Home » Archives for September 2023 » Page 3
Monthly Archives

२०८० आश्विन ९, मंगलवार ०९:४५

पछिल्लो एक महिनामा तीन वटा बाल सुधार गृहमा दुई पक्षबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ, कम्तीमा २२ जना घाइते भएका छन्। कम उमेर हुँदा राखिएकाहरू १८ वर्ष नाघेपछि पनि त्यहीँ हुँदा समस्या देखिएको अनुसन्धानबाट खुलेको छ।

मोरङको विराटनगरमा रहेको बाल सुधार गृहको अवस्था पनि त्यस्तै रहेको छ। जहाँ सुधार गृहमा रहेका आधा भन्दा बढी बालकहरू १८ वर्ष उमेर समूह भन्दा माथिका रहेका पाइएको छ। ५० जना क्षमताको सो बाल सुधार गृहमा कुल २१९ बालकहरू रहेकोमा १३७ जना बालकहरू १८ वर्ष उमेर समूह भन्दा माथिका २५ वर्ष उमेर समूहसम्मका रहेका छन्। जसमा १८ वर्षदेखि २० वर्ष उमेर समूहका ७४ …

किन जेलमा परिणत भए बाल सुधार गृह?
0 comment
0 FacebookTwitterEmail

अमेरिकाको स्टेट डिपार्टमेन्टले बङ्गलादेशमा लोकतान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने बङ्गलादेशी व्यक्तिहरूलाई भिसा प्रतिबन्ध लगाउने बताएको छ। उक्त कदम चाल्ने घोषणाको जानकारी अमेरिकाको स्टेट डिपार्टमेन्टका प्रवक्ता म्याथ्यू मिलरले एक प्रेस विज्ञप्ति जारी गरेर बताउनुभएको हो।

“स्टेट डिपार्टमेन्टले बङ्गलादेशमा प्रजातान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने वा यसमा संलग्न भएको बङ्गलादेशी व्यक्तिहरूलाई भिसा प्रतिबन्ध लगाउने कदम चालेको छ। यी व्यक्तिहरूमा कानुन कार्यान्वयन गर्ने निकायका सदस्यहरू, सत्तारुढ दल र राजनीतिक विपक्षीहरू समावेश छन्, “ अमेरिकाको स्टेट डिपार्टमेन्टको विज्ञप्तिमा भनिएको छ।

यी व्यक्तिहरू र उनीहरूको नजिकका परिवारका सदस्यहरू अमेरिकामा प्रवेशको लागि अयोग्य ठहरिन सक्छन्। बङ्गलादेशमा प्रजातान्त्रिक निर्वाचन प्रक्रियालाई कमजोर पार्ने जिम्मेवारी वा संलग्नतामा थप व्यक्तिहरू पनि …

0 comment
0 FacebookTwitterEmail

रुपन्देही नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले मुलुकको अर्थतन्त्र सुधारका लागि सरकार तयार हुँदैन भने उद्योगी व्यवसायी सडकमा आउनुको विकल्प नभएको बताउनु भयो।

उहाँले उद्योग व्यवसायमा सङ्कटकालको स्थिति रहेको बताउँदै साना ठुला सबै उद्योगी व्यवसायीलाई आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने बताउनु भयो। ‘करको दायरा मात्रै होइन दर पनि वृद्धि भएको छ, बैङ्क व्याज उच्च छ, व्यापार व्यवसायमा मन्दी आएको छ।’ उहाँले भन्नुभयो–‘सरकार हाम्रा कुरा सुन्दैन, सडकमा आउनुको विकल्प छैन।’  बुटवल उद्योग वाणिज्य सङ्घको आयोजना गरिएको कोसेली घर तथा मोटिभेसन कार्यक्रममा उद्घाटन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भयो।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले मुलुकको आर्थिक अवस्थाको …

0 comment
0 FacebookTwitterEmail

मलंगवाको  अवस्था तनावपूर्ण बन्दै गएपछि वीरगन्जमा सद्‌भाव र्‍याली निकालिएको छ । मलंगवाको घट्नाको विरोधमा हिन्दुवादी सङ्गठनहरूले शुक्रवार विरोध प्रदर्शन गरी शनिवार वीरगन्ज बन्द गरेपछि अवस्थालाई सामान्य बनाउन सद्‌भाव र्‍याली निकालेको हो । वीरगन्जको अवस्थालाई साम्प्रदायिक बनाउन खोज्ने केही तत्त्वहरू सक्रिय भएको भन्दै वीरगन्ज महानगरपालिकाले सोमबार सूचना जारी गर्दै  सोमबार हुने सद्‌भाव र्‍यालीमा सहभागी हुन अनुरोध गरेको थियो ।

वीरगन्ज महानगरपालिकाद्वारा जारी गरिएको सूचनामा महानगरपालिकाका सबै कर्मचारी तथा विद्यालयका सबै शिक्षकहरूलाई र्‍यालीमा अनिवार्य रुपमा उपस्थित हुन  उल्लेख गरिएको थियो । जसमा विद्यालय बन्द गरेर सबै शिक्षक शिक्षिकाहरू पुगेका थिए । केही हप्ता अगाडि पेशागत अधिकारको लागि पुगेका शिक्षकहरूलाई अविलम्ब कार्यवाही गर्ने …

0 comment
0 FacebookTwitterEmail

गत मङ्गलवार देखि राष्ट्रिय सभागृह अगाडि उभिएर आन्दोलनरत सामाजिक अभियन्ता ई: फुटपाथ व्यवसायीहरूको गुनासाका बारेमा काठमाडौँ महानगरका मेयर बालने शाहको ध्यानाकर्षण गराउन खोज्नुभएको हो। फुटपाथ व्यवसाय र व्यवसायीलाई व्यवस्थित बनाउनुपर्ने, गरिखान देऊ, गरिब निमुखाको रोटी नखोस्नु लगायतका माग राखेर छ  दिनदेखि अभियन्ता ई: आन्दोलन गरिरहनु भएको छ। उहाँको दुवै गोडा नराम्ररी सुन्निएका छन् । लगातार लगभग १४० घण्टासम्म उभिँदा पनि उहाँको माग सरोकारवालाले बेवास्ता गरेका छन् ।

सहरमा रहेका १० हजारभन्दा बढी फुटपाथ व्यवसायीको रोजीरोटीको अधिकारका लागि आफूहरू आन्दोलनमा रहेको सामाजिक अभियन्ता ई: बताउनुहुन्छ । ई: का दुई वटा गोडा सुन्निएर लट्ठी टेक्दै हिँड्न पनि कठिन भएको छ । “मचक …

0 comment
0 FacebookTwitterEmail

बुद्ध जन्मस्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरको रिडिजाइन र पुनर्निर्माण गर्न खोजिएको भन्दै स्थानीयले विरोध जनाएका छन्। लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले पदभार ग्रहण पछि मायादेवी मन्दिरको रिडिजाइन गरी पुनर्निर्माण लागि आफूले व्यक्तिगत ७ करोड रुपैयाँ दिने घोषणा गर्नुभएको थियो।

सोही सन्दर्भमा श्रोत जुटाउन र छलफलका लागि भन्दै उपाध्यक्ष लामा दलबल सहित छलफलका लागि थाइल्यान्ड पुग्नुभएको छ। यसैबिच लुम्बिनी बचाउ सङ्घर्ष समितिले स्थानीय धार्मिक तथा पुरातात्त्विक महत्वको प्राचीन मायादेवी मन्दिरलाई रिडिजाइन र पुनर्निर्माण गर्ने कुरा स्वीकार्य नहुने बताएको छ।

सङ्घर्ष समितिका अध्यक्ष राम विकास चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै यही भदौ २४ गते काठमाडौँमा बसेको लुम्बिनी विकास कोषको …

0 comment
0 FacebookTwitterEmail

विराटनगर महानगरपालिकामा नगर बस सञ्चालनका लागि गृह कार्य सुरु भएको छ।जसका निम्ति निजी क्षेत्रको लगानीका लागि विराटनगर यातायात प्रालि तयार भएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीले उक्त कम्पनीलाई नगर बस सञ्चालनको अनुमति दिएको हो। नगर बस सञ्चालनका लागि एक मात्र आवेदन परेको विराटनगर यातायात प्रालिविरुद्ध कुनै उजुरी नपरेपछि कम्पनीले सञ्चालन अनुमति पाएको लगानी प्राधिकरणले जनाएको छ।

प्रदेश लगानी प्राधिकरण कोसीका अनुसार, वार्ताद्वारा परियोजना कार्यान्वयन गर्ने प्रयोजनको लागि निजी कम्पनीहरूलाई उजुरी तथा दाबी विरोध गर्न सार्वजनिक सूचना जारी गरे पनि उजुरी तथा दाबी विरोध नपरेपछि विराटनगर यातायात प्रालिले नगर बस सञ्चालनका लागि अनुमति पाएको हो।

विराटनगर महानगरपालिका भित्र नगर बस सञ्चालनका …

0 comment
0 FacebookTwitterEmail

भारत बिहारको बेतिया जिल्ला माधवपुर ७ मा जन्मिएका मोहमद आलम बाल्यकाल जोरपाटी तथा नारायणटारमा हाँसखेल गर्दै बिताउनुभयो।

नारायणटारस्थित राई स्कुलबाट कक्षा १० सम्मको औपचारिक शिक्षा लिनुभएका आलमलाई एक दिन लाग्यो, ‘पढाइले मात्र हुँँदैन। सीप सिकेर पैसा पनि कमाउनुपर्छ।’

आलमले आफ्ना बुवाको ‘सम्‌सुल अटो केयर’ मा सबै काम सिक्नुभयो। कक्षा १० सकेलगत्तै गाडी मिस्त्री बन्ने सपना बोक्नुभएका उहाँले गाडीका पार्ट, इन्जिन खोलफिट, वायरिङ, इन्जिन रिपेयरिङसम्बन्धी सम्पूर्ण काम सिक्न दुई वर्ष लागेको हो। आलम भन्नुहुन्छ ‘मलाई यो काम सिक्न त्यति प्रेसरचाहिँ भएन। तर आफ्नो दिमाग चलाएर काम सिक्न छोटो समयमै मैले मिस्त्री काम सिकेको हुँ। अहिले यही काम अरुलाई सिकाउन कम्तीमा पनि …

कसले भन्छ देशमा काम–दाम छैन ? ग्यारेजबाटै महिनामा तीन लाख कमाइ गर्नुहुन्छ २१ वर्षीय आलम
0 comment
0 FacebookTwitterEmail

परिवर्तित भूराजनीतिसँगै यसपटक प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण परम्परागतभन्दा फेरिएको छ। शपथ लिएको केही हप्तामै प्रधानमन्त्रीहरूको भ्रमण दक्षिणाटन हुने र त्यसलगत्तै उत्तर जाने चलनको क्रमभंग भएको छ। प्रधानमन्त्री दाहालले विश्वकै दुइै शक्तिशाली राष्ट्रपतिसँग एकैपटक भेट्ने कुटनैतिक साइत मिलाउनुभएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको डिनरपछि सीधै र चिनियाँ राष्ट्रपति सी जिनफिङको रात्रिभोजमा शनिबार सहभागी हुनुभयो।

कोरोना संक्रमणपछि वैश्विक भूराजनीति समीकरणले कोल्टे फेरिरहेको छ। युक्रेनमाथि रसियाको युद्धाक्रमण र उत्तरी छिमेकी मुलुक चीनले जारी गरेको पछिल्लो विवादित सीमा नक्साले अहिले एसियाली राजनीतिक मुलुकबीच उथलपुथल ल्याएको छ।

चीनले जारी गरेको नक्सालाई आफ्नो ‘प्रचलित नक्सा’ भन्दै भारतको अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन र अक्साई चीनको …

प्रधानमन्त्रीको अमेरिका-चीन भ्रमण : एमसिसी र बिआरआईको माथापच्ची!
0 comment
0 FacebookTwitterEmail

नमुना सहरका रूपमा विकास गर्ने घोषणा गरिएको १२ वर्षभन्दा बढी भइसक्दासमेत नयाँ सहरको कामले उपयुक्त गति लिन सकेको छैन। सरकारले आर्थिक वर्ष २०६७/६८ मा बैतडीको पाटनसहित देशभरका १० वटा सहरलाई नमुना सहर बनाउने घोषणा गरेको थियो।

स्तरीय सडक पूर्वाधार, ढल निकास, फोहोरमैला व्यवस्थापन, व्यवस्थित बस्ती, घरघरमा खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन केन्द्र, विद्युतीकरण, आधुनिक कभर्डहल, ५० शय्याको प्रविधिसम्पन्न अस्पताल निर्माण गर्नेसम्मका महत्वाकांक्षी योजना समेट्दै सरकारले २०६८ मा तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेको थियो। साथै, तोकिएका नमुना सहरमा करिब एक लाख मानिसको बस्ती बसाउने सरकारको लक्ष्य थियो।

बैतडीको पाटन नमुना सहरमा ‘नमुना’ काम भने एउटा पनि भएको छैन। …

नयाँ सहरको पुरानै काम : बनेका संरचना कुरूप, मुख्य काममा प्रवेश नै पाएन
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved