Home » Archives for April 2022
Monthly Archives

२०७९ वैशाख १७, शनिबार २३:५९

नेपाली फुटबलमा धेरै समस्याहरू रहँदै आएको कुरा कुनै नौलो विषय थिएन।अभाव र बेथितीका साथै अन्य धेरै कमीकमजोरीसँगसँगै हुर्किएर नेपाली फुटबल आजको स्थितिसम्म आइपुगेको कटु यथार्थलाई नकार्न सकिँदैन।तर पछिल्लो समय देखिएको विवादले भने नेपाली फुटबल क्षेत्रको चरम बेथिती र समस्याहरूलाई सबैसामु छताछुल्ल पारिदिएको छ।यसले नेपाली फुटबलको वास्तविक स्थितिलाई उदाङ्गो बनाइदिएको छ।

नेपाली फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको आगमनसँगै नेपाली फुटबल सही दिशातर्फ अघि बढेको सबैले अनुभव गरेका थिए।उनकै प्रशिक्षणमा नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुग्न सफल भएको थियो।यसका लागि उनले राम्रै वाहवाही पनि पाउँदै आएका थिए।तर उनी नेपाल आएदेखि नै विभिन्न विवादहरूमा समेत मुछिँदै आएका थिए, पछिल्लो घटनाक्रमलाई …

संकटको भूमरीमा नेपाली फुटबल
0 comment
0 FacebookTwitterEmail

आधुनिक चिकित्सा विज्ञानमा खासै चर्चा नभएको तर आयुर्वेदमा सूक्ष्म रूपमा चिन्तन र चर्चा गरिएको विषय हो– अनुपान (अनुः पश्चात, पानः खाना वा औषध सेवन) । अनुपान भनेको त्यस्तो खानपन जुन मूल खानपान वा औषधी खाएपछि खाइन्छ । आयुर्वेद विज्ञानमा अनुपानलाई आर्युवेदिक औषधिमा एक औषधिका साथसाथै मिसाइएको कुनै अर्को औषधि वा खाद्य वस्तु भनेर बुझिन्छ । अर्थात् मूल खानपान सँगसँगै वा अन्य निश्चित समयमा औषधिको ठिक्क अड्कलिएको मात्रा भनेर पनि बुझ्न सकिन्छ ।
सामान्य तवरले बुझ्नका लागि यसको उदाहरण हेरौं । सामान्यतः रुघा वा खोकी लाग्दा मरिचको घुलो सेवन गरिन्छ, जसलाई महसँग राखेर चाटिन्छ । त्यस्तै आयुर्वेद शास्त्रको एक ग्रन्थ भावप्रकाश …

के हो अनुपान र बिरुद्धपान ?
0 comment
0 FacebookTwitterEmail

काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ। अंग्रेजीमा बेबरी, बक्स मार्टेल र काफल  भनिने यसको वैज्ञानिक नामचाहिँ Myrica esculenta हो। फलबाहेक आयुर्वेदमा यसको बोक्राको प्रयोग औषधी बनाउन पनि गरिन्छ।

तस्बिरः वासुदेव न्यौपाने/लमजुङ

काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ।काफल गेडी कुटुक्कः उत्तरी भारत, नेपाल र दक्षिणी भुटानमा पाइने काफलको फल कुटुक्क पार्न सबैलाई मन पर्छ।
0 comment
0 FacebookTwitterEmail

वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सत्तारुढ पाँच दलीय गठबन्धनबाट बाहिरिएर जनता समाजवादी पार्टी धरानमा अलग्गै चुनावमा जाने भएको छ। धरानमा जनमोर्चाको संगठन नभएकोले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बिच चार दलीय गठबन्धन बनेको थियो। उम्मेदवार मनोनयनपत्र फिर्ता लिने अन्तिम दिन शुक्रवार जनता समाजवादीको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारी फिर्ता नगरी गठबन्धनबाट बाहिरिएको हो।

धरान निर्वाचन अधिकृतको कार्यालय अनुसार नगर प्रमुखमा उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई, सोही पार्टीका उपप्रमुख अमृता सुनारले उम्मेदवारी फिर्ता लिनुभयो। एकीकृत समाजवादी चार दलीय गठबन्धनको सहयात्री हो। तर जनता समाजवादीबाट नगर प्रमुखका ताजुब लिम्बू र …

धरानमा जनता समाजवादी गठबन्धन बाहिर
0 comment
0 FacebookTwitterEmail

नरोत्तमदास श्रेष्ठ– नेपाली कलाका एक सुनाम । वरिष्ठ कलाकार श्रेष्ठ कवि, कलासङ्कलक र ग्यालरी सञ्चालकका रूपमा समेत परिचित थिए । उनको अवसानसँगै उनका कामको समेत सम्झना ओझेलिँदै गर्दा प्रस्तुत गरिएको छ– यो सानो र सङ्क्षिप्त स्मृति–अभिलेख । उनको निजी निवास हरिहर भवनमा भेट्दा उनी ९२ वर्षको उमेरका थिए । उनको जन्म १९७८ सालको जेठ महिनामा काठमाडौंस्थित झोंछे टोलमा भएको थियो । पिता भगवानदास श्रेष्ठ र माता जनकमाया श्रेष्ठका जेष्ठ सुपुत्र उनी कलाका अत्यन्त सौखिन व्यक्तित्व थिए ।
उनको घरमा पुग्दा टाढैबाट कलाकृति, बोटविरुवा, बगैंचा आदिको संयोजन देखिएको थियो । त्यहाँ मैले अलग्गै कलात्मक र सिर्जनात्मक संसारको अनुभूति गरेको थिएँ । …

नेपाली कलाका एक सुनाम
0 comment
0 FacebookTwitterEmail

महिलाहरूको लागि निजामती सेवा र शिक्षण पेशा नै सुरक्षित, भरपर्दो र सम्मानित छ भन्ने आम सोच छ । आफ्ना छोरीहरूले शिक्षा सेवामार्फत वा निजामती सेवा मार्फत सरकारी सेवामा प्रवेश गरुन् भन्ने चाहना धेरै अभिभावकको हुन्छ । छोरीहरू सरकारी सिन्दुर पहिरिएर सरकारको कुर्सीमा बसी राज्यको सेवा गरेको हेर्ने सपना प्रायः अभिभावककले साँचेका हुन्छन् । त्यसैले त कतिपय महिलाहरू आफ्ना अभिभाववको सपना पूरा गरिदिन त कतिपय आफ्नो रुचि र योग्यता अनुरूपको काम गरेर राज्यको लागि योगदान दिन निजामती क्षेत्रमा पाइला लम्काइरहेका छन् । एक पटक आफ्नो योग्यता प्रमाणित गरेर निजामती सेवामा प्रवेश गरिसकेपछि जीवनभर ढुक्क हुने भएपछि यस क्षेत्रमा महिलाको आर्कषण बढ्दै …

प्रभावकारी सेवा दिन पाउँदा आनन्दित हुने राधा देवकोटा
0 comment
0 FacebookTwitterEmail

सुदूर पश्चिमको राजधानी कैलालीको चुरेक्षेत्रमा रहेकाे गाेदावरीमा बनाउने प्रदेश सभाकाे पुरानाे निर्णय अहिले स्थानीय चुनावकाे सन्दर्भमा फेरि विवादमा तानिएकाे छ । यही मुद्दा चुनावकाे मुख्य एजेण्डा बनिरहेकाे छ ।

सुदूरपश्चिम प्रदेशको एक मात्रै उप महानगरपालिका धनगढी उप महानगरपालिकाको नेतृत्व लिन अहिले विभिन्न दल तथा स्वतन्त्र उमेदवार चुनावी गतिविधिमा केन्द्रित भएका छन्। प्रदेशको मुख्य शहरका रूपमा रहेको धनगढीमा चुनावी सरगर्मी बढेसँगै जनतामाँझ उमेदवारहरूले पनि विभिन्न प्रतिबद्धता गरिरहेका छन्।

सुदूरपश्चिम प्रदेशसभाले बहुमत सदस्यहरूको समर्थनमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा प्रदेशको राजधानी बनाउने निणर्य गरेको थियो तर विविध कारणले संरचना निर्माण कार्य अगाडि बढ्न सकेको छैनन्। प्रदेशको अस्थायी राजधानीका …

गोदावरी कि धनगढी: प्रदेश राजधानी विवादमा
0 comment
0 FacebookTwitterEmail

हामी किन युक्रेनका राष्ट्रपति भोलोदिभिर जेलेन्स्कीको प्रशंसा गरिरहेका छौँ ? यसको उत्तर यो प्रश्नभित्रै नै निहित छ।

हामी जेलेन्स्कीको प्रशंसा गर्छौँ किनभने कठिनभन्दा पनि कठिन, एकदमै असमान्य बाधाहरूको सामना गर्दा पनि जेलेन्स्की आफ्नो अडानबाट डगमगाएका छैनन्। यदि मान्छेमा साहस र आत्मविश्वास छ भने उसले आफ्नो पक्षमा बहुमत बनाउन सक्छ उनले प्रमाणित गरिदिएका छन्। आफ्नो देशप्रतिको प्रेम र सम्मान त्यस्तो गुण हो जसलाई हामीले आफ्नै जोखिममा छाडेका हुन्छौं भन्ने कुरा उनले सावित गरिदिएका छन्। उनलाई हामी माया गर्छौँ किनभने भौतिक रूपमा नै उपस्थिति भएर व्यक्तिगत रूपमा उदाहरण हुन सक्नुको शक्ति कस्तो हुन्छ भन्ने कुरा उनले दुनियाँलाई देखाइदिएका छन्। किनकि उनलाई राम्रोसँग …

हामी जेलेन्स्कीको प्रशंसा किन गर्छौँ ?
0 comment
0 FacebookTwitterEmail

सरकारले खर्चमा कटौती गर्न भन्दै  आगामी १ जेठदेखि सातामा दुई  दिन सार्वजानिक बिदा दिने निर्णय गर्यो।   सार्वजनिक खर्च कटौतीको उद्देश्यले  गरिएको यस्तो निर्णय  परीक्षणका रुपमा कार्यान्वयन गर्न लागिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको तर्क छ।

नेपाल आयल निगमले केही समयअघि सरकारलाई इन्धन खपत कम गर्ने विकल्प स्वरुप सार्वजानिक बिदा बढाउन  सुझाव दिएपछि सरकारले सो सुझावलाई आधार मानेर हप्तामा दुई दिन बिदाको निर्णय गरेको हो। साता दुई दिन बिदा दिएपनि कर्मचारीले साताभर काम गर्ने समय भने उही रहने छ।   सञ्चारमन्त्री कार्कीका अनुसार अब कार्यालय समय बिहान साढे ९ बजे देखि  साँझ साढे ५ बजेसम्म हुनेछ। कर्मचारीले अव  दैनिक

सातामा २ दिन बिदाः कर्मचारीलाई मात्र कि राज्यलाई नि हुन्छ फाइदा ?
0 comment
0 FacebookTwitterEmail

विदेशी मुद्रा सञ्चिति घट्दो र शोधनान्तर घाटा बढ्दो स्थितिले अर्थतन्त्रमा जोखिम बढेपछि सरकारले विदेशी मुद्रा सञ्चितिका लागि विभिन्न कदम चालिरहेको छ। सवारी साधनमा जोरबिजोर लागु गर्ने, सार्वजनिक बिदा दिने, आयात निरुत्साहित गर्ने प्रस्तावहरुमा मन्त्रिपरिषद्ले छलफल गर्दै आएको छ।

सरकारले परीक्षण स्वरूप सातामा दुई दिन सार्वजनिक बिदा र १० प्रकारका सामान पैठारीमा पूर्ण बन्देज लगाएको छ।तर केही वस्तुको तीन महिने प्रतिबन्धले विदेशी मुद्रा जोगिएला त भन्ने प्रश्न उठन थालेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै छ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रंगिन टेलिभिजन, २५० सीसीभन्दा माथिका मोटर …

तीन महिने प्रतिबन्धले जोगिएला त विदेशी मुद्रा ?
0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved