Home » Archives for April 2023 » Page 8
Monthly Archives

२०७९ चैत्र २०, सोमबार ०५:५९

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर ३० मा अध्यादेश ल्याएर आफूखुसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत संवैधानिक निकायमा तीन दर्जनभन्दा बढी पदाधिकारी नियुक्तिको सिफारिस गरे। सिफारिसमा परेका व्यक्तिहरूले संसदीय सुनुवाइ बिनै नियुक्ति पाएर हाल पदमा छन्। सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक नियुक्तिविरुद्ध मुद्दा लिएर सर्वोच्चमा गए तर सभामुखकै रिट सर्वोच्चको प्राथमिकतामा परेन। हालसम्म यो मुद्दा सर्वोच्च मै छ।।

तत्कालीन सरकारले २०७७ माघ २६ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्र शाक्यलाई नियुक्त गर्‍यो। २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले सो पदमा कुलमान घिसिङलाई नियुक्त गरी शाक्यलाई कार्यकारी निर्देशकबाट पदमुक्त गरि जल …

0 comment
0 FacebookTwitterEmail

भारतमा कोरोना भाइरसको संक्रमणको गति फेरि बढ्दै गएको छ । केसहरु दिन प्रतिदिन तिब्र गतिमा बढिरहेको संचारमाध्यमले जनाएका छन् । शनिबार (अप्रिल १) को तुलनामा आइतबार रेकर्ड भएको नयाँ कोरोना संक्रमित २८ प्रतिशतले बढी भएको भारतिय केन्द्रीय स्वास्थ्य मन्त्रालयले यसबारे जानकारी दिएको हो ।

डब्ल्युएचओको अलर्टः

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी करोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

नेपालमा रोकथामकालागी तयारी खै?

छिमेकी मुलुकमा …

भारतमा फेरी कोरोनाको कहर- संक्रमितको संख्या २८ प्रतिशतले बढ्यो- नेपालको तयारी खै?
0 comment
0 FacebookTwitterEmail

वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता २५ जनाभन्दा बढी सहभागी नहुनलगायत १० बुँदे निर्दैशन निर्वाचन आयोगले जारी गरेको छ।

आगामी वैशाख १० गते चितवन जिल्ला निर्वाचन क्षेत्र नं २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ र बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि सम्बन्धित क्षेत्रमा यही चैत १८ गते सञ्चालनमा आएका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। आयोगले हिजो विज्ञप्ति जारी गरी निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित बढीमा २५ जनाभन्दा …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ।

युवराज पाैडेल (सफल) ले आइतबार दिउँसो महान्यायाधिवक्ता निर्णयविरूद्ध सर्वोच्चमा रिट दिएका हुन्। अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालतमा पुगेका हुन् ।

लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने उनको माग रहेको छ ।

यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो । त्यसअघि, प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए ।

पौडेलले …

0 comment
0 FacebookTwitterEmail

नेपाल पत्रकार महासंघले आफ्नो केन्द्रीय समिति बैठक र राष्ट्रिय मिडिया सम्मेलनले सदस्यता शुद्धीकरण अभियानलाई थप प्रभावकारी बनाउने प्रस्तावलाई सर्वसहमतिबाट पारित गर्दै घोषणापत्र जारी गरेको भोलिपल्ट पर्सा प्रहरीले प्रेस लेखेको गाडीबाट ठुलो मात्रामा लागुऔषध बरामद गरेको छ। पर्सा इनर्वा प्रहरी चौकिबाट खटेको  प्रहरी टोलीले परीक्षणको क्रममा वीरगञ्ज स्थित रजनजयन्ती चोकबाट उक्त गाडी सहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले ‘टी मिडिया प्रा.लि. द्वारा सञ्चालित ‘निगरानी अनलाइन डटम’ को गाडीबाट ठुलो मात्रामा लागूऔषध बरामद गर्नुका साथै चालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका – ४ निवासी गोपाल स्याङ्गतान रहेका छन्। बा ७ च ४६४२ नम्बरको प्रेस लेखेको सेन्ट्रो कारमा …

0 comment
0 FacebookTwitterEmail

भोजपुरी प्रतिष्ठानका अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य उमाशंकर द्विवेदी ’दधिची’को असमायीक निधान भएको छ। भाषा, साहित्य र संस्कृतमा गहिरो अध्ययन राख्ने व्यक्तित्व रुपमा परिचित द्विवेदीको निधनले नेपालको भोजपुरीया साहित्य र संस्कृतिमा अपूरणीय क्षति भएको छ। वीरगञ्ज महानगरपालिकाको वडा नम्बर २४ बहुअरी निवासी ६८ बर्षिय द्विवेदीको शनिबार दिउँसो निधन भएको हो।

द्विवेदीको उपचारको क्रममा मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा दिउँसो साढे ३ बजे तिर निधन भएको परिवारिक स्रोतले जनाएको छ।घरमा ह्रदयघात भए पश्चात बयोधा मेडिसिटी अस्पतालमा निधन भएको जनाइएको छ। द्विवेदीले भोजपुरी भाषमा विदागिरी खण्डकाव्य, चुरइन कथा संग्रह, हमरा गाँव के लोग उपन्यास लगायत केहि नेपाली तथा भोजपुरी भाषामा अनुवादीत …

0 comment
0 FacebookTwitterEmail

मेरो नाम रामबाबु पासवान हो । म सिरहा जिल्ला औरही गाउँपालिका ४ कमलपुर टोलमा बस्छु । सिरहा नगरपालिका– १९  बस्ने साहु रामअवतार यादवसँग २ लाख रुपैयाँ लिएको थिएँ । उसले २ लाख रुपैयाँको ४२ लाख मागेको छ । दुईलाख लिएकोमा पाँचलाख रुपैयाँको तमसुक बनाएर १२ कठ्ठा जमिनको कागज पनि बनाएर राजीनामा पास गरायो । मेरो ८ कठ्ठा जमिन उसले आफै बेचेर  ३२ लाख रुपैयाँ पनि लियो ।

हामी दुई भाई मिलेर विदेशबाट कमाएर पाँचलाख रुपैयाँ जम्मा गरेर पनि दियौँ । सबै रकम मिलाएर अहिलेसम्म उसलाई ३७ लाख रुपैयाँ दिइसक्यौं । हामी बसोवास गरेको ठाँउमा अझै साढे चार कठ्ठा जति जमिन

मिटरब्याज पीडितको बयान: हाम्रो उठिवास गराउनेलाई कारवाही होस्
0 comment
0 FacebookTwitterEmail

तत्कालीन समयका बाइसेचौबीसे राज्यहरूबीच तथा सिक्किम, भुटान, बङ्गाल, कुमाउँ, गढवाल, तिब्बत, चीन तथा अङ्ग्रेजहरूसँग समेत लडाइँ गरेको नेपालको गौरवपूर्ण इतिहासको गर्विलो साक्षी, मकवानपुरको चिसापानी गढी ।

यो गढीमा, तत्कालीन नेपाली फौजले तिब्बत, सिक्किम, भुटानजस्ता देशलाई लडाइँमा हराएर वीरता प्रस्तुत गरेको थुप्रै इतिहासका सामाग्री अहिले पनि हेर्न पाइन्छ ।
तत्कालीन समयका स्वतन्त्र मुलुकहरू कुमाउँ र गढवाललाई नेपाल राज्यमा मिलाएको इतिहास होस् अथवा, तिब्बतको गुहारपछि सहयोगका लागि आएको चीन र तिब्बतको अत्याधुनिक हातहतियार सहितको विशाल संयुक्त सेनासँग वीरतापूर्वक लडेको नेपाली सेनाको इतिहास । देशमा भएका दर्जनौं गढी तथा किल्लामध्ये सबैभन्दा धेरै ऐतिहासिक हतियार एवं पुरातात्विक बस्तुहरू संरक्षित स्थान हो, मकवानपुरको चिसापानी गढी …

इतिहासको गर्विलो साक्षीः चिसापानी गढी
0 comment
0 FacebookTwitterEmail

सुर्खेत । दिउँसो परेको पानीले खुलेको खुल्ला आकाश । वरिपरि हरियाली वातावरणको बीचमा भकुण्डो आकारको मनै लोभ्याउने बिजारे ताल । मौसम सफा भएको दिन वरपरको वातावरणमा प्रकृतिका मनमोहक दृश्य देख्न पाइन्छ । बसन्त ऋतुमा मनलाई चङ्गा झै उडाएर सुन्दर रमणीय ठाउँसम्म पुर्याउँछ । यहाँको पाटनले जो कोहीको मन पनि लोभ्याउँछ ।

गुन्यु चोलीमा सजिएकी युवती साँझ विहान घाँस दाउरा काट्न जाँदा र फर्किंदा लागेको लस्करले पाटनलाई झनै मनमोहक बनाउँछ । त्यही पाटनकाबीचमा एउटा आर्कषक, सुन्दर भकुण्डो आकारको बिजारे ताल छ । यहाँ आन्तरिक पर्यटक मनमोहक दृश्य हेर्नलाई दैनिकजसो पुग्छन् । कोही वर्षौदेखि आफ्ना हितैषी मित्रसँग भेटिँदाका अन्तर हृदयका गुम्सिएका कुरा …

बिजारे पाटनको मनोहारी प्रकृतिले पर्यटक बोलाउँदैछ
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved