Home » Archives for August 2023 » Page 4
Monthly Archives

२०८० भाद्र ६, बुधबार १०:०६

झापाको बुद्धशान्ति गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन्। जसमा ८/८ आधारभूत तथा माध्यमिक विद्यालय छन्। ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या ६ हजार ५ सय ४४ रहेको गाउँपालिका शिक्षा शाखाकी प्राविधिक सहायक झल्का अधिकारी भट्टराईले जानकारी दिनुभयो।

शिक्षा क्षेत्रलाई नयाँ संरचनामा लगिएसँगै आधारभूत तह १–८ लाई मानिँदै आएको छ। तर, शिक्षाको पुरानो संरचनालाई आधार मान्दा कक्षा १ देखि कक्षा ५, कक्षा १ देखि कक्षा ८, कक्षा १ देखि कक्षा १० र कक्षा १ देखि कक्षा १२ सम्म यो गाउँपालिकाका ४/४ वटा विद्यालय सञ्चालनमा रहेको प्राविधिक सहायक भट्टराईको भनाइ छ। जहाँ निम्न आय भएका अभिभावकका छोराछोरी मात्रै पढ्ने गरेको बताइएको छ।…

शैक्षिक गुणस्तर सुधारको प्रयास बुद्धशान्तिमा,  ‘हाम्री आमा, राम्री आमा’ कार्यक्रम लागू
0 comment
0 FacebookTwitterEmail

गैँडाकोट- नेपालको सहकारी इतिहासमै पहिलो पटक विकू बचत तथा ऋण सहकारी संस्थाले विद्युतीय भुक्तानी प्रविधि पिओएस (प्वाइन्ट अफ सेल) मेसिन शुभारम्भ गरेको छ।

उक्त मेसिनको अनावरण गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले गर्नुभएको हो। जुनसुकै बैंक तथा वित्तीय संस्थाको एटिएम कार्डबाट सो मेशिनमार्फत भुक्तानी गर्न सकिने विकू सहकारीका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो। ३३औँ वार्षिकोत्सवका अवसरमा अमरापुरीमा आयोजित कार्यक्रममा पिओएस मेसिन विजयश्री उपभोक्ता सहकारीद्वारा सञ्चालित किसान मार्टका लागि हस्तान्तरण गरिएको थियो।

सो पिओएस मेसिन वायरलेस वाइफाइ प्रविधिमा आधारित रहेको उहाँले जानकारी दिनुभयो। यसलाई अन्य व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानमा क्रमैसँग विस्तार गर्दै जाने उहाँको भनाइ छ। ३३औँ वार्षिकोत्सवका …

0 comment
0 FacebookTwitterEmail

 नेपालको राजनीतिमा रौतहट आन्दोलनका प्रसंग बेलाबखत चलिरहन्छ। हालै मात्र पनि त्यसको चर्चा चलेको छ। चर्चा चलिरहँदा र वर्तमान सरकारकोे भविष्यबारे गणितीय लुकामारी भइरहँदा मलाई ७ वर्षअघि गरुडामा भएको नेपाल कम्युनिष्ट पार्टीद्वारा आयोजित आमसभाको प्रसंग उल्लेख गर्न मनले आदेश दिएको छ।

राजतन्त्रमा राजाबाट र त्यसपछि लोकतान्त्रिक पात्र भनाउँदाबाट देशमा आदेशकै भरमा सत्ता परिवर्तनसम्मका घटना भएका छन्। नाटकको दृश्य परिवर्तन भएजस्तै स्वार्थ नामक पात्रको नाटकीयताले परिस्थितिलाई अस्थिर र कौतुक बनाएको छ।

सात वर्षअघिको आमसभामा अकस्मात् उपस्थित जनतासमक्ष ‘पशुपति को हुनुहुन्छ ?’ भनी प्रश्न गर्दा जनता एकछिन अक्क न बक्क देखिए। प्रदेशस्तरीय आमसभामा उद्घोषकले सो प्रश्न गर्दा बहुसंख्यक जनता अनुत्तरित देखिएका थिए।

सभामा …

0 comment
0 FacebookTwitterEmail

बेलायतको म्यानचेस्टर क्राउन अदालतले ७ नवजात शिशु मार्ने नर्सलाई न्यायाधिश जस्टिस गसको इजलासले जन्मकैदको सजाय सुनाएको छ ।

लुसी लेटबी नाम गरेकी नर्सलाई काउटेन्स अफ चेस्टर हस्पिटलमा ७ जना नवजात शिशुको हत्यामा दोषी पाइएको थियो । सातै शिशुलाई उनले भिन्दाभिन्दै तरिकारले मारेकी थिइन् । यस्तै ६ शिशुको हत्या प्रयाससमेत गरेकी थिइन् ।

सन् २०१५ देखि जुन २०१६ सम्म लेटबीले घटना घटाएकी थिइन् ।

अचम्म लाग्ने विषय के भने सरकारी अधिवक्ताहरूले ९ महिना लगाएर गरेको सुनुवाइमा लुसीले बच्चाको हत्या किन गरिन् भन्ने स्पष्ट रुपमा बताउन सकेका छैनन् ।

न्यायाधीश गसले पीडितहरूको बयानको कपी नर्स लुसीलाई सुम्पिने आदेश दिनुभएको छ । यही …

0 comment
0 FacebookTwitterEmail

सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई वीरगन्ज महानगरपालिकाले जरिवाना तिराएको छ। जथाभावी फोहोर फ्याँकेको भन्दै महानगरपालिकाको सरसफाइ शाखाले वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश शाहलाई २ हजार रुपैयाँ जरिवाना तिराएको हो।

सरसफाइ शाखाका प्रमुख सरफुदिन मियाँले वडाध्यक्षले घरअगाडि कच्डा फोहोर फ्याँकेका कारण जरिवाना तिराएको बताउनुभयो।

यता वडाध्यक्ष शाहले भने आफूसँग राजनैतिक प्रतिशोध साँधिएको बताउनुभएको छ। शाहले सामाजिक सञ्जाल फेसबुकमा स्पष्टीकरण राख्दै घरमा राखिएको फोहोर आफूले सफा गरे पनि महानगरपालिकाको नेतृत्व पक्षले राजनैतिक प्रतिशोध साँध्न घटनाको एक दिनपछि नगरप्रहरीले हुलहुज्जत गर्दै जबर्जस्ती जरिवाना तिराउन लगाएको बताउनुभएको छ।

महानगर क्षेत्रलाई सुन्दर, सफा र स्वच्छ सहर बनाउने उद्देश्यसहित महानगरपालिकाले गत पुस दोस्रो सातादेखि सडक, पेटी, …

सडकमा फोहोर फ्याँक्ने वडाध्यक्षलाई जरिवाना
0 comment
0 FacebookTwitterEmail

साउन महिना आउनेबित्तिकै श्रावणी गीत गुन्जिन थाल्थ्यो । महिलाहरू सुमधुर स्वर सुसेल्दै झुला (पिङ) मा रमाउने गर्थे । श्रीमान्हरू टाढा भएका नवविवाहित बेहुलीलाई संकेत गर्ने बिछोडका गीत सुन्नु आफैंमा लोककला ज्वलन्त उदाहरण बन्थ्यो ।

‘समय बित्दै जाँदा रुखहरू लोप हुँदै गए । त्यहाँ बहुमन्जिला भवन ठडिन थाले, घरमा आँगनको अस्तित्व नै हराउँदै गयो,’ डा.सतिस उपाध्यायले भन्नुभयो, ‘यस्तो अवस्थामा पिङ र श्रावणी गीतहरू पनि सम्झना बनेर हाम्रो परम्पराबाट लोप हुँदै छन् ।’

साउन महिनाको एकादशी तिथि कृष्ण जन्माष्टमीमा भगवान्लाई पिङमा झुलाउने चलन अहिले पनि कपिपय मन्दिरमा छ । पर्यावरणविद् डा. उपाध्याय मल्हार गाउँदै पिङ खेल्ने परम्परा, नागपञ्चमी, तिज र रक्षाबन्धनको सौन्दर्य …

साउनको ‘पिङ’ लोप हुने अवस्थामा
0 comment
0 FacebookTwitterEmail

राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलबाट साउन १४ गते चिनियाँ मूलका बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेपछि सुन तस्करी प्रकरणमा थुप्रै कम्युनिस्ट नेताको नाम जोडिएर आएको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठदेखि माओवादी केन्द्रका नेताहरू वर्षमान पुन, कृष्णबहादुर महरा, दिपेश पुन हुँदै यो लहरो पछिल्लोपटक एमाले नेताहरू ईश्वर पोखरेल तथा रामबहादुर थापा बादलसम्मै जोडिएको छ। जसको पछिल्तिर, अहिलेसम्म उनै चिनियाँ तस्कर दावा मात्रै देखिएका छन्।

सुरुमा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुन र उनकी श्रीमती ओनसरी घर्ती मगरसँगै बसेर खाना खाइरहेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। त्यसपछि दावाले सामाजिक सञ्जालमा राखेको तस्बिरमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको परिवारसमेत देखियो। त्यसपछि अहिले दावा गिरोहको …

छानबिनको राडारमा नपर्ने गणतन्त्रका ‘वाम राजकुमार’हरू
0 comment
0 FacebookTwitterEmail

प्रदीप गिरिको आज पहिलो पुण्यतिथि हो। भौतिक रूपमा उहाँको अवसान भए पनि वैचारिक रूपमा गिरिको जीवन्त चर्चा चलिरहेको मात्र छैन, उहाँका विचारहरूको प्रवाह पनि उत्तिकै भइरहेको छ।

गिरिको सम्झनामा उहाँको विचार शृङ्खलाको निरन्तरता नै सबैभन्दा उपयुक्त हो । त्यसैले स्वतन्त्र समाचार सेवा (आइएनएस) ले पनि उहाँले आजभन्दा करिब ४० वर्ष अगाडि लेख्नुभएको र समतामा प्रकाशन भएको अनि फेरि बीस वर्ष अगाडि पुनर्सम्पादन भई पुनर्प्रकाशन भएको चर्चित आलेख ‘मार्क्सवाद् र समाजवाद’ प्रकाशन गरेका छौं । राजनीतिज्ञ, चिन्तक र अधिकारीवादी भएर जीवनको पूरै समय जगत्, मानव र समाजको भलाइका लागि अर्पण गर्नु भएका प्रदीप गिरिको यो आलेख समसामियक नेपालका लागि अझै

मार्क्सवाद र समाजवाद
0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेश सरकारले स्थापनाको ६ वर्षसम्म आम्दानीभन्दा सात गुणा बढी खर्च गरेको छ। प्रदेश सरकारले ६ वर्षमा कुल १८ अर्ब ८० करोड ३७ लाख मात्र आम्दानी गरेको छ। तर सोही अवधिमा खर्च भने १ खर्ब ४० अर्ब ६७ करोड गरेको छ। खर्चको सबै व्यवस्थापन अहिले पनि संघीय सरकारको अनुदानमा भर पर्दै आएको छ।

सरकार स्थापना भएयता कोशी प्रदेशले सातौँ बजेट निर्माण गरिसकेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार विगत ६ आर्थिक वर्षमा आन्तरिक राजस्वबापत १८ अर्ब ८० करोड ३७ लाख रुपैयाँ कमाएको छ। तर सो अवधिमा १ खर्ब ४० अर्ब ६७ करोड रकम सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्य …

कोशीको खर्च आम्दानीको सात गुणा बढी, ६ आवमा डेढ खर्ब रुपैयाँ प्रशासनिक खर्चमा रित्तियो
0 comment
0 FacebookTwitterEmail

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी। हिन्दू परम्पराअनुसार नागको पूजाअर्चना गरी घरको मूल ढोकामा नाग (सर्प) को चित्र टाँसेर विधिवत् रुपमा मनाइँदैछ।

यो पर्व नागहरूको पूजा र सम्मानका लागि मनाइन्छ। साउन शुक्लपक्षको पञ्चमी तिथिमा पर्ने यो पर्व सामान्यतया अंग्रेजीको जुलाई वा अगस्त महिनामा पर्दछ।

आजको दिन नागको पूजा गर्नाले नाग देउता खुसी हुने विश्वास रहेकाले घरको मूलद्वारमा नागको चित्र टाँसेर दही, दूबो, लाभासहित चन्दन, अक्षता, नैवेद्य, धूपदीप गरी विधिपूर्वक पूजा गर्ने चलन छ।

पण्डित वीरेन्द्र मिश्रका अनुसार यो दिन नाग देउतालाई श्रद्धा र समर्पण प्रकट गर्न दूध, दिव्य गन्ध र फूललाई विशेष महत्व दिइन्छ। यसरी पूजा गर्ने व्यक्ति सर्पहरूको क्रोधबाट …

आज नाग पञ्चमी मनाइँदै
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved