नेपाली सामाजिक संघ संस्थाहरूको छाता सङ्गठन गैरसरकारी संस्था महासंघ नेपालको चैत २३ र २४ गते काठमाडौंमा सम्पन्न २८ औँ वार्षिक साधारण सभा तथा राष्ट्रिय नागरिक सम्मेलनले सरकारसहित राज्यका विभिन्न निकायहरू समक्ष नागरिकका समसामयिक मुद्दाहरू पहिचान गरी घोषणा गरेको छ ।
विपद् उत्थानशीलका, दिगो विकास र समृद्धिका लागि साझेदारी, स्वतन्त्रता, सुशासन र सामाजिक पहरेदारी भन्ने नारासहित देशैभरीका ७ हजार ८ सय सामाजिक संघसंस्था, करिब ४०० स्थानीय तह समन्वय समिति, ७७ जिल्ला, सातवटा प्रदेश र संघीय समितिका प्रतिनिधिहरूको सम्मेलनमा प्रतिनिधित्व थियो ।
नागरिक समाजका व्यक्तित्वसमेतको सहभागितामा सम्पन्न सो नागरिक सम्मेलनले समसामयिक विषयहरूमा सरकारसँग विभिन्न मागहरू राख्दै सम्मेलनको घोषणा पत्र जारी गरेको छ …
