Home » Archives for September 2023 » Page 2
Monthly Archives

२०८० आश्विन ११, बिहीबार ०९:४६

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८०

सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस २०८० का अवसरमा युनेस्कोले यस वर्षका लागि सूचनामा पहुँचका लागि अनलाइन स्पेसको महत्वलाई प्राथमिकता दिएको छ। यही विषयवस्तुमा केन्द्रित रहेर नेपालमा राष्ट्रिय सूचना आयोगले अनलाइन स्पेस र सूचनाको हक: अवसर र चुनौतीका विषयमा बहस चलाउँदै अनलाइन स्पेसको सदुपयोगबाट सूचनाको हकको प्रवर्द्धनका लागि प्रयास गर्दैछ। राष्ट्रिय सूचना आयोगले पछिल्लो अवधिमा आयोगले सही सूचना प्रवाहका लागि सामाजिक सञ्जाल, इन्टरनेट, इमेलजस्ता विद्युतीय माध्यमहरूको सदुपयोगमा जोड दिँदै पनि आएको छ। यसबाट स्वाभाविक रूपमा सूचना मागकर्ता र सार्वजनिक निकायलाई सहज बनाएको विश्वास आयोगको रहेको छ।

सेप्टेम्बर २८ लाई सूचनामा विश्वव्यापी पहुँचको लागि …

0 comment
0 FacebookTwitterEmail

सडक व्यापारीको पक्षमा १९९ घण्टादेखि (नौ दिन) उभिएर आन्दोलनरत अभियन्ता ईः र काठमाडौँ महानगरपालिका बिच बुधवार राती सहमति भएको छ। महानगरपालिका र यी बिच भएको वार्ता पछि चार बुँदे सहमति भएको जनाइएको छ। सहमतिपछि ईःपक्षले बेलुका ९ बजे पत्रकार सम्मेलनमार्फत सहमति भएको भन्दै आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेको छ। उक्त सहमतिमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरू महानगरले सम्बन्धित धनीलाई फिर्ता दिने उल्लेख छ।

त्यस्तै, महानगरले अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न अध्ययन समिति बनाउने सहमति भएको छ। समितिमा महानगर, अभियन्ताका प्रतिनिधि तथा सरकार प्रतिनिधि रहने उल्लेख छ। सडक व्यापारी प्रतिनिधिको रोहबरमा भएको सहमति पत्रमा काठमाडौँ …

0 comment
0 FacebookTwitterEmail

जोसिला र बहुमुखी प्रतिभाका धनी नवीन काफ्ले परिचितहरू बिच लोकप्रिय हुनुहुन्छ, तर न्यु योर्क सहरको अफिस अफ टेक्नोलोजी एन्ड इनोभेसन (NYC-OTI) ले सेप्टेम्बर २६ तारेखमा गरेको एउटा ट्विटका कारण संसारभरि फैलिएका नेपालीबिच चर्चित पनि हुन भएको छ।

नवीन सार्वजनिक निकायको कर्मचारी मात्र होइन, प्रविधि विशेषज्ञ, एक उत्सुक यात्री, जिम्मेवार अभिभावक र शाकाहारी व्यक्ति हुनुहुन्छ। विगत पन्ध्र वर्षदेखि न्यु योर्क सहरलाई आफ्नो घर बनाउनु भएका उहाँ नेपाली-अमेरिकी हुनुहुन्छ।

न्यु योर्क सहर एक प्रसिद्ध अमेरिकी महानगर हो जसका धेरै उपनामहरू छन्, जसमध्ये “बिग एप्पल” लोकप्रिय छ। “बिग एप्पल” को उपनाम स्थानीय र पर्यटकबिच व्यापक रूपमा प्रयोग गरिन्छ। न्यु योर्क भ्रमण गर्नका लागि …

0 comment
0 FacebookTwitterEmail

फुटपाथ व्यवसायीहरूको पक्षमा निर्णय गराउनका लागि राष्ट्रिय सभागृह अगाडि एक सातादेखि उभिएर आन्दोलन गरिरहनु भएका सामाजिक अभियन्ता ई: लाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जवाफ दिनु भएको छ। मेयर बालेन शाहले आफ्नो सामाजिक सञ्जालमा पोस्टमा भन्नुभएको छ, ” तपाईँले माग गर्नु भएको ठाउँहरूमध्ये एउटा ठाउँ ५२ वर्षदेखि नेपाल सरकारले मुआब्जा नदिएर १५० परिवारलाई सुकुम्वासी बनाइएको छ। त्यो ठाउँमा कुन चैँ नैतिकतामा हामीले व्यापार गर्न दिन मिल्ला ? ”

दुई थरी कुरा गर्ने नेताहरूका बारेमा मेयर बालेन शाहले उक्त पोस्टमा भन्नुभएको छ, ” उहाँहरू नियम बनाउने ठाउँमा हुनुहुन्छ तर खोइ त्यो बारेमा स्पष्ट नियम बनाउनु भएको ? खोइ त्यो बारेमा प्रयत्न …

0 comment
0 FacebookTwitterEmail

पछिल्लो समय डाक्टरमाथि सांघातिक हमला गर्ने क्रम बढेको छ। यही हमलाको विरोधमा काठमाडौँमा प्रदर्शन भएको छ। मंगलबार काठमाडौँको माइतीघर मण्डलामा चिकित्सकले विरोध प्रदर्शन गरेका छन्। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

अस्पतालमा उपचाररत कुनै बिरामीको मृत्यु भएमा उनीहरुका आफन्तले उपचारमा संलग्न चिकित्सक, नर्समाथि हातपात गर्ने गरेका छन्। एक महिनाभित्र मात्रै ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ।

चिकित्सकमाथि पटकपटक हातपात भएपछि त्यसको प्रतिकारमा चिकित्सक नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकले मंगलबार देशभर पोसाकमै प्रदर्शन गरेका छन्। उनीहरूले ‘दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट’, ‘अस्पताल नआऊ, डाक्टर …

0 comment
0 FacebookTwitterEmail

सरकार बनाउने र ढाल्ने खेलका कारण अस्थिर बनेको कोशी प्रदेश सरकारलाई बहुवर्षीय योजनाको दायित्व भने १४ अर्ब भन्दा बढी पुगेको छ।

अघिल्ला प्रदेश सरकारले बजेट विनियोजन दक्षताबिना नै राजनीतिक स्वार्थप्रेरित जथाभावी योजना ल्याएर दायित्व थुपार्दा वर्तमान सरकारको जिम्मेवारीमा १४ अर्ब १६ करोड ९९ लाख रुपैयाँ दायित्व देखिएको छ।

चालू आर्थिक वर्षमा निरन्तरता पाएका करिब ३ सयभन्दा बढी बहुवर्षीय योजना प्रदेशमा सञ्चालनमा छन्। सडक, खानेपानी, भवनलगायत ती आयोजनाको १४ अर्बभन्दा बढी दायित्व सरकारको काँधमा छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय कोशीका अनुसार सो मन्त्रालयबाट प्रदेशमा हाल बहुवर्षीय योजनाअन्तर्गत सडक र पुल गरी ३० अर्बको योजना ठेक्का लागेको छ। मन्त्रालयका प्रवक्ता ललित चौधरीका …

सरकार बनाउने र ढाल्ने खेलमा कोशी प्रदेशमाथि बहुवर्षीय योजनाको दायित्व १४ अर्बभन्दा बढी
0 comment
0 FacebookTwitterEmail

मुटु रोगबाट बच्नका लागि स्वास्थ्यकर खानपान र जीवनशैलीमा ध्यान दिनु पर्ने विज्ञहरूले बताएका छन्। विश्व मुटु दिवसको पूर्व सन्ध्यामा रोटरी क्लब अफ पाटन र नेपाल एनसीडी एलायन्सले संयुक्त रूपमा सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरूले सो कुरा बताएका हुन्। मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले मुटु रोगबाट विश्वमा सबैभन्दा धेरै मानिसले अकालमै ज्यान गुमाइरहेको बताउनुभएको छ। डा. प्रकाशराज रेग्मीले विश्वभर बर्सेनि २ करोड मानिसले मुटु रोगको कारण ज्यान गुमाउने गरेको तथ्यका बारेमा बताउनुभयो। विभिन्न कारणले नेपालमा पनि बर्सेनि मुटु रोगीहरूको सङ्ख्या बढ्दै गएकोले यसतर्फ सचेत हुनु पर्ने डा. रेग्मीले बताउनुभएको छ। डा. रेग्मीका अनुसार नेपालमा वार्षिक ३० लाख मानिसको मुटु …

0 comment
0 FacebookTwitterEmail

सोमालियामा सन् २०२३ को पहिलो आठ महिनामा द्वन्द्व र असुरक्षाका कारण ५६९,००० भन्दा बढी मानिस विस्थापित भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले मंगलबार भनेको छ ।

डब्ल्यूएचओले सोमाली सरकारले अल-शबाब आतङ्ककारी समूह विरुद्ध चलिरहेको विद्रोह विरोधी अभियान र वंश विवादले देशमा अस्थिरता र विस्थापन निम्त्याएको बताएको छ।

सन् २०२३ मा राष्ट्रव्यापी रूपमा १.४२ मिलियन नयाँ विस्थापित व्यक्तिहरूमध्ये ५६९,००० द्वन्द्व र असुरक्षाका कारण विस्थापित भएको डब्ल्यूएचओले सोमालियाको राजधानी मोगादिसुमा जारी गरेको पछिल्लो प्रतिवेदनमा जनाएको छ । सोमाली सरकारले विशेष गरी मोगादिसु, मध्य र दक्षिणी क्षेत्रहरूमा शृङ्खलाबद्ध आक्रमणहरूमा संलग्न रहेको अल-शबाब विरुद्धको सैन्य कारबाहीलाई तीव्र पारेको छ।

डब्ल्यूएचओले गलमुदुग राज्यमा अल-शबाब विरुद्ध …

0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तन नियन्त्रण गर्न क्लाइमेट फाइनान्स अर्थात् जलवायु वित्त जरुरी छ। किनकि कार्बन उत्सर्जन कम गर्न ठूलो परिमाणमा लगानीको आवश्यकता हुन्छ। बिनालगानी ऊर्जा संक्रमण र अनुकूलनका लागि जलवायु वित्त महत्वपूर्ण छ।

ऊर्जा संक्रमण (इनर्जी ट्रान्जिसन) मा तीव्रता ल्याउन र जलवायु परिवर्तनसँग जुझ्न केही समयअघि भारतको राजधानी दिल्लीमा जी–२० देशका नेताले सन् २०३० सम्म वैश्विक अक्षय ऊर्जा उत्पादन क्षमतलाई तीन गुणा गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसैगरी अमेरिकामा भएको संयुक्त राष्ट्रसंघ महासभा र न्युयोर्क जलवायु सप्ताहको अवसरमा वैश्विक नवीकरण गठबन्धन (जिआरए) ले दुई सयभन्दा बढी संगठनका तर्फबाट खुलापत्र प्रकाशित गर्दै कोप–२८ मा २०३० सम्म अक्षय ऊर्जा क्षमता तीन गुणा गर्न आह्वान गरेको …

0 comment
0 FacebookTwitterEmail

भारतमा निर्मित (मेड इन इन्डिया) सेमिकन्डक्टर चिप आगामी वर्षसम्म आउने भएको छ। यतिबेला भारत ‘मेड इन इन्डिया आइफोन’ देखि ल्यापटजस्ता विभिन्न इलेक्ट्रिक सामानमा आफ्नो छाप छोड्ने तयारी जोडतोडले गरेको छ।

सेमिकन्डक्टर क्षेत्रमा वैश्विक खेलाडी (ग्लोब प्लेयर) बन्नेतिर भारतले एउटा महत्वपूर्ण कदम गुजरातमा उठाएको छ। गुजरातको भूमिमा माइक्रोन टेक्नोलोजी स्थापनाका लागि भूमिपूजनसहित प्लान्टको काम सुरु भएको छ। प्लान्ट निर्माण टाटा प्रोजेक्ट्सले गर्न लागेको हो।

चिप उत्पादन गर्ने पहिलो कम्पनी

भारतलाई सेमिकन्डक्टरको हब बनाउने उद्देश्यले माइक्रोन टेक्नोलोजी त्यहाँ चिप उत्पादन गर्ने पहिलो कम्पनी बन्ने भएको छ। गत शनिबार सूचना प्रविधिमन्त्रीसहितको समूहले प्लान्ट लगाउन भूमिपूजन गरेको थियो। साथसाथै रोजगारी दिन कम्पनीले आवश्यक जनशक्ति …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved