Home » Archives for April 2023
Monthly Archives

२०८० वैशाख १७, आईतवार १०:१८

बैशाख ७ गते दिउसो १२:३० मा  निर्माणधिन बेलिब्रिज आधा लत्किएर भेरीमा मेसिन सहित खस्दा २ जनाको घटनास्थलमा मृत्यु भयो भने कामदार ७ जना घाइते भएका थिए। जाजरकोट डोल्पा सडक खण्ड अन्तरगत नलगाड नगरपालिका वडा नं. १२ तल्लु बगर र आठबिसकोट नगरपालिका वडा नं. ६ छहरेबगर गोतामकोट रुकुम जोड्ने ठुली भेरी नदीको बेलिब्रिज पुल निर्माणको अन्तिम चरणमा रहेको समयमा लत्किएर भेरीमा खसेको थियो।

घटनामा परी भारत बहराइच जिल्लाका धर्मेन्द्र गौतम र पुरुषोत्तम गौतमको मृत्यु भएको थियो। घटनामा परी ७ जना घाइते भएका थिए, घाइते हुनेहरूमा बहराइज जिल्लाका गोरखनाथ, मैतु गौतम, सञ्जय गौतम, सोनु चमार, गोपाल चमार, राजकुमार हरिवन चमार र चितवनका …

0 comment
0 FacebookTwitterEmail

हरेक वर्ष पहिरोको कारण सडक अवरुद्ध हुने तथा ठूलो धनजनको क्षति भएपछि वैकल्पिक उपायका रूपमा अत्यधिक समस्याग्रस्त क्षेत्रमा सुरूङ मार्ग निर्माणको विकल्प निकालिएको रूपन्देही  र पाल्पाको सिमाना सिद्धबाबामा ७ अर्ब ३४ करोडमा सुरुङमार्ग निर्माणको काम अगाडि बढेको छ।

सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले काममा सुरु गरेपछि बुटवल–पाल्पा सडक खण्ड अबदेखि रातिमा मात्रै बन्द हुने भएको छ।

निर्माण व्यवसायीले तदारुकताका साथ काम नगरेको र यात्रुलाई सास्ती भएपछि रातिमा मात्रै बन्द गरेर काम गर्न लागि जिल्ला प्रशासन कार्यालय पाल्पाका प्रमुख बन्धुप्रसाद बास्तोलाले बताउनुभयो। ‘निर्माण कम्पनीले त्यत्ति तदारुकताका साथ काम पनि नगरेको पाइयो। त्यसकारण बन्दै गर्नु

0 comment
0 FacebookTwitterEmail

कम्बोडियाका प्रधानमन्त्रीले मागेपछि रुपन्देही बुद्धकालिन समयको कालानमक धान उपहार स्वरुप कम्बोडिया पठाइने भएको छ। २५६७ औं बुद्धजयन्तीको अबसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय (अबधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहार स्वरुप कालानमक ‘चामल’ प्रदान गर्ने हुनु भएको छ।

यहि बैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै माग अनुसार उपहार स्वरुप प्रदान गरिने उपाध्यक्ष त्रिपाठीले बताउनु भयो। कार्यक्रममा सहभागी हुन जानुअधि उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गर्नु भएको छ।  बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत ४ बर्षदेखि लोप …

0 comment
0 FacebookTwitterEmail

आगामी मे २९ का दिन न्यूयोर्कको ज्याक्सनहाइट्स स्थित १५ स्ट्रीटमा पर्ने ब्रडवे देखि उडसाइडसम्मको २ ब्लक सडकको नाम पहिलो सगरमाथा आरोही तेन्जिङ शेर्पाको नाममा “तेन्जिङ नोर्गे शेर्पा वे” घोषणा गरिने भएको छ ।

७०औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात् सन् १९५३ मे २९ मा तेन्जिङ शेर्पा न्यूजील्याण्डका एडमन्ड हिलारीसँगै सगरमाथाको शिखरमा पहिलोपटक पुगेको ७०औं वार्षिकोत्सवको अवसरमा न्यूयोर्क सिटी काउन्सिलसंग शेर्पा किदुग अमेरिकाद्वारा समन्वय तथा अनुरोध गरि सो स्ट्रीटको नामाकरण गरिने निर्णय भएको हो । यो गौरवमय विशेष कार्यक्रममा सम्पूर्ण नेपाली समुदाय, संघसंस्था, र व्यक्ति व्यक्तित्वहरुलाई सहभागिताको निम्ति निमन्त्रणा अनुरोध गरिएको छ ।

मुख्य आयोजक नेपाल क्लाईम्बर्स एशोशियशन र शेर्पा किदुग अमेरिका …

0 comment
0 FacebookTwitterEmail

२०७६ सालमा तत्कालिन नेकपाको सरकारले राष्ट्रियसभामा पेश गरेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधन गर्न बनेका दुई विधेयकहरू ३ वर्षपछि राष्ट्रियसभाले पास गरी  प्रतिनिधिसभामा पठाएको भन्ने बुझिन आएकोछ।

तत्कालिन सरकारले देशमा भ्रष्टाचारलाई थप प्रोत्साहित गर्ने गरी पेश गरेका ती विधेयकहरूमा ३ वर्ष लगाएर फूलबुट्टा भर्दै राष्ट्रियसभाले तत्कालिन सरकारको उद्देश्यलाई मजबुत पार्ने गरी मिलाएर विधेयकहरू तल्लो सदनमा पठाएको भन्ने पनि बुझिन आएकोछ। ती विधेयकहरूमा तत्कालिन सरकारले अन्य कुराका अतिरिक्त २ महत्वपूर्ण बाटो मार्फत भ्रष्टाचारको संरक्षण र प्रबर्धन गर्ने प्रावधान राखेको थियो। ती हुन्-

  • नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने गरी संघीय मन्त्रिपरिषद्‍ र प्रदेश मन्त्रिपरिषद्‍ तथा ती अन्तर्गतका समितिहरूले
0 comment
0 FacebookTwitterEmail

मेरी श्रीमती मजत्तिकै पढेकी छिन।  बिहे भएको पनि अढाइ दशक  पुग्न लागेको छ।  हामी दुबै नेपाल भारत बिचको वैवाहिक सम्बन्धको प्रतीक हौ।  म केटो नेपालको, उनी भारतीय आदर्शवान नारी।

दुबै बिचको प्रेम मिठोसँग अगाडि बढेको छ तर कहिलेकाहीँ अचानक उनको पुरानै वाक्य दोहोरिन्छ, ‘मलाई पैसा चाहियो ,डाक्टर कहाँ जानु छ, चेकअप गराउनु छ, वीरगञ्जमा नयाँ गाइनोको डाक्टर आउनु भएको छ। ’ अनि म बुझिहाल्छु, फेरि कसले उनलाई किन छोरो पाइनस् भन्यो। अनि हामी बीचको सम्बन्ध अमिलो हुँदै जान्छ र  हाम्रो सम्बाद केही समयका लागि मौन हुन्छ।  म सँधै झै उनलाई फुर्काउँदै उनको मौनता तोडन चाहन्छु। भारतका पूर्व प्रधानमन्त्री जवाहरलाल आफ्नी …

0 comment
0 FacebookTwitterEmail

विगत १४ महिनादेखि जारी युक्रेन युद्धको बीचमा चिनियाँ राष्ट्रपति सी चिनफिङले यो साता पहिलो पटक युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग टेलिफोनमा कुराकानी गरेका छन् । यस क्रममा चिनफिङले जेलेन्स्कीसँग युद्ध अन्त्य गर्ने सम्भावनाबारे कुरा गरे। युद्धविरामका लागि दुई नेताबीच भएको वार्ताको अमेरिकाले स्वागत गरेको छ ।

जेलेन्स्कीले एक घण्टा लामो टेलिफोन वार्तालाई फलदायी भएको बताएका छन्। जेलेन्स्कीले रुसको सबैभन्दा शक्तिशाली सहयोगी नेतासँगको वार्तापछि अगाडि बढ्ने बाटो भएको संकेत गरेका छन् । उनले आफ्नो विश्वासयोग्य पूर्व क्याबिनेट मन्त्रीलाई चीनका लागि युक्रेनको राजदूतमा नियुक्त गरेका छन्।

जेलेन्स्कीले शान्ति स्थापनाका प्रयासमा राम्रो समन्वय कायम गर्ने विश्वास लिइएको बताएका छन् । वार्तामा जिनपिङले शान्ति वार्ताको …

0 comment
0 FacebookTwitterEmail

सबभन्दा पहिलो राष्ट्रपति रामवरण यादवले तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालको मन्त्री परिषद्ले पारित गरेको प्रस्तावलाई मान्यता दिएनन् । उनले सेनापति कटुवाललाई मन्त्रिमण्डलले खारेज गर्दा पनि आफ्नो पदमा यथावत रहि रहन आदेश दिए । यो सरासर संविधान विपरित कुरा हो । यसको प्रतिक्रिया स्वरुप प्रधानमन्त्री आफैले राजीनामा दिए । संविधान अनुसार राष्ट्रपतिलाई मन्त्रिमण्डलको सबै प्रस्तावहरू मान्न कर लाग्दछ । तर यस काण्डमा राष्ट्रपति यादवले मन्त्रिमण्डलको प्रस्तावलाई एकातिर पन्छाई दिए । फलस्वरुप संसद्‌मा माओवादी पार्टीले महिनौँ सम्म हल्ला मच्चाइ राखे । तर संविधानमा लेखिएको कुरा उल्लंघन भएको कुरा स्थापित भएन ।

दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी माथि संविधान नै च्यातेको दोषारोपण भयो ।

0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले राहदानी (पासपोर्ट)  फारम कार्यालय भित्रैबाट भर्ने व्यवस्था मिलाएको छ।  कार्यालयले भित्रैबाट राहदानी फारम भर्ने व्यवस्था मिलाएसँगै सेवाग्राहीहरूलाई सहज भएको छ।

कार्यालय भित्रै फारम भर्ने व्यवस्था भए सँगै पासर्पोट बनाउने सेवाग्राहीहरूले राजस्व दस्तुर बाहेक अतिरिक्त रकम बुझाउनु नपर्ने भएको छ।  पासपोर्ट बनाउनको लागि अनलाईन माध्यमबाट भर्नु पर्ने फारम विगतमा सेवाग्राहीले स्वमं आफैले भरेर कार्यालयमा बुझाउनु पर्ने रहेकोमा २०७९ चैत्र २२ गतेदेखि कार्यालय भित्रै भर्ने व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिनु भएको छ।

बिगतमा अनलाईन माध्यमबाट फारम भर्दा जिल्ला प्रशासन कार्यालय बाहिर रहेको अनलाईन सेवा प्रदायकहरूले चर्को मुल्य लिने गरेको भन्दै व्यापक जनगुनासो आए पछि …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेशको  मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी नियुक्त हुनु भएको छ। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनु भएका प्रदेश सभा सदस्यका हैसियतमा चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो

चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एक जना र स्वतन्त्र एक सांसद गरि ५३ जना साँसदको समर्थन रहेको छ। नेकपा एमालेले भने प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि गरेको आह्वान नै गैरकानुनी भएको दाबी गर्दै …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved