त्रालयको भागबन्डा नटुङ्गिएको कारण मन्त्रीहरू गणेश उप्रेती, शमशेर राई र कमलप्रसाद जबेगुले जिम्मेवारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छैन । पछिल्लो समय मन्त्रीहरूलाई जिम्मेवारी तोक्ने विषयमा गठबन्धन दल भित्र छलफलसमेत नभएको बताइएको छ 

कोसी प्रदेशमा केदार कार्की मुख्यमन्त्री बनेसँगै मन्त्री

कोसी प्रदेशमा जिम्मेवारीविहीन हुँदा मन्त्रीहरू फुर्सदिला
0 comment
0 FacebookTwitterEmail

मुटु रोगको सहज उपचारका लागि कोसी प्रदेश सरकारले प्रादेशिक स्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन गर्ने भएको छ ।

प्रदेशमा सर्वसुलभ स्तरमा मुटु रोगको उपचार केन्द्र नहुँदा कोसी प्रदेशका नागरिक काठमाडौँ जानु पर्ने बाध्यताको अन्त्यका लागि  प्रदेश सरकारले सरकारी स्तरको मुटु रोग उपचार केन्द्र खोल्ने तयारी गरेको हो ।

विराटनगरमा रहेको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रलाई प्रादेशिक स्तरको मुटु रोग अस्पतालमा रूपान्तरण गरी सबै प्रकारका मुटु रोग सम्बन्धी उपचारार्थ अस्पताल स्थापना गर्ने लागिएको कोसी प्रदेश सरकारले जनाएको छ ।

जसका लागि सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा रहेका दुई वटा भवन मध्ये एउटा भवनलाई प्रयोग गरी १ सय बेडको

विराटनगरमा प्रदेशस्तरीय मुटु रोग उपचार केन्द्र सञ्चालन हुने
0 comment
0 FacebookTwitterEmail

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की तारादेवी कार्की २०७८ सालदेखि ब्लड क्यान्सरबाट पीडित हुनुहुन्छ। भरतपुर क्यान्सर अस्पतालमा उपचार चलिरहेको छ।

मजदुरी गर्ने उनका श्रीमान् ज्ञानप्रसाद भट्टराईले श्रीमतीको उपचारमा ११ लाख बढी रुपैयाँ खर्चिसक्नु भयो । उपचारमा जायजेथा सकियो। त्यसैले भट्टराई श्रीमतीको उपचारका लागि सहयोग जुटाउन विभिन्न कार्यालय धाइरहनुहुन्छ।।

कोसी प्रदेश सरकारले गएको चैतमा आर्थिक सहायतासम्बन्धी कार्यविधि पास गर्‍यो। कार्यविधिमा क्यान्सर रोग लागेका बिरामीलाई एक लाख रुपैयाँ आर्थिक सहयोग दिने उल्लेख छ।

सोहीअनुसार भट्टराई गएको वैशाख २० गते कोसी प्रदेश स्वास्थ्य मन्त्रालय पुग्नुभयो। उहाँले आर्थिक सहयोग लिन आवश्यक सबै कागज पुर्‍याएर मन्त्रालयमा निवेदन दर्ता गराउनुभयो। तर, अहिलेसम्म आर्थिक सहायता पाउनुभएको छैन।

मन्त्रालयबाट आर्थिक …

कोसी प्रदेश: कडा रोग लागेका बिरामीलाई आर्थिक सहायता दिने बजेट छैन
0 comment
0 FacebookTwitterEmail

अध्यादेश मार्फत ल्याइएको बजेट कार्यान्वयनमा जान ढिलाइ हुँदा कोसी प्रदेशको पुँजीगत खर्चमा त्यसको प्रत्येक असर परेको छ। गएको आर्थिक वर्षको पहिलो चौमासिकको खर्च विवरणको आधारमा चालु आवको पहिलो चौमासिकको खर्च १ अर्ब ४१ लाख १७ हजार रुपैयाँले कमी छ। जसमा पुँजीगत तर्फको खर्चको अनुपात गत आवको सोही अवधि भन्दा चालु आवको पहिलो चौमासिकमा ८७ करोड १० लाख ९७ हजार रुपैयाँ कमी देखिएको छ।

लेखा नियन्त्रकको कार्यालय कोसीको विवरण अनुसार गएको आर्थिक वर्षको पहिलो चौमासिक (साउन,भदौ,असोज र कार्तिक महिना)मा कुल खर्च ५ अर्ब ९९ करोड ४४ लाख ३१ हजार ६९९ रहेको थियो। चालु आवको सोही अवधिमा भने जम्मा ४ अर्ब ९५ …

0 comment
0 FacebookTwitterEmail

नेपाली काँग्रेस भित्र विद्रोह गर्दै केदार कार्की कोसी प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको छ। एमालेका ३९ र काँग्रेसको विद्रोही समूहका ८ जनाको समर्थनमा शनिवार मुख्यमन्त्री नियुक्त हुनुभएको हो। उहाँले आज (आइतबार) २ बजे पद तथा गोपनीयताको शपथ लिने योजना छ।

सत्तारूढ गठबन्धनले इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारेपछि काँग्रेसको शेखर कोइराला समूहका ८ जना सांसदलाई लिएर कार्कीले विद्रोह गर्नुभयो। उहाँ शेखर समूहकै हुनुहुन्छ।

संविधानको धारा १६८ को ५ ले दिएको सुविधा प्रयोग गर्दै उहाँले मुख्यमन्त्री बन्न अख्तियार गरेको बाटोलाई काँग्रेसकै बहुमत हिस्साले गलत मात्र भनेकै छैन उहाँकै समूहका नेताहरूले पनि अराजनीतिक र अनैतिक भनेका छन्। यद्यपि नेता कार्की मुख्यमन्त्री बनेपछि …

मैले विद्रोह गरेको होइन, संविधानले दिएको अधिकार प्रयोग मात्रै  गरेको होः केदार कार्की, मुख्यमन्त्री, कोसी प्रदेश
0 comment
0 FacebookTwitterEmail

धनकुटा नगरपालिका वडा नम्बर १ हिलेकी किसान शान्ति नेपालले आफ्नो गाउँको सहकारीलाई दूध बिक्री गरेको तीन महिनाको पैसा पाउनुपर्ने छ।

पाँच वर्षदेखि दूध बिक्री गरेर घरखर्च टारिरहेकी उहाँले सहकारीलाई आफ्नो दूधको पैसा आए–नआएको हरेक दिन गएर सोध्नुहुन्छ। तर, उद्योगबाट पैसा आएको जवाफ पाउनुहुन्न।

‘दाना, चोकर र श्रमको खर्च एकातिर, पैसा नआउने समस्या अर्कातिर,’ शान्तिको मनमा अशान्ति छ, ‘अब दूध बिक्री गर्ने हामीजस्ता किसानले घिउ किन्नुपर्ने र दूधको मूल्य त्यसैमा कटौती गर्नुपर्ने प्रस्ताव आएको छ।’

दुग्ध विकास संस्थान (डिडिसी) ले नै दूधको पैसाबराबरको घिउ दिने प्रस्ताव गरेको छ। पैसा नपाएपछि दसैं कसरी मान्ने?

नेपालले हिलेकै श्री चञ्चलादेवी बहुउदेशीय दुग्ध उत्पादक सहकारी …

डिडिसीमा भुक्तानी समस्या, किसानले तीन महिनादेखि दूध बेचेको पैसा पाएनन्
0 comment
0 FacebookTwitterEmail

विराटनगरस्थित मोरङ कारागारमा क्षमताभन्दा झन्डै ३ गुणा बढी कैदीबन्दी राखिएका छन्। क्षमताभन्दा बढी कैदी हुँदा खान, बस्न, सुत्न हिँडडुल गर्नदेखि शौचालय जानसमेत समस्या भएको छ।

तीन बिघा क्षेत्रफलमा फैलिएको कारागारको कुल क्षमता ३ सय पुरुष र ५० महिला गरी ३५० जना छ। अहिले त्यहाँ १ हजार ३६ जना राखिएको छ। जसमा कैद भुक्तान गरिरहेका ९३१ पुरुष छन् भने १ सय महिला र उनीहरूमा आश्रित ५ जना बालबालिका छन्।

मोरङ कारागार प्रशासनका कृष्णहरि न्यौपानेले कारागारमा ठाउँ अभाव हुँदा कारागार कैदीबन्दी खचाखच भरिएको छ। ‘ठाउँ अभावमा एउटै कोठामा ३० देखि ४० जना राख्नुपर्ने बाध्यता छ,’ उहाँले भन्नुभयो, ‘सुत्न, बस्न, हिँडडुलदेखि शौचालय जान …

मोरङ कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशको अस्थिर सरकारको प्रभाव प्रदेशसभामा पनि देखिएको छ।

निर्वाचन भएको १० महिना नबित्दै कोशीमा पाँचौंपटक सरकार गठनको तयारी सुरु भएको छ। जसका कारण प्रदेशसभा निष्क्रियजस्तै बनेको छ।

गएको पुस यता अहिलेसम्म महत्वपूर्ण कानुन निर्माणका लागि छलफल हुन सकेको छैन। अस्थिर सरकारले प्रदेशसभालाई पर्याप्त बिजनेस दिन नसकेको प्रदेशसभा सचिवालयले जनाएको छ।

कोशीको पहिलो पाँच वर्षको कार्यकाल सम्पन्न भएपछि गएको मंसिर ४ गते प्रदेशको निर्वाचन भएको थियो। जसमो दोस्रो कार्यकालका लागि कुल ९३ जना प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

प्रदेश सभामा यसपटक नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले प्रदेश सभामा …

बिजनेसविहीन कोशी प्रदेशसभा, ४ वटा बैठक विश्वासको मत माग्न मात्रै, विधेयक पारित शून्य
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशसभाको दोस्रो कार्यकालको नौ महिनामा १४ करोड ७१ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। गत आवको पुस महिनादेखि चालू आवको भदौ मसान्तसम्मको अवधिमा सांसद, कर्मचारीको तलबभत्ता र घर मर्मतसम्भारलगायत शीर्षकमा १४ करोड ७१ लाख ९५ हजार ७३३ रुपैयाँ खर्च भएको हो। प्रदेशसभा सचिवालयका अनुसार २०७९ साल पुस ११ गतेदेखि २०८० भदौ मसान्तसम्म प्रदेशसभाको सम्पूर्ण शीर्षकमा सो खर्च भएको हो।

गत आर्थिक वर्ष (आव) को पुस ११ देखि २०८० असार मसान्तसम्म १२ करोड ७५ लाख ३३ हजार ९३ रुपैयाँ र चालू आवको साउन–भदौमा २ करोड २६ लाख ४२ हजार २४० रुपैयाँ खर्च भएको छ।

प्रदेशको पहिलो पाँचवर्षे कार्यकाल सम्पन्न भएपछि …

कोशी प्रदेशसभाको नौ महिनाको खर्च १५ करोड, तलबभत्तादेखि घर मर्मतसम्म
0 comment
0 FacebookTwitterEmail

‘०४–५ ज’ सांकेतिक नाम भएका बालकमाथि कर्तव्य ज्यानसम्बन्धी अभियोग छ। उहाँ विगत ३ वर्षदेखि विराटनगरस्थित बाल सुधारगृहमा बस्दै आउनुभएको छ। सोही सुधारगृहमा ३ वर्ष बिताइसक्दा पनि उहाँमाथि लागेको मुद्दाको फैसला हुन सकेको छैन।

उहाँमाथि झापा जिल्ला अदालतमा २० असोज २०७७ मा कर्तव्य ज्यानसम्बन्धी अभियोगमा मुद्दा दर्ता भएको थियो।

‘०४–५ ज’ जस्तै सोही सुधारगृहमा रहनुभएका विराटनगरका सांकेतिक नाम ‘३५६’ का बालक कर्तव्य ज्यानसम्बन्धी अभियोगमा जिल्ला अदालत मोरङमा मुद्दा दर्ता हुँदा उहाँ १७ वर्षको हुनुहुन्थ्यो। अहिले उहाँ १९ वर्ष पुगिसक्नुभएको छ। तथापि उहाँको मुद्दामाथि कहिले फैसला हुने हो अत्तोपत्तो छैन।

२३ मंसिर ०७८ मा कर्तव्य ज्यानसम्बन्धी अभियोगमा सरकारी जिल्ला वाकिलको कार्यालयले जिल्ला …

सर्वोच्चले तोकेको समय घर्किसक्यो, तैपनि भएन बाल बिज्याइँ मुद्दामाथि फैसला
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved