Home » Archives for September 2023 » Page 4
Monthly Archives

२०८० आश्विन ६, शनिबार १८:०२

कोशी प्रदेशको एक मात्र बाल सुधारगृहमा क्षमताभन्दा चार गुणा बढी बालक राख्दा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ। मोरङको विराटनगरमा रहेको सुधारगृह ५० जनाको क्षमता रहे पनि हाल २ सय १९ जना बालक त्यहाँ रहेका छन्। जसका कारण उनीहरुलाई सुत्न, खान र स्वास्थ्य उपचारमा समेत समस्या हुने गरेको छ।

१८ वर्षमुनि उमेर समूहका बालकले अपराध गरेमा उनीहरुलाई बाल सुधारगृहमा राख्ने गरिन्छ। सोही क्रममा विभिन्न अपराधका घटनाका संलग्न बालकहरूलाई अदालतको आदेशले सजाय भुक्तान गर्न बाल सुधारगृहमा पठाएको हो।

सामाजिक कार्यकर्ता प्रविन शिलाकारले प्रदेशको एक मात्र बाल सुधारगृह भएकाले पनि क्षमता अभावमा पनि बालकलाई राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो।

अदालतको आदेशमा पठाइएका बालक राख्नुको …

जेलमा परिणत बाल सुधारगृह, क्षमताभन्दा चार गुणा बढी बालक
0 comment
0 FacebookTwitterEmail

महाभारतको शान्तिपर्वमा भीष्म पितामह र युधिष्ठिर संवादलाई संसारमा नै राजनीतिको दिग्दर्शन मानिन्छ। आजभन्दा ५ हजार वर्षभन्दा पहिलेको राजनीतिक परिवेशलाई आजको आँखाबाट हेर्दा पनि समसामयिक परिवेशसँग पनि जोड्न मिल्ने रहेछ। त्यहाँ भनिने प्रसङ्गलाई विवेचना गर्ने हो भने आज पनि राजाको या सत्ताका शीर्ष र कार्यकारी पदमा बस्नेहरूका लागि मार्गदर्शनका रूपमा लिन सकिन्छ।

हुन त भीष्म पितामहले युधिष्ठिरलाई दिएको उदाहरणहरू कतिपय प्रतीकात्मक नै पाइन्छन् किनभने पशुपक्षीहरूको उदाहरण दिएर राजाले या शासकले गर्नु पर्ने कर्तव्यलाई बोध गराइएको छ।

शान्तिपर्वको अर्थ नै युद्धको समाप्ति पछि, संक्रमणकाल पछिको रूपान्तरणको समय मानिन्छ। युद्ध जहिले पनि विनाशकारी हुन्छ। राज्यका महत्वाकांक्षीहरू मध्ये कसैको जित हुन्छ,कसैको हार हुन्छ तर …

0 comment
0 FacebookTwitterEmail

सरकार र आन्दोलनरत शिक्षकबिच सहमति भएको छ । शुक्रवार दिउँसो गृह मन्त्रालयमा सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबिच ७ बुँदे सहमति भएको जनाइएको छ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वमा यो वार्ता भएको हो । वार्तामा शिक्षामन्त्री अशोक राई, कानुन मन्त्री धनराज गुरुङ, शिक्षा सचिव सुरेश अधिकारीसहित गृह, अर्थ र कानुन मन्त्रालयका सचिवहरु सहभागी हुनुहुन्छ ।

यसअघि बिहीबार सरकार र शिक्षकबिच दुई चरणमा छलफल भएको थियो । यही असोज ३ गतेदेखि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक नेपाल शिक्षक महासङ्घ १८ बुँदे माग राख्दै आन्दोलनमा गरिरहेको थियो।

यो सहमतिमा राहत शिक्षकहरू भने असन्तुष्ट भएको जनाइएको छ। उनीहरूले …

0 comment
0 FacebookTwitterEmail

अन्ततः भारतमा ऐतिहासिक महिला आरक्षण विधेयक सर्वसम्मतले संसद्बाट पारित भएको छ। विधेयकको समर्थनमा २१४ भोट र विरोधमा शून्य भोट परेको थियो।

संसद्बाट पारित विधेयक राष्ट्रपतिकहाँ पुग्नेछ। राष्ट्रपतिको स्वीकृतिपछि महिला आरक्षणसम्बन्धी विधेयक कानुन बन्नेछ। यद्यपि पहिले जनगणना र सिटको सीमा निर्धारणको काम हुनेछ। माथिल्लो सदनमा विधेयक पारितपछि दुवै सदन अनिश्चितकालका लागि स्थगित गरिएको छ।

जानकारहरुका अनुसार महिला आरक्षण विधेयकलो यात्रा लामो छ। जनगणना र सीमा निर्धारणपछि आरक्षण विधेयक सन् २०२९ को लोकसभा चुनावसम्म लागू हुन सक्छ। १२८औं संविधान संशोधन विधेयक (नारी शक्ति वन्दन विधेयक) लाई अधिकांश राज्य विधानसभाको अनुमति आवश्यक हुन्छ। यसलाई जनगणनाको आधारमा संसदीय र विधानसभा क्षेत्रलाई पुनः तयार पार्न …

0 comment
0 FacebookTwitterEmail

बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयेन्दु बालसुधार गृहका दुई समूहबिच शुक्रवार भएको झडपमा एक जना मारिए भने १० जना गम्भीर घाइते भए।दोहोरो झडपमा घाइते भएका अपहरण, शरिरबन्धक र जबरजस्ती करणीको मुद्दामा सजाय पाएका कपिलवस्तु रुद्रपुरका सुलभ केसीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो। गम्भीर घाइतेहरूको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ। यसअघि माघ अन्तिम साता पनि दुई पक्षबिच झडप भएपछि आगजनी र तोडफोड गरिएको हो।

बाल सुधार गृहमा हुने झडप यो पहिलो होइन। भक्तपुरको बालसुधार गृहमा झडपले उग्र रूप नै लिएको थियो। अहिले आठको सङ्ख्यामा रहेको बालसुधार गृह तीन वटा मात्र हुँदा एउटा अध्ययन गरिएको थियो। नौ वर्ष अगाडिको अध्ययन प्रतिवेदनले …

0 comment
0 FacebookTwitterEmail
Gudri

विराटनगरको केसलिया रोडमा भाडामा बस्दै आएकी वृद्ध महिला ज्वालादेवी जैसवालले विराटनगर ९ गुद्री बजारमा (पुरानो गुद्री) मा तरकारी बेचेको पाँच बर्ष भएको थियो। तर उहाँ अहिले सो तरकारी बेच्ने पेसाबाट पलायन भएर घरमा बस्नुभएको २ वर्ष बित्न लाग्यो।

३ मंसिर ०७८ मा विराटनगर महानगरपालिकाले पुरानो गुद्रीमा २५ तले व्यावसायिक भवन बनाउने योजनासहित गुद्री खाली गरेपछि जैसवालको तरकारी बेच्ने पेसा सधैंका लागि सकियो।

‘गुद्रीमा तरकारी बेचेरै आफ्नो परिवार पाल्दै आएका हामी गरिबलाई त्यहाँबाट लखेटियो,’ उहाँ भन्नुहुन्छ, ‘ठूलो भवन बन्छ भनेको पनि २ वर्ष बितिसक्यो। तर अहिलेसम्म भवन बनाउने अत्तोपत्तो छैन।’

जैसवालजस्तै पुरानो गुद्रीमा लामो समयदेखि तरकारी व्यापार गदै आएका पंकज कामत …

कम्प्लेक्स बनाउन विराटनगर महानगरले खाली गराएको गुद्री बजार बन्यो पार्किङस्थल, व्यापारीको बिल्लीबाठ
0 comment
0 FacebookTwitterEmail

वीरगन्जको छपकैयामा असोज २ गते  बिहान एक युवाको शव फेला पर्‍यो। उक्त शव दुई दिनसम्म प्रहरीले बेवारिसे बताउँदै आएको थियो। तर पछि प्रहरीलाई शवको पहिचान थाहा भएको र उनीहरूकै उदासीनताका कारण ती युवा मारिएको भएको आरोप लागेको छ। खासमा ती युवा मारिनु अगाडि प्रहरीकहाँ पुगेका थिए तर किन?

वीरगन्ज छपकैयामा फेला परेको उक्त शव अरविन्द कुमार सराफ हो। सराफको मृत्यु हुनु भन्दा पहिला  साथीहरूसँग विवाद परेको थियो। जसका बारेमा नजिकै रहेको छपकैया प्रहरी ‘बिट’ लाई जानकारी थियो। तर समयमै प्रहरीको सक्रियता नदेखिएकोले उनको मृत्यु भएको आफन्तको आरोप छ।

मृतक सराफ कलैया बारा जिल्ला कलैया निवासी थिए। असोज एक गते घरबाट …

0 comment
0 FacebookTwitterEmail

देशभरका १ लाख ९ हजार स्थायी दरबन्दीका शिक्षक, ४० हजार राहत, ३५ हजार कर्मचारी र ३० हजार बाल कक्षाका शिक्षक आन्दोलनमा छन्।

सरकारले संसदमा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलाए पनि उनीहरू त्यसलाई बहिस्कार गरी सडकमा उत्रिएका छन्। शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मङ्गलवार ३ बजे वार्ता गर्ने मन्त्रालयको प्रस्ताव अस्वीकार गरेर शिक्षक महासङ्घले शिक्षकलाई लिएर सडकमा होमिएका हुन।

शिक्षक अगुवाले सरकारी सुनुवाइ नगरेकाले आफ्ना माग संसदबाट सम्बोधन हुनुपर्ने बताएका छन्। शिक्षक महासङ्घले मङ्गलवारका लागि शिक्षा मन्त्रालय र कार्यवाहक प्रधानमन्त्री …

0 comment
0 FacebookTwitterEmail

जनस्वास्थ्यविद् शशिदेव शाह कामको छेको पारेर घुमघाममा जान रमाउँछन्। “क्यामरा भिरेर फरक भूगोलमा विचरण गर्नु मेरो स्कूले जीवनदेखिकै सोख हो”, हालैको भेटमा उनले सुनाए।

काठमाडौंको सामाखुसीका शाह कामकै सिलसिलामा पहिलो पटक बाजुरा पुग्दै थिए। यही मौकामा बडिमालिकाको पदयात्रा गर्ने चाँजो मिलाए। सदरमुकाम मार्तडीमा काम सकिएपछि गएको असार १३ मा उनी बडिमालिकातर्फ लागे। सिमसिमे झरीको वास्ता नगरी पिठ्यूँमा आवश्यक सामानको झोला झुण्ड्याए। सातु–सामलको पोको र टेन्ट भरियालाई बोकाएर चारदिने पैदल यात्रा तय गर्न उकालो लागे।

बडिमालिकाको त्रिवेणी पाटनमा तीर्थयात्री तथा पर्यटक आफैंले बोकेर लगेको त्रिपाल टाँगेर बस्नु पर्छ । त्यहाँ बनाइएको धर्मशाला नामको संरचना भत्किसकेको छ । सबै तस्वीर : वसन्तप्रताप

0 comment
0 FacebookTwitterEmail

असोज ३ गते बुधवार संविधान दिवसका कार्यक्रमलाई ओझेलमा पार्ने गरी सुरु भएको शिक्षकहरूको आन्दोलनका माग के हुन। बुधवार संविधान दिवसको छुट्टी भएकाले पनि स्कुल आफै बन्द थिए त्यसैले देशभरिका विद्यालय बन्द गरी काठमाडौँ केन्द्रित भनिएको यो आन्दोलनको वास्तविक परीक्षा आजदेखि सुरु हुँदैछ। यसबिच शिक्षक महासङ्घले विद्यालय बन्द हुँदाको असरको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ ।

नेपाल शिक्षक महासङ्घले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको हो । माग सम्बोधनका लागि सहयोग गर्न विद्यार्थी, अभिभावक र सरोकारवालालाई आह्वान गरेको छ ।

१) संसद्को यसै अधिवेशनबाट महासङ्घ र मन्त्रालयबिच भएका सम्झौता तथा शिक्षा क्षेत्रका समस्या सम्बोधन हुने प्रबन्धका साथ नयाँ …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved