Home » Archives for April 2023 » Page 3
Monthly Archives

२०८० वैशाख १०, आईतवार १२:५१

‘व्यक्ति एउटै, नागरिक दुई देशको ।’ यस्तो कुरा पटकपटक सुनिएकै हो । यसैक्रममा रूपन्देहीको मर्चवारी गाउँपालिका उपाध्यक्ष र सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्षमाथि नेपाल र भारत दुबै देशको नागरिकता रहेको विवाद सिर्जना भएको छ ।

मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंह र उहाँको ससुरा काका तथा सोही गाउँपालिकाको वडा नं ५ का वडाध्यक्ष कृष्णा सिंह दुवै जना नेपाल र भारत दुई देशको नागरिक रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा उजुरी परेपछि सो कुरा बाहिर आएको हो ।

भारतको निर्वाचन आयोगको पहिचानपत्र अनुसार आशा सिंह जानकी नगर वडा नं १८ थाना नौतनवा, तहशील नौतनवा जिल्ला महराजगञ्ज (उत्तर प्रदेश) भारतका

0 comment
0 FacebookTwitterEmail

निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई स्पष्टीकरण सोधेको छ । आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो।

आज आइतबार बारा २ को उपनिर्वाचनमा प्रतिकूल असर गर्ने गरी कार्य गरेको भन्दै आयोगले यादवलाई स्पष्टीकरण सोधेको हो।

आयोगले मुख्यमन्त्री यादवलाई उपनिर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको बताएकाे हो ।

आयोगले सोधेको स्पष्टीकरणमा भनेको छ – ‘तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, २०७९ को दफा ५ को उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन …

0 comment
0 FacebookTwitterEmail

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त हुनुभएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेसँगै उहाँ नेतृत्वको गण्डकी सरकार ढलेको हो । प्रदेश सभाको शनिबार बसेको बैठकमा अधिकारीले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

गण्डकी प्रदेशसभामा उहाँले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उहाँको पक्षमा २४ जनाले मात्र विश्वासको मत दिनुभएको थियो ।

विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा मुख्यमन्त्री अधिकारीले एमाले र राप्रपाका सांसदको गरी जम्मा २४ मत पाउनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ जना र माओवादी केन्द्रका ८ जना गरी ३५ जना सांसदले विश्वासको मत दिनुभएको थिएन । …

0 comment
0 FacebookTwitterEmail

लुम्बिनी प्रदेश सरकार र मातहतका कार्यालयहरूको बेरुजु रकम प्रत्येक वर्ष बढ्दै गएको छ । आर्थिक वर्ष २०७४/ ७५ सालमा ५० लाख ८० हजार रुपैयाँ रहेको बेरुजु २०७८/ ७९ सालसम्म आउँदा बढेर १ अर्ब, ४९ करोड ८० लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

नियमित गर्नुपर्ने, असुल गर्नुपर्ने रकम समयमा नै फछर्यौट नहुँदा प्रत्येक वर्ष प्रदेश सरकारको बेरुजु बढ्दै गएको हो । महालेखापरीक्षकले बेरुजु रकम घटाउनको लागि प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री र सम्बन्धी मन्त्रालय र कार्यालयका जिम्मेबार निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई सचेत गराउँदै आएको थियो । यद्यपि सरकारले महालेखाको प्रतिवेदनमा अटेरी गर्दै आएको छ ।

महालेखापरीक्षकको कार्यालयका उपमहालेखापरीक्षक वामदेव शर्मा अधिकारीका …

0 comment
0 FacebookTwitterEmail

नेपालका ठूला ठूला छिमेकी देशहरू छन् । चीन र भारत । उनीहरु भिन्न राजनैतिक अवस्थाका हुन् । चीनमा साम्यवाद छ भने भारतमा लोकतन्त्र छ । दुवैले भिन्न परिस्थितिमा विकास गरिरहेका छन् । चीनमा साम्यवाद लागू भएकोले मानिसहरू स्वतन्त्ररुपमा बोल्न पाउँदैनन् । भारतमा लोकतन्त्र भएकोले बोल्ने स्वतन्त्रता छ । भारतमा अनेक भाषा, धर्म र जातजाति छन् । त्यसैले बिभिन्न राज्य बनाएर बसेका छन् । बङ्गालमा बंगाली बोलिन्छ भने केरलामा मलयालम । त्यसैगरी तामिलनाडुमा मद्रासी बोलिन्छ भने यूपी बिहारमा हिन्दी बोलिन्छ । हिन्दीलाई राष्ट्रिय भाषा भनेर घोषित गरिएको वर्षौ भएको छ तर भारतका विभिन्न प्रान्तलाई जोड्ने भाषा अंग्रेजी मात्र बनेको छ ।

0 comment
0 FacebookTwitterEmail

उच्च अदालत जनकपुरले रक्तसञ्चार केन्द्र भवन निर्माण कार्यमा कुनै बाधा अवरोध नगर्न वीरगन्ज महानगरपालिकाको नाममा पत्राचार गरेको छ ।

वीरगन्ज महानगरपालिकाले कार्यपालिका बैठकबाट तथा नगरसभाबाट निर्णय गराई रक्तसञ्चार केन्द्रको भवन निर्माण गर्न वीरगञ्जमा मेनरोडस्थित उद्योग वाणिज्य संघको पश्चिम तर्फ खाली रहेका जग्गा नेपाल रेडक्रसलाई उपलब्ध गराउने निर्णय गरेको थियो ।

उक्त निर्णयलाई बेवास्ता गरेपछि उच्च अदालतले वैशाख ६ गते बुधबार महानगरपालिकाको नाममा सो आदेश जारी गरेको हो ।

महानगरले उक्त जग्गा रक्तसञ्चार केन्द्रका लागि नदिने भन्दै पार्किङका लागि ठेक्का लगाएर ब्लड बैंक भवन निर्माणमा अवरोध खडा गरेको थियो ।

महानगर आफैले आफ्नो निर्णयको कार्यान्वयन नगरेपछि निर्णय कार्यान्वयनको लागि पर्सास्थित रेडक्रसको …

0 comment
0 FacebookTwitterEmail

विभिन्न राजनीतिक दल निकट कर्मचारीका युनियनहरूले संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारलाई दबाब दिएका छन् । संयुक्त ट्रेड युनियन सञ्जालले कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन तत्काल जारी गराउनको लागि दबाबमूलक कार्यक्रम सार्वजनिक गर्दै आफूले उठाएको माग समेटेर संघीय निजामती सेवा विद्येयकको सार्वजनिक गर्न सरकारलाई दबाब दिएका हुन् ।

विभिन्न ५ वटा निजामती कर्मचारीका  ट्रेड युनियनको सञ्जालले बुधबार संयुक्त विज्ञप्ति जारी गरी १८ वैशाखभित्र ट्रेड युनियनले साझा मागको रूपमा उठाएको विषय समेटेर संघीय निजामती सेवा विद्येयकको मस्यौदा सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छन् । साथै उनीहरूले ऐनका सम्बन्धमा आफूहरूसँग वार्ता गर्नसमेत माग गरेका छन् ।

सञ्जालले नेपाल निजामती कर्मचारी

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ । बितेको २४ घण्टामा एक सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

पीसीआर र एन्टिजेन गरी दुई हजार ४५० जनामा गरिएको नमूना परीक्षणबाट एक सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बितेको २४ घण्टामा थप ६६ जना संक्रमित निको भएका छन् भने कोरोना संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन।

नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या तीन सय ८६ जनामा झरेको छ। पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप ४५ हजार ६५२ जनाले लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै दैनिक रुपमा कोरोनाविरुद्धको …

0 comment
0 FacebookTwitterEmail

सुर्खेत । कालिकोटकी मनमाया बुढा (परिर्वतित नाम) यहीँ चैत्र २० गते भारतबाट नेपाल फर्किनुभयो  । केही समय अघि मनमाया र उनका श्रीमान् रोजगारीका लागि भारत जानुभएको थियो । तर, उहाँ नेपाल फर्किदा एक्लै हुनुहुन्थ्यो ।
स्वदेश एक्लै फर्कनुमा उहाँको उद्देश्य थियो पेटमा भएको सन्तानको लिङ्ग पहिचान गर्ने । उहाँको सोच थियो छोरा भए सन्तानको जन्मदिने र छोरी भए गर्भपतन गर्ने ।

भारतबाट नेपालगन्ज पुग्नुभएकी बुढाले छोरा वा छोरी भनेर जाँच्नका लागि डाक्टर कहाँ जानुभयो । डाक्टरले जाँच्नका लागि श्रीमान् सँगै हुनुपर्ने बताएपछि उहाँले श्रीमान साथमा नभएको बताउनुभयो । श्रीमानसँगै नभए केही गर्न नमिल्ने भन्दै डाक्टरले उहाँलाई फर्काइदियो । त्यसपछि पेटमा …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारतको दिल्ली लैजाने तयारी भएको छ।

मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजाने तयारी थालिएको हो ।

लामो समय औषधि सेवन गर्दा पनि छातीको संक्रमण कम नभएपछि उपचारमा संलग्न चिकित्सकले थप उपचारका लागि भारत लैजाने सुझाएको राष्ट्रपति पौडलेको सचिवालयले जनाएको छ ।

यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो। त्यसको फलोअपका लागि उहाँ सोमबार पुनः अस्पताल पुग्नुभएको थियो, सोही क्रममा उहाँलाई थप उपचारको लागि भारत लैजान सुझाएको हो ।

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved