तपाईँले नियमित खाने औषधि भारतमा खारेज भएको कम्पनीको त हैन? एक पटक सोधखोज गर्नै पर्ने भएको छ किनकी भारत सरकारले यो साता नक्कली औषधि बनाउने हिमाञ्चल प्रदेशमा ७०, उत्तराखण्डमा ४५ र मध्य प्रदेशमा २३ गरी १३८ कम्पनीलाई कारबाही गरेको छ। भारतको ड्रग्स कन्ट्रोलर जनरल (डीसीजीआई) ले नक्कली औषधि उत्पादन गर्ने भारतका १८ फार्मा कम्पनीको लाइसेन्स खारेज गरेको छ।
भारतको ड्रग्स कन्ट्रोलर जनरल (डीसीजीआई) ले २० राज्यका ७६ कम्पनीको निरीक्षणपछि यस्तो कारबाही गरेको हो। स्रोतले बिहीबार सो जानकारी दिएको हो।
डीसीजीआई कारबाही भएका अधिकांश कम्पनीहरू नेपालसँग सिमाना जोडिएको उत्तराखण्ड र हिमाञ्चल प्रदेशका छन्। ३० डिसेम्बर २०२२ देखि उत्पादन गर्दै आएको देहरादुनमा …
