Home » Archives for ध्रुव भट्टराई/मोरङ » Page 3
Author

ध्रुव भट्टराई/मोरङ

दुग्ध विकास संस्थान मातहतको विराटनगर आयोजनाले दुई महिनादेखि घिउ उत्पादन बन्द गरेको छ। गाईको मात्र घिउ उत्पादन गर्दै आएको आयोजनाले घिउ बिक्री हुन छाडेपछि तत्काललाई उत्पादनमा कटौती गरी प्लान्ट बन्द गरेको जनाएको छ।

हाल आयोजनासँग ६ टन घिउको स्टक छ। स्टक धेरै भएको र बिक्री नभएका कारण तत्कालका लागि उत्पादन रोक्नुपरेको आयोजनाका प्रमुख परमेश्वर चौधरीले जानकारी दिनुभयो।

‘तीजअघि हामीले यहाँ उत्पादित घिउ काठमाडौंस्थित आयोजनामा पठाएको थियौँ, त्यसयता घिउको डिमान्ड आएको छैन,’ चौधरीले भन्नुभयो, ‘हामीसँग अहिले पनि डेढ महिनाको माग थेग्ने घिउ स्टक छ।’

चौधरीका अनुसार डिडिसीअन्तर्गत रहेको अन्य आयोजनाभन्दा विराटनगर आयोजना सबैभन्दा बढी दैनिक २ हजार टन घिउ उत्पादन गर्न …

बिक्री नभएपछि डिडिसीले घिउ उत्पादन गर्यो बन्द, किसानलाई ‘मिल्क होलिडे’को जोखिम
0 comment
0 FacebookTwitterEmail

सरकार बनाउने र ढाल्ने खेलका कारण अस्थिर बनेको कोशी प्रदेश सरकारलाई बहुवर्षीय योजनाको दायित्व भने १४ अर्ब भन्दा बढी पुगेको छ।

अघिल्ला प्रदेश सरकारले बजेट विनियोजन दक्षताबिना नै राजनीतिक स्वार्थप्रेरित जथाभावी योजना ल्याएर दायित्व थुपार्दा वर्तमान सरकारको जिम्मेवारीमा १४ अर्ब १६ करोड ९९ लाख रुपैयाँ दायित्व देखिएको छ।

चालू आर्थिक वर्षमा निरन्तरता पाएका करिब ३ सयभन्दा बढी बहुवर्षीय योजना प्रदेशमा सञ्चालनमा छन्। सडक, खानेपानी, भवनलगायत ती आयोजनाको १४ अर्बभन्दा बढी दायित्व सरकारको काँधमा छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशीका अनुसार सो मन्त्रालयबाट प्रदेशमा हाल बहुवर्षीय योजनाअन्तर्गत सडक र पुल गरी ३० अर्बको योजना ठेक्का लागेको छ। मन्त्रालयका प्रवक्ता ललित चौधरीका …

सरकार बनाउने र ढाल्ने खेलमा कोशी प्रदेशमाथि बहुवर्षीय योजनाको दायित्व १४ अर्बभन्दा बढी
0 comment
0 FacebookTwitterEmail

पछिल्लो एक महिनामा तीन वटा बाल सुधार गृहमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ, कम्तीमा २२ जना घाइते भएका छन्। कम उमेर हुँदा राखिएकाहरू १८ वर्ष नाघेपछि पनि त्यहीँ हुँदा समस्या देखिएको अनुसन्धानबाट खुलेको छ।

मोरङको विराटनगरमा रहेको बाल सुधार गृहको अवस्था पनि त्यस्तै रहेको छ। जहाँ सुधार गृहमा रहेका आधा भन्दा बढी बालकहरू १८ वर्ष उमेर समूह भन्दा माथिका रहेका पाइएको छ। ५० जना क्षमताको सो बाल सुधार गृहमा कुल २१९ बालकहरू रहेकोमा १३७ जना बालकहरू १८ वर्ष उमेर समूह भन्दा माथिका २५ वर्ष उमेर समूहसम्मका रहेका छन्। जसमा १८ वर्षदेखि २० वर्ष उमेर समूहका ७४ …

किन जेलमा परिणत भए बाल सुधार गृह?
0 comment
0 FacebookTwitterEmail

विराटनगर महानगरपालिकामा नगर बस सञ्चालनका लागि गृह कार्य सुरु भएको छ।जसका निम्ति निजी क्षेत्रको लगानीका लागि विराटनगर यातायात प्रालि तयार भएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीले उक्त कम्पनीलाई नगर बस सञ्चालनको अनुमति दिएको हो। नगर बस सञ्चालनका लागि एक मात्र आवेदन परेको विराटनगर यातायात प्रालिविरुद्ध कुनै उजुरी नपरेपछि कम्पनीले सञ्चालन अनुमति पाएको लगानी प्राधिकरणले जनाएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीका अनुसार, वार्ताद्वारा परियोजना कार्यान्वयन गर्ने प्रयोजनको लागि निजी कम्पनीहरूलाई उजुरी तथा दाबी विरोध गर्न सार्वजनिक सूचना जारी गरे पनि उजुरी तथा दाबी विरोध नपरेपछि विराटनगर यातायात प्रालिले नगर बस सञ्चालनका लागि अनुमति पाएको हो।

विराटनगर महानगरपालिका भित्र नगर बस सञ्चालनका …

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशको एक मात्र बाल सुधारगृहमा क्षमताभन्दा चार गुणा बढी बालक राख्दा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ। मोरङको विराटनगरमा रहेको सुधारगृह ५० जनाको क्षमता रहे पनि हाल २ सय १९ जना बालक त्यहाँ रहेका छन्। जसका कारण उनीहरुलाई सुत्न, खान र स्वास्थ्य उपचारमा समेत समस्या हुने गरेको छ।

१८ वर्षमुनि उमेर समूहका बालकले अपराध गरेमा उनीहरुलाई बाल सुधारगृहमा राख्ने गरिन्छ। सोही क्रममा विभिन्न अपराधका घटनाका संलग्न बालकहरूलाई अदालतको आदेशले सजाय भुक्तान गर्न बाल सुधारगृहमा पठाएको हो।

सामाजिक कार्यकर्ता प्रविन शिलाकारले प्रदेशको एक मात्र बाल सुधारगृह भएकाले पनि क्षमता अभावमा पनि बालकलाई राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो।

अदालतको आदेशमा पठाइएका बालक राख्नुको …

जेलमा परिणत बाल सुधारगृह, क्षमताभन्दा चार गुणा बढी बालक
0 comment
0 FacebookTwitterEmail
Gudri

विराटनगरको केसलिया रोडमा भाडामा बस्दै आएकी वृद्ध महिला ज्वालादेवी जैसवालले विराटनगर ९ गुद्री बजारमा (पुरानो गुद्री) मा तरकारी बेचेको पाँच बर्ष भएको थियो। तर उहाँ अहिले सो तरकारी बेच्ने पेसाबाट पलायन भएर घरमा बस्नुभएको २ वर्ष बित्न लाग्यो।

३ मंसिर ०७८ मा विराटनगर महानगरपालिकाले पुरानो गुद्रीमा २५ तले व्यावसायिक भवन बनाउने योजनासहित गुद्री खाली गरेपछि जैसवालको तरकारी बेच्ने पेसा सधैंका लागि सकियो।

‘गुद्रीमा तरकारी बेचेरै आफ्नो परिवार पाल्दै आएका हामी गरिबलाई त्यहाँबाट लखेटियो,’ उहाँ भन्नुहुन्छ, ‘ठूलो भवन बन्छ भनेको पनि २ वर्ष बितिसक्यो। तर अहिलेसम्म भवन बनाउने अत्तोपत्तो छैन।’

जैसवालजस्तै पुरानो गुद्रीमा लामो समयदेखि तरकारी व्यापार गदै आएका पंकज कामत …

कम्प्लेक्स बनाउन विराटनगर महानगरले खाली गराएको गुद्री बजार बन्यो पार्किङस्थल, व्यापारीको बिल्लीबाठ
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश सरकारको नेतृत्व फेरि एमाले संसदीय दलका नेता हिक्मत कार्कीको हातमा फर्केको छ। विश्वासको मत लिन नसकेर पदमुक्त हुनभएका कार्की ७० दिनपछि अदालतको परमादेशबाट मुख्यमन्त्री पदमा ‘कमब्याक’ गर्नुभएको छ।

सर्वोच्च अदालतले उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक ठहर गरेपछि कार्कीले पुनः मुख्यमन्त्री बन्ने अवसर पाउनुभएको छ। २०७९ पुस २४ मा पहिलोपटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत पाउन विफल बनेपछि असार १५ मा पदमुक्त बन्नुभएको थियो कार्की। तर सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा दोस्रोपटक मुख्यमन्त्री बन्नुभएका कार्कीले पद तथा गोपनीयताको शपथ खाए पनि विश्वासको मत लिन सक्ने आधार तय भइसकेको छैन।

बहुमत पुर्याउन सक्ने अवस्था नदेखिँदा कोशी प्रदेश …

अहिले मध्यावधि निर्वाचनमा गइहाल्ने अवस्था छैन : भक्ति सिटाैला (अन्तर्वार्ता)
0 comment
0 FacebookTwitterEmail

मोरङको सुन्दरहरैँचा नगरपालिका घर भएकी ६५ वर्षीय राधा भण्डारी अहिले नियमित चेकजाँचका लागि सुन्दरहरैँचा नगर अस्पताल पुग्नुहुन्छ। भण्डारीमा लामो समयदेखि श्वासप्रश्वासको समस्या छ।

सदरमुकाम विराटनगरलगायतका ठूला सबै अस्पताल चहारिसकेकी उहाँलाई अहिले घर÷आँगनको यो अस्पतालको सेवा मन परेको छ। घरबाट आधा घन्टामा पुग्न सकिने अनि दुई घन्टामा सबै चेकजाँच गरेर फर्किन सकिने भएकाले उहाँ नियमित जाँचका लागि नगर अस्पताल पुग्नुहुन्छ।

कुनै समय प्राथमिक स्वास्थ्यचौकी रहेको नगर अस्पतालमा समयमा औषधि नपाइने, चाहिएको बेलामा चिकित्सक उपलब्ध नहुने अनि सबै रोगको परीक्षण नहुने हुँदा खासै आर्कषण थिएन। तर पछिल्लो एक वर्षमा यो नगर अस्पताल अन्य सम्पन्न अस्पतालझैं बनेको छ। यहाँ सबै रोगको नियमित परीक्षण …

सरकारी अस्पतालप्रति स्थानीयको भरोसा जगाउँदै सुन्दरहरैँचा नगर अस्पताल
0 comment
0 FacebookTwitterEmail

वि सं १९८८ सालमा खटयात्राबाट सुरु भएको राधाकृष्ण रथयात्रा बिहीबार भव्य रुपमा निकालिएको छ । रथयात्रामा सहभागी हुन यसपटक भारतसहित देशका विभिन्न पालिकाका प्रमुखहरू विराटनगर आएका छन् । २२ फिट लम्बाइ, १८ फिट चौडाइ र १८ फिट उचाइ रहेको रथको सजावट  भारतको कलकत्ताबाट कालिगढ झिकाएर गरिएको हो। रथयात्रालाई विराटनगरमा ऐतिहासिक एव धार्मिक महत्वका रुपमा हेरिने गरिन्छ ।
आफ्नै मौलिकतामा अघि बढिरहेको रथयात्रा सुरु हुनुपूर्व मन्दिर परिसरमा पूजाआजा गरिन्छ। कृष्णजन्माष्टमीको मध्यरात १२ बजे मन्दिरमा रहेको राधाकृष्णको अचल विग्रह आकृतिसँगै चल विग्रह राखेर षोडशोपचार पूजा गरिन्छ।
कृष्णको जन्मसँगै गरिने पूजापछि भोलिपल्ट बिहानबाट राधाकृष्णको अचल विग्रह नजिक राखिएको चल विग्रहलाई प्रातकालिन पूजाआजा गरिन्छ।

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश बजेट शून्यतामा गएको छ। बजेट शून्यतामा गएसँगै त्यसको प्रभाव कर संकलनमा देखिन थालेको छ। निरन्तरको सत्ता दाउपेच र दलहरूबीच बढेको बेमेलकै कारण गत भदौ ११ गते आइतबार राति १२ बजेपछि कोशी प्रदेश सरकार बजेट शून्यतामा गएको हो। यसले पुँजीगत खर्चमा समेत असर पारेको बताइएको छ।

बजेट ‘होलिडे’ घोषणा भएपछि प्रदेश सरकारले आवश्यक कानुनबिनै कर तथा राजस्व संकलन कार्यलाई निरन्तरता दिएको छ। तथापि कर संकलन प्रत्यक्ष प्रभावित भएको छ। यसले सरकारको आन्तरिक आयको वार्षिक लक्ष्यमा धक्का पुग्ने देखिएको छ।

अहिले संघ सरकारअन्तर्गत कोशी प्रदेशमा रहेका २५ वटा मालपोत कार्यालयबाट रजिस्ट्रेसन शुल्क, प्रदेश सरकारमातहतका चार यातायात व्यवस्था कार्यालय र थप …

कोशी प्रदेशमा बजेट शून्यता : कर संकलनदेखि पुँजीगत खर्चमा समेत समस्या
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved