Home » Archives for April 2023 » Page 7
Monthly Archives

२०७९ चैत्र २३, बिहीबार २१:२४

पुँजीगत खर्च समयमा हुन सकेन भने त्यसले विकास निर्माण पछाडि पार्ने मात्र नभई त्यसबाट अर्थतन्त्रमा बहुआयामिक असर पर्दछ। तसर्थ सङ्घ, प्रदेश र स्थानीय गरी तीनै तहको सरकारले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिन आवश्यक छ।”

यी शब्द प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का हुन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ५०औँ बैठकलाई सम्बोधन गर्दै उहाँले पुँजीगत खर्चलाई तीव्रता दिन र कामको गुणस्तर कायम गर्नमा विशेष जोड दिनुभयो।

तर के प्रचण्डको चाहना बमोजिम पुँजीगत खर्च बढाउन सकिने स्थिति छ त?  पक्कै छैन। प्रचण्डकै भनाइमा पनि केही आयोजनामा राम्रो …

0 comment
0 FacebookTwitterEmail

२०७९ असोज १ गते गृहमन्त्रालयकोे तर्फबाट डा.भीष्मकुमार भूसाल र मिटरब्याज तथा ठगी विरुद्ध किसान–मजदुर संघर्ष समितिको तर्फबाट रामसुरत गुप्तावीच ५ बूँदे सहमति भएर मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदल गठन भएको थियो ।

२०७९ चैत १८ गते गृहमन्त्रालयकै सहसचिव प्रदीपकुमार कोइराला र मिटरब्याज विरुद्धको संघर्ष समितिका संयोजक मनोज पासमानवीच अर्को ५ बुँदे सहमति भयो ।

यसरी भिन्नाभिन्नै समयमा गृहमन्त्रालयसंग सम्झौता गर्ने मिटर ब्याज पीडित पनि भिन्ना भिन्नै टोलीका थिए । तर दुवै टोलीको माग र उद्धेश्य मिटर ब्याज पीडितहरुलाई ऋणमुक्त र त्रासमुक्त बनाउनु थियो ।

यी दुवै समूहले सरकारबाट आश्वासन र विश्वास पाएर आआफ्नो आन्दोलन फिर्ता लिएर सरकारी कारवाहीको प्रतीक्षा गरि …

मिटर ब्याज पीडितको समस्या जेलिँदै
0 comment
0 FacebookTwitterEmail

लामो समयदेखि समस्यामा रहेका  एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगाना नभएको बच्चाको हकमा सरकारले एउटा सकारात्मक निर्णय गरेको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले एक सूचना निकालेर त्यस्ता बालबालिकाको  जन्मदर्ता मावलीको थरबाट हुन सक्ने जनाएको छ।

जन्मदर्ता बेगर स्‍कुल समेत भर्ना हुन नपाउने तथा अन्य सरकारी पहिचानका कागजातका लागि समेत योग्यता नपुग्ने भएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले गरेको निर्णयले धेरै बालकालिकालाई राहत पुग्ने देखिएको छ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका अनुसार त्यस्ता बालबालिकाको जन्मदर्ताका विषयमा थप प्रष्ट पारिदिन स्थानीय तहबाट अनुरोध भइ आएकाले दोहोरो दर्ता नहुने गरी उक्त व्यवस्था गरिएको हो।

विभागको सूचनामा भनिएको छ,  “विवाह अघि जन्म भएको …

0 comment
0 FacebookTwitterEmail

‘जहाँ शब्दले काम गर्दैन, त्यहाँ सङ्गीत बोल्छ’ किनकी, सङ्गीत मौनताको आवाज हो। आवाजविहीनहरूको भाषा हो। त्यसैले यो सर्वप्रिय छ– सर्वस्वीकार्य छ। तर यही आवाज विहीनहरूको आवाज….। नेपाली संस्कृतिको महत्व र वीरताको गाथा…। तर त्यही सारङ्गीको धुन अहिले मधुरो बन्दै गएको छ। सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोल, आधुनिकीकरण र व्यवसायिकरणको चपेटामा परेको छ। त्यसैले सङ्गीत टोल मौन छ।

भनिन्छ सङ्गीत जीवनको रङ्ग हो, सङ्गीत धेरैको सपना हो, अनि सपना त्यो हो, जसले सुत्न दिँदैन। त्यही सपनाले सँधै जागा राख्छ। अर्थात सङ्गीतले जीवनमा रङ्ग भर्छ। सङ्गीतले रंगिएको जीवन र सङ्गीतले भरिएको सपनामा हुर्किएको सल्यानको खलंगा बजार नजिकको सङ्गीत टोल गन्धर्व समुदायको …

0 comment
0 FacebookTwitterEmail

सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१% मा खुम्चने एसियाली विकास बैंक (एडिबी) ले अनुमान गरेको छ।  महङ्गी वा  मुद्रास्फीति  भने ७.४  % सम्म पुग्ने प्रक्षेपण एडिबीले  गरेको  छ ।

सन् २०२२ मा ५.८  % अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर यसवर्ष थप खस्किने प्रक्षेपण गरिएको हो । “कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक बजार माग, अपर्याप्त कोभिड महामारी पुनरुत्थानका कार्यक्रम र विश्वव्यापी रूपमा देखिएका समस्याको असर नेपालको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदरमा देखिनेछ”, एडिबीले भनेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यी तथ्य सार्वजनिक गरेको हो ।

नेपालको पर्यटन क्षेत्र र रेमिट्यान्स आप्रवाहमा विश्वव्यापी आर्थिक मन्दिको प्रत्यक्ष असर देखिनसक्ने …

२०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.१%,  मुद्रास्फीति भने ७.४ % – एडिबी
0 comment
0 FacebookTwitterEmail

नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो। उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालले हस्ताक्षर गर्नुभएको थियो।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्झौताको लागि सनराइज बैंकलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम …

सनराइज बैंकले पुलिस स्कुलका १५ विद्यार्थीलाई  ९ वर्ष अध्ययन छात्रवृत्ति दिने
0 comment
0 FacebookTwitterEmail

 दुल्लु नगरपालिका र भैरवी गाउँपालिकाको बिचमा पर्ने नाभिस्थान पुग्नेबित्तिकै एउटा फरक दृश्यमा आँखा ठोक्किए। त्यहाँ बालबालिका अस्वभाविक रुपमा रोइकराइ गरिरहेका थिए। उनीहरूलाई फकाइ फुल्याइ गर्ने कोही पनि थिएन।

उनीहरू राउटे समुदायका बालबालिका थिए। बूढापाका र तन्नेरीहरू जङ्गलतिर सिकार खेल्न निस्किएका कारण उनीहरू घरमा एक्लै भएर रोएर बसिरहेका थिए। छिमेकमा केही अधबैँसे राउटे युवा र केही महिला आफू बस्ने झुप्रो बनाउन माटो खन्दै, किला ठोक्दै थिए।

कतिपय राउटे परिवारहरू शिकार खेल्न जाने बेलामा दुधे बालकलाई काखमा च्यापेर निस्कन्छन्। १७ माघ २०७९ मा यस्तो एउटा परिवार छोराछोरीलाई काखमा च्यापेर शिकार गर्न निस्कँदै थियो। ती दुधे बालकहरूदुब्ला र ख्याउटे देखिन्थे।

राउटे समुदायका छोराछोरी

खानपानमा लापरवाही सङ्कटमा राउटे समुदाय
0 comment
0 FacebookTwitterEmail

वीरगञ्ज ।  नेपाल टेलिकमले फाइबर बिच्छ्याउँदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौँदेखि अलपत्र छाडेको भन्दै वीरगञ्ज महानगरपालिकाले टेलिकमको परिसरमा फोहोर थुपारेर विरोध गरेको छ । 

टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक बिगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरूप फोहोर थुपारेको हो ।

महानगरपालिकाले वीरगञ्जमा सञ्चालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भाँजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले सात ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र फालेको हो । 

टेलिकमले अप्टिकल फाइबर बिच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर

वीरगञ्ज महानगरमा फोहोरको विद्रोह
0 comment
0 FacebookTwitterEmail

बर्दियाबाट ११ दिन पैदल हिँडेर न्याय माग्न काठमाडौ आईपुगेका मिटरब्याज विरुद्ध संघर्ष समितिका प्रतिनिधि र गृहमन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला समेतका पदाधिकारीवीच चैत्र १८ गते पाँचबुँदे सहमति भएपछि आआफ्ना घर फर्केका आन्दोलनकारीहरु गाउँ पुग्ने बित्तिकै सुदखोर साहु र तिनका आफन्तहरुको धम्कीको शिकार बन्न थालेका छन् ।

धनुषा जिल्लाको सबैला नगरपालिका १२बस्ने मिटरब्याज पीडित कल्पना धामीलाई उनका साहु मुसहर यादव र उनकी श्रीमती र बहिनी समेतले चैत २० गते रातको समयमा घरमै आएर धम्की दिएका छन् । कल्पनाले सार्वजनिक स्थानमा र मिडियामा साहुको नाम लिएर बदनाम गरेकी हुनाले सो भनाई फिर्ता लिन र माफी माग्न दवाव दिँदै त्यसो नगरेमा जे पनि हुनसक्ने …

0 comment
0 FacebookTwitterEmail

कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएका स्वर्णिम वाग्लेले वैशाख १० तनहुँ १ मा हुने उपनिर्वाचनका लागि सो पार्टीका तर्फबाट मनोनयन दर्ता गराउनुभयो । रास्वपाका सभापति रवि लामिछाने पनि मनोनयन दर्तामा सहमति  जनाउँदै  तनहुँ पुग्नुभएको थियो । लामिछानेले बिहान चितवन २ मा हुने उपनिर्वाचनको लागि आफ्नो उम्मेदवारी दर्ता गरेर वाग्लेको समर्थन गर्न तनहुँ पुगेपछि चितवन २ र तनहुँ १ दुवै क्षेत्रको उपनिर्वाचनमा जनचासो अझै बढेको देखिन्थ्यो ।

उपनिर्वाचनको लागि चितवनमा २४ जनाले उम्मेदवारी दिएका छन् भने तनहुँमा ९ जनाले उम्मेदवारी दिएका छन्। चितवन २ मा राजनीतिक दलबाट १२ जना र स्वतन्त्रबाट १२ जनाले उम्मेदवारी दिएका हुन्। तनहुँ १

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved