आज हामी झन्डै एकवर्षको अन्तराल पछि भेला भएका छौँ। कैयौँ साथीहरूलाई विधानविपरीत यसरी एक वर्षपछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञासा हुनसक्छ। यसको जवाफ सभापति र पदाधिकारी साथीहरूबाट आउने नै छ।
अहिलेको विश्व लोकरिझ्याँमा चलेको छ। सायद त्यसैको सिको हामी पनि गर्दैछौँ। केन्द्रीय समितिको बैठक लाइभ गर्नु त राम्रै हो र हाम्रा लागी नयाँ प्रयोग पनि हो। यसले पारदर्शितालाई प्रवद्र्धन त गरेको छ। तर यो सुरु गर्दा कार्यविधि तय गरेर गरेको भए राम्रो हुने थियोजस्तो लाग्छ। कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपर्थ्यो। मलाई लाग्छ परराष्ट्र, समसामयिक …
