Home » Archives for नवदीप श्रेष्ठ/नुवाकोट » Page 2
Author

नवदीप श्रेष्ठ/नुवाकोट

स्थानीय तहका जनप्रतिनिधिहरूले पद तथा साधन स्रोतको सम्भावित दुरुपयोगलाई रोक्न निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिहरूका लागि कडा आचारसंहिता बनाएर लागू गरेको छ। स्थानीय पालिकाका प्रमुखहरूले आफ्नो पालिकाको स्रोत साधनलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न रोक्न आयोगले आचारसंहिता बनाए पनि त्यसको पूर्णपालना नभएको पाइएको छ।

जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूले आचारसंहिता उलङ्घन गरेको पाइएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिमा नुवाकोटमा आचारसंहिता उलङ्घनका आठ वटा उजुरी परेको छ। मुख्य निर्वाचन अधिकृत संयोजक रहने आचारसंहिता अनुगमन समितिमा उजुरी परेको बाहेक अन्य गतिविधि अनुगमन गरी आचारसंहिता उल्लङ्घनकर्ताहरूलाई कारवाहीको प्रयास नगरेको गुनासो पनि आइरहेको छ। तर, उजुरी परेको बाहेक अन्य गतिविधिहरूलाई पनि नजिकबाट नियालिरहेको …

आचारसंहिता उलङ्घन गर्दै नुवाकोटका जनप्रतिनिधिहरू
0 comment
0 FacebookTwitterEmail

मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा बागमती प्रदेशमा धादिङलाई पनि धेरैले चासोको रुपमा हेरिरहेका छन्। बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे निर्वाचनको मैदानमा हुनुहुन्छ। पाण्डेको राजनीति जीवनमा यो आठौं पटकको उम्मेदवारी हो। प्रदेश सभाबाट प्रतिनिधि सभामा फड्किन धादिङ क्षेत्र नं. १ बाट उम्मेदवार हुनु भएका पाण्डे आफ्नै पूर्वसहकर्मी भूमिप्रसाद त्रिपाठीसँग भिड्दै हुनुहुन्छ। पाण्डे र त्रिपाठी दुबै एमालेमा रहेर लामो समय सहकार्य गरेका व्यक्ति हुनुहुन्छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एससहितको गठबन्धनका उम्मेदवार पाण्डेले आफैंलाई पटक पटक जिताउन भूमिका खेलेका नेकपा एमाले धादिङका अध्यक्ष तथा उम्मेदवार त्रिपाठीसँग प्रतिस्पर्धामा उत्रिनु भएको छ। पूर्व सहकर्मीबीचको चुनावी प्रतिस्पर्धालाई रोचक रूपमा लिइएको छ।

२०४८ …

0 comment
0 FacebookTwitterEmail

नेकपा एमालेबाट विभाजित भएर बनेको दल नेकपा(एकिकृत समाजवादी)ले मंसिर ४ को निर्वाचनको लागि देशभरमा गठबन्धन दलहरूसँग माग अनुसारको सिट संख्या पाउन सकेन। पार्टी फुटाएर एमाले नेतृत्व सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउन महत्वपूर्ण भूमिका खेलेको एसले उक्त जसलाई पूर्ण रुपमा निर्वाचनको उम्मेदवार सङ्ख्या परिणत गराउने कोशिशमा असफलमात्र भएन गठबन्धन दलका नेताहरूबीच सहमत भएर पाएको क्षेत्र पनि गुमाउन पुगेको छ।

असोज २२ गते गठबन्धन दलहरूबीचको क्षेत्र अन्तिम सहमति भएको सुची सार्वजनिक हुँदा नुवाकोट क्षेत्र नं. २ प्रदेश ‘क’ नेकपा(एकिकृत समाजवादी)को भागमा परेको थियो। गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नुवाकोटमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएको बाहेक …

0 comment
0 FacebookTwitterEmail

विश्वका सबै भाषा–भाषिकामा उखानको विशिष्ट स्थान रहेको हुन्छ। नेपाली भाषामा पनि उखानको महत्वपूर्ण स्थान रहेको छ। बोलीचालीलाई चोटिलो बनाउन उखानको प्रचुर प्रयोग हुँदै आएको छ। उखान लोक जीवनसँग जोडिएको हुन्छ। यसलाई लोकसाहित्यको एउटा विधाको रुपमा पनि लिने गरिन्छ।

नेपाली समाजमा अनेक बान्कीका उखानहरू प्रचलित रहेका छन्। जातजाती, भाषाभाषी, प्रकृति, जीव, जनावर, हावा पानी अनेकसँग सम्बन्धित उखानहरू पाइन्छन्। यसैक्रममा कुकुरसँग जोडिएको उखानहरू पनि प्रशस्त प्रचलनमा रहेको छ। मानिस र कुकुरको सम्बन्ध कति प्रगाढ छ भन्ने कुरा नेपालमा प्रचलित उखानहरूबाट स्पष्ट हुन्छ। हुन त कुकुरलाई उखानमा हेय पात्रको रुपमा प्रस्तुत गरिएको पाइन्छ। तर, नेपाली जनजीवनसँग अन्योन्यास्रित …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय राजनीतिक क्षेत्रमा युवाले स्थान पाउनुपर्ने आवाज बाक्लो उठ्न थालेको छ। गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा केही स्वतन्त्र युवाहरूले समेत स्थानीय निर्वाचनमा जित हासिल गर्न सफल भएपछि दलहरूमा समेत युवा तथा नयाँ अनुहारको पक्षमा आवाज मुजबुत हुन थालेको छ। दलभित्रै युवा र परिवर्तनको पक्षमा कुरा उठे पनि मंसिर ४ गते हुने प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने जेष्ठ तथा पुरानै अनुहारहरूको बोलवाला कायम भएको छ।
नुवाकोटमा पनि ठूला भनिएका दलहरूमा परिवर्तनको पक्षमा युवाहरूले कुरा गर्न थाले पनि मैदानमा भने जेष्ठलाई नै अघि लगाएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा विदुर नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा …

नुवाकोटको राजनीतिमा चार दशकदेखि एउटै अनुहार
0 comment
0 FacebookTwitterEmail

धादिङको रि गाउँबाट ल्याएको भकारी नुवाकोटको पीपलटारमा किन्ने ग्राहक खोज्दै । बाँसको चोयाबाट बन्ने भकारी धान, कोदो लगायतको अन्न भण्डारणको लागि प्रयोग गरिन्छ । तर, पछिल्लो समय बाँसबाट बनेका भकारी प्रयोग गर्ने प्रचलन घट्दै गएको छ । अन्न घरमा भण्डारण गर्ने भन्दा पनि खेतबाट सिधै बजारमा लगेर बिक्री गर्ने तथा बोरामा राख्ने प्रचलन बढेकोले भकारी प्रयोग घट्दै गएको किसानहरू बताउँछन् ।
तस्बिर: नवदीप श्रेष्ठ 

0 comment
0 FacebookTwitterEmail

न्यायमा महिलाको पहुँच बढ्दै गएपछि नुवाकोटमा महिलासम्बन्धी मुद्दाको सङ्ख्यामा पनि वृद्धि हुन थालेको छ। महिलावादी भएको मुद्दाको संख्या पछिल्लो वर्षहरूमा बढ्दै गएको नुवाकोट जिल्ला अदालतका स्रेस्तेदार इन्द्रकुमार खड्काले जानकारी दिनुभयो। महिलावादी भएको मुद्दाको संख्या बढ्नु भनेको अदालतमा महिलाको पहुँच विस्तार हुनु र आफ्नो अधिकारको लागि महिलाहरू सचेत भएको अर्थमा बुझ्न सकिने स्रेस्तेदार खड्काको भनाई छ। ‘यो तथ्यांकले महिलाहरू पनि आफ्नो अधिकारको खोजी गर्न, अधिकार हनन भएको सहन नसक्ने भएका छन्। आफ्नो हक खोज्न सक्ने भएको भएको देखाउँछ’ स्रेस्तेदार खड्काले भन्नुभयो ‘आफूलाई परेको पिरमर्का, अन्यायको समाधान अर्थात न्याय पाउनको लागि अदालत जान पर्नु भन्ने चेतना महिला बढ्न थालेको रुपमा …

न्यायमा महिलाको बढ्यो पहुँचः नुवाकोट महिलावादी भएका मुद्दा बढे
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved