Home » Archives for August 2023 » Page 3
Monthly Archives

२०८० भाद्र ८, शुक्रबार १४:४१

विश्वभरि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढिरहेको छ। जति–जति प्रयोग बढ्दै गइरहेको छ त्यति–त्यति प्रश्न पनि उठ्न थालेका छन्। विशेषगरी एआईको गोपनीयतालाई लिएर प्रश्न उठेका छन्। यही सिलसिलामा जर्मनीले कडाइका साथ चिनियाँ एआई लगानीको छानबिन बढाउने प्रस्ताव राखेको छ।

आफ्नो अर्थतन्त्र र सुरक्षालाई ध्यानमा राख्दै चिनियाँ एआईद्वारा उत्पन्न जोखिमबाट बचाउन एआई लगानीको कडा छानबिन गर्ने प्रस्ताव राखेको हो।

चीनले आफ्नो क्षमताको उपयोग अन्य देशमाथि रणनीतिक लाभ हासिल गर्न या उनीहरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न एआई प्रयोग गर्न सक्ने जर्मनले अनुमान गरेको छ।

जर्मनीका अर्थमन्त्री एवं उपकुलपति रोबर्ट हबेकले चिनियाँ एआईमाथि निगरानी बढाउन केही उपाय सुझाएका छन्। यसले सरकारलाई एआई कम्पनी …

जर्मनीले चिनियाँ एआई लगानीको छानबिने गर्ने, अर्थतन्त्र र सुरक्षा मुख्य कारण
0 comment
0 FacebookTwitterEmail

अमेरिकाको राष्ट्रपति चुनावमा चलखेल गरेको आरोपमा शुक्रबार बिहान पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गरेका छन्। उनले फुल्टन काउन्टी प्रहरीसामु आत्मसमर्पण गरको हुन्। आत्मसमर्पणपछि प्रहरीले गिरफ्तार गरेर ट्रम्पलाई जेल लगेको छ।

आरोपीको झैं तस्बिर (ट्रम्प मगसट) खिचेपछि अहिले सामाजिक सञ्जालमा उनको तस्बिर भाइरल भएको छ। योसँग ट्रम्प कैदीको झैं तस्बिर लिने उनी पहिलो राष्ट्रपति बनेका छन्। सिएनएनका अनुसार ट्रम्पको रिहाइका लागि दुई लाख डलर धरौटी राखिएको छ।

जेलबाहिर आएपछि उनले पत्रकारसँग कुराकानी गरे। ‘मैले केही पनि गलत काम गरेको छैन,’ उनले भने।

ट्रम्पमाथि जर्जियामा राष्ट्रपति चुनावको नतिजा उल्टाउनका लागि चलखेल गरेको, धम्की दिएको लगायतका आरोप छन्। उनीसहित थप १८ जना पनि यो …

राष्ट्रपति चुनावमा चलखेल गरेको आरोपमा ट्रम्पद्वारा प्रहरीसामु आत्मसमर्पण
0 comment
0 FacebookTwitterEmail

धनुषा जिल्ला नगराइन नगरपालिका ७ का विनोद शाहसहित उनको परिवार यही असार १ गतेदेखि माइतीघर मण्डलामा धर्ना बस्दै आइरहेको छ। यसरी धर्ना बस्न थालेको पनि करिब ७० दिन बितिसकेको छ।

जे विषयका लागि धर्ना बसेका थिए त्यसमा सरकार मौन छ। पीडितको गुनासो सुनुवाइ र न्यायको लागि कुनै ठोस कदम नचालिँदा पीडित पक्ष निराश छन्।

घटना यही जेठको हो। जेठ ७ गते धनुषास्थित आफ्नै घरमा आरती साहको हत्या भएको थियो। हत्यामा उहाँका श्रीमान् मोतिबाबु साह, ससुरा मदनमोहन, सासु आमा रेनु देवी र देवर रवि साह रहेको आरती साहका परिवारको आशंका छ। मिलेर थप दाईजोको लागि निर्घात कुटपिट गरी हत्या गरेका कारण …

न्यायको आशमा नथाकेको तर राज्यले बेवास्ता गरेको आरती परिवार
0 comment
0 FacebookTwitterEmail

सर्वोच्च अदालतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्ट्याइएको रकम तत्काल खर्च नगर्न अन्तरिम आदेश दिएको छ।

जेठ १५ गते चालू आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले संसदीय क्षेत्र विकास कार्यक्रमका लागि भन्दै ८ अर्ब २५ करोड अर्थात् हरेक निर्वाचन क्षेत्रका लागि पाँच करोड बजेट विनियोजन गर्नुभएको थियो। यो कदमको सर्वत्र आलोचनासमेत भएको थियो। आलोचनाकै क्रममा अधिवक्ता त्रिलोकबहादुर चन्दले संघीय संसद सचिवालय समेतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो।

बुधबार प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशसिंह राउत र अनिल सिन्हाको संवैधानिक इजलासले रकम खर्च नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा व्यवस्थापिकाको प्रकृतिले कार्यकारिणी प्रकृतिको कार्य …

निर्वाचन क्षेत्रको रकम खर्च नगर्न अन्तरिम आदेश
0 comment
0 FacebookTwitterEmail

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध विद्रोह सुरु गरेका वाग्नर ग्रुप प्रमुख येभगेनी प्रिगोजिनको बुधबार मुत्यु भएको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार प्रिगोजिनको विमान दुर्घटनामा मृत्यु भएको हो।

दुर्घटनामा परी वाग्नर प्रमुख प्रिगोजिनसहित १० जनाको मृत्यु भएको रोयटर्सले उल्लेख गरेको छ। यो दुर्घटना मस्कोको उत्तरी क्षेत्रमा बुधबार दिउँसो भएको थियो। रुसको नागरिक उड्डयनले प्रिगोजिनको नाम प्यासेन्जर लिस्टमा भएको बताएको छ।

एम्बरर एयरक्राफ्ट नामक विमान मस्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै थियो। प्रिगोजिनबाहेक विमानमा निजी सैन्यका उपसंस्थापक तथा पूर्व रुसी स्पेसल फोर्स कमान्डर दिमित्री उत्किन पनि सवार हुनुहुन्थ्यो।

साथै वाग्नरका अन्य अधिकारी पनि विमानमा सवार रहेको बताइएको छ।

प्रिगोजिनले जुन महिनामा राष्ट्रपति पुटिनविरुद्ध विद्रोह …

0 comment
0 FacebookTwitterEmail

प्रजातान्त्रिक योद्धा नाथन लसहित ८ जनाविरुद्ध गिरफ्तारीबापत नगद पुरस्कार नै घोषणा गरेको हङकङ प्रहरीले मानव अधिकारवादी योद्धा तथा उनका परिवारका सदस्यलाई धमाधम गिरफ्तार गर्न थालेको छ। हङकङ नेसनल सेक्योरिटी प्रहरीले दुई दिनअघि नाथन लका केही सदस्यसहितलाईसमेतलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

तीन वर्षअघि नाथन लले इटालीको रोममा चिनियाँ विदेशमन्त्री वाङ यी र उनका इटालियन समकक्षी लुइगी डी मिलोबीच भेटवार्ता भइरहेको समयमा प्रजातान्त्रिक अधिकारको पक्षमा प्रदर्शन गरेका थिए। त्यसपछि उनलाई बेइजिङको दबाबमा हङकङ प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको छ।

हालै उनको गिरफ्तारीको मूल्य १० लाख हङकङ डलर तोकेको त्यहाँको प्रहरीले लान्ताउ आइल्यान्डमा रहेका उनको दाजुभाउजूको परिवार बस्ने …

0 comment
0 FacebookTwitterEmail

रुपन्देहीको ठूलो र पुरानो लुम्बिनी प्रादेशिक अस्पतालको दैनिक विरामी उपचार क्षमता भनेको ५ देखि ७ सय जना मात्रै हो। यहाँ अन्तरंग, बहिरंगलगायत सबै विभागमा विरामीले उपचार गराउँदा सहज रुपमा सेवा पाउन सक्छन्। तर अहिले अस्पतालमा दैनिक क्षमताभन्दा बढी अर्थात् २५ सय जनाभन्दा बढी बिरामीले उपचार गराइरहेका छन्।

लुम्बिनी प्रदेश सरकारले ओपिडीको टिकट र बेड निःशुल्क बनाएपछि बिरामीको संख्या ह्वात्तै बढेको हो। अस्पतालका नायब सुब्बा चिरञ्जीवी घिमिरेका अनुसार अस्पताल ५ सयभन्दा बढी बेड सञ्चालनमा छन्।

५ सय बेड क्षमता भएको अस्पतालमा दैनिक ओपीडी टिकट मात्रै १५ सय ९४ जनाले टिकट लिन्छन्। यो सामान्यतर्फको हो भने स्वाथ्य बिमाबापतको संख्या योभन्दा अझ बढी …

लुम्बिनी अस्पतालमा क्षमताभन्दा बढी बिरामी, प्रदेश गौरवको योजना अलपत्र
0 comment
0 FacebookTwitterEmail

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फर्मासिस्टभन्दा फार्मेसीको संख्या बढी हुन नहुने बताउनुभएको छ।

औषधि व्यवस्था विभागले यूएसएआईडीको सहकार्यका फर्मासिस्ट, सहायक फर्मासिस्ट व्यवसायीहरुका लागि कुशल फार्मेसी सञ्चय तथा भण्डारण अभ्याससम्बन्धी क्षमता अभिवृद्घि तालिमको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले नेपालमा अहिले फर्मासिस्टको संख्या भन्दा फार्मेसीको संख्या बढी भएको दाबी गर्दै फर्मासिस्टबिना फार्मेसी चलाउन नपाइने भएकाले यो बदमासी भएको  बताउनुभयो।

‘यसरी फर्मासिस्टबिनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो। यस्ता फार्मेसीलाई अनुगमन गरी कारबाही गर्नेछौं,’ उहाँले भन्नुभयो।

केही दिनपहिले स्वास्थ्य सेवा विभागले गरेको फार्मेसीहरुको अनुगमनका क्रममा धरैजसो फार्मेसी फर्मासिस्टबिनै चलिरहेको पाइएको, अर्कै फर्मासिस्टको सर्टिफिकेट राखेर चलाइरहेको र फार्मेसी पढिरहेका विद्यार्थी फार्मेसीमा राखेर …

फर्मासिस्टबिनै फार्मेसी चलाउनु भनेको ज्यानमारा काम हो : स्वास्थ्यमन्त्री बस्नेत
0 comment
0 FacebookTwitterEmail

 विराटनगर– १६ रानीमा निर्माण भएको होल्डिङ सेन्टर प्रयोगविहीन हुँदा राज्यको करोडौँको लगानी खेर जाने अवस्थामा पुगेको छ।

कोरोनाको दोस्रो लहरमा निर्माण गरिएको होल्डिङ सेन्टर कोरोना संक्रमण कम भएसँगै  प्रयोगविहीनको अवस्थामा पुगेको हो। अब राज्यले यसलाई केका लागि प्रयोग गर्ने भन्ने ठोस निर्णय गर्न सकेको छैन।

एक हजार जनालाई एक पटकमा आवासीय सेवा दिने क्षमताको सो होल्डिङ सेन्टर ११ महिनाअघि निर्माण सम्पन्न भएको थियो।

कोरोना कहरको समयमा विद्यालय तथा कलेजमा क्वारेनटिन बनाउँदा चर्को आलोचना भएपछि सरकारले २०७८ वैशाख ५ गते मुलुकका विभिन्न आठ नाकामा होल्डिङ सेन्टर निर्माण सुरु गरेको थियो। जसअन्तर्गत रानीमा भने संघीय सरकारको २८ करोड ९१ लाख रुपैयाँ लागतमा …

२९ करोडको होल्डिङ सेन्टर प्रयोगविहीन
0 comment
0 FacebookTwitterEmail

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको ‘प्रचण्ड’ को अमेरिका (न्युयोर्क) भ्रमण स्वीकृत गरेको छ।

आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण स्वीकृत गरेको हो।

प्रधानमन्त्री दाहाल न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० मा त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ।

यसैगरी मन्त्रिपरिषद् बैठकले स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’को उपाधि प्रदान गर्ने निर्णय पनि गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयो।

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved